९ आश्विन २०८३, शुक्रबार Friday, September 25, 2026
९ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar युद्ध र जलवायु News Polar मुख्यमन्त्री शाहीद्वारा विपद् पूर्वतयारीबारे अस्पताल अनुगमन News Polar प्रतिकूल मौसमका कारण पोखराको हवाई उडान प्रभावित News Polar प्रधानमन्त्री राहत कोषमा १६ लाख ८९ हजार सहयोग News Polar नेपाल र रुवान्डाबीच `जेनेरल काेअपरेसन अग्रिमेट´मा हस्ताक्षर News Polar रोशी खोलाको जलसतहले खतराको तह पार गर्‍यो News Polar गगनले जस्तो संघर्ष र जोखिम उठाउने हिम्मत युवामा हुनुपर्छः केन्द्रीय सदस्य खड्का News Polar छिटो बजेट ल्याउन सर्वदलीय बैठकको प्रदेश सरकारलाई आग्रह News Polar दशौँ राष्ट्रिय खेलकुद र पर्यटन दशकबारे व्यवसायीसँग छलफल News Polar सुदूरपश्चिममा आज रातिदेखि वर्षा बढ्ने, चार जिल्ला उच्च जोखिममा News Polar ‘सम्पूर्ण महाभारत’ पुस्तक मैथिली भाषाभाषीका लागि उपयोगीः प्रथम उपराष्ट्रपति News Polar बाढीका कारण मध्यपहाडी लोकमार्गको बागलुङ खण्ड अवरुद्ध News Polar भोटेकोशी बाढीः रसुवाका तीन जनप्रतिनिधिको अवस्था अझै अज्ञात News Polar स्थानान्तरण गरिएका सात बाघको बर्दियामा उद्धार News Polar हनुमन्ते र गोदावरी खोला किनारका १५ परिवारको उद्धार News Polar पाल्पामा पहिरोको बितण्डाः दुई घर भत्किए, एक महिला बेपत्ता News Polar सिक्किमको रिम्बी गाउँमा भारी वर्षापछि विशाल पहिरो जाँदा घरहरू क्षतिग्रस्त; कुनै मानवीय क्षति नभएको जानकारी News Polar पोप फ्रान्स भ्रमणमा News Polar बोडे र मूलपानी जोड्ने पुल भासिएपछि यातायात आवागमन बन्द News Polar प्रज्ञा प्रतिष्ठानको बृहत् पुस्तक प्रदर्शनी सुरु

पाकिस्तान भर्सेस अमेरिकाः नाम अमेरिका, जिताउने ‘भारतीय’

पाकिस्तान भर्सेस अमेरिकाः नाम अमेरिका, जिताउने ‘भारतीय’
अ अ+ अ-

काठमाडौँ । अमेरिकाले टी–२० विश्वकप २०२४ को पहिलो ठूलो उथलपुथल निम्त्याएको छ । उसले समूह ए को खेलमा २००९ को च्याम्पियन पाकिस्तानलाई सुपर ओभरमा पराजित गरेको हो । यो खेल टेक्सासको डलासस्थित ग्रान्ड प्राइरी स्टेडियममा भएको थियो ।

टस हारेर पहिले ब्याटिङ गरेको पाकिस्तानले २० ओभरमा सात विकेट गुमाएर १५९ रन बनाएको थियो । कप्तान बाबर आजमले सर्वाधिक ४४ रन बनाएका थिए । जवाफमा अमेरिकाको टोलीले पनि २० ओभरमा तीन विकेट गुमाएर १५९ रन बनाउन सक्यो । कप्तान मोनांक पटेलले सर्वाधिक ५० रन बनाए । यसपछि खेल सुपर ओभरमा पुगेको थियो ।

सुपर ओभरमा पहिले ब्याटिङ गरेको अमेरिकाले १८ रन बनाएको थियो । जवाफमा पाकिस्तानले ६ बलमा १३ रन मात्र बनाउन सक्यो ।

अमेरिकाको जितमा कप्तान मोनाङ्क पटेल र सौरभ नेत्रावलकरको महत्वपूर्ण योगदान थियो । अमेरिकाको चेजमा मोनाङ्कले ५० रनको इनिङ खेले । सोही क्रममा सौरभले सुपर ओभरमा उत्कृष्ट बलिङ गर्दै १९ रन बन्न दिएनन् । बायाँ हाते मध्यम गतिका बलर सौरभको जन्म सन् १९९१ मा मुम्बईमा भएको थियो ।

उनले २००८–२००९ कुचबिहार ट्रफीमा छ खेलमा ३० विकेट लिएका थिए । यसपछि उनी २०१० अन्डर–१९ विश्वकपका लागि भारतीय टोलीमा छनोट भए । विश्वकपअघि दक्षिण अफ्रिकामा भएको त्रिकोणीय शृङ्खलामा उनी सर्वाधिक विकेट लिने खेलाडी थिए ।

यसपछि, सौरभ न्यूजिल्याण्डमा भएको २०१० अन्डर–१९ विश्वकपमा केएल राहुल, जयदेव उनाडकट र मयंक अग्रवालसँग टीम इन्डियाको हिस्सा थिए । बाँकी तीन खेलाडीले सिनियर टीम इन्डियामा स्थान बनाए, तर सौरभ बाहिरिए ।

त्यसपछि उनले रणजी ट्रफी र विजय हजारे ट्रफी सहित अन्य भारतीय घरेलु प्रतियोगिताहरू पनि खेले । तर, केही राम्रो खोज्न उनी अमेरिका गए र त्यसयता अमेरिकाको प्रतिनिधित्व गर्दै आएका छन् । उनी अमेरिकी टोलीको कप्तान पनि भइसकेका छन् ।

यस्तै, मोनाङ्कको जन्म सन् १९९३ मा गुजरातको आनन्दमा भएको थियो । यी विकेटकिपर ब्याट्सम्यानले २०१८ मा अमेरिकाबाट खेल्न थालेका थिए र त्यसबेलादेखि नै त्यही टोलीबाट खेल्दै आएका छन् । उनले अन्डर–१६ र अन्डर–१८ क्रिकेटमा गुजरातको प्रतिनिधित्व गरेका छन् । मोनाङ्कले २०१० मा ग्रीन कार्ड पाए र २०१६ मा स्थायी रूपमा अमेरिका गएका थिए । उनी सन् २०१८ देखि अमेरिकाका लागि खेल्दै आएका छन् । सौरभ र मोनांकका अलावा हरमित सिंह पनि यो टोलीमा छन् । २०१२ मा, हरमितले उन्मुक्त चन्दको कप्तानीमा भारतका लागि अन्डर–१९ विश्वकप खेले र भारतलाई उपाधि जिताउन मद्दत गरे ।

२०२४ को टी–२० विश्वकपमा पाकिस्तानको यो पहिलो खेल थियो र त्यसैमा उसले आफूभन्दा निकै कमजोर रहेको अमेरिकासँग हार बेहोरेको छ ।

यो जितसँगै अमेरिकी टोली दुई जित र चार अंकसहित समूह ए को शीर्ष स्थानमा पुगेको छ । योसँगै भारत एक खेलपछि दुई अंक जोडेर दोस्रो स्थानमा छ ।

पाकिस्तानको अर्को खेल जुन ९ मा भारतसँग हुनेछ । यस्तै, अमेरिकाको टोलीले अब जुन १२ मा भारतको सामना गर्नेछ ।