२७ मंसिर २०८२, शनिबार
,
Latest
शनिबार भगवान शनिदेवको पूजा–आराधना गर्नुहोस् आज देशभरको मौसम मुख्यतया सफा रहने अमेरिकी डलरको मूल्य उच्च बिन्दुमा निर्वाचन ८२ दिन बाँकी : समानुपातिक निर्वाचन प्रणालीमा सहभागी दललाई चुनाव चिन्ह प्रदान एमाले महाधिवेशन: योग्य तथा सक्षम नेतृत्व निर्माण गर्न सक्षम हुने पूर्वराष्ट्रपति भण्डारीको विश्वास एनपिएल: उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै जेनजी आन्दोलनको भावनाअनुसार काम गर्छौँ : नवनियुक्त मन्त्री चौलागाईँ एमाले ११औँ महाधिवेशनको तयारी पूरा समयमै काम नसक्ने व्यवसायीसँग निर्माण ठेक्का तोडिन्छः मन्त्री घिसिङ
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपालबाट ह्लासा सिधा हवाई उडान सुरु



अ+ अ-

काठमाडौँ । नेपालबाट ह्लासा सिधा हवाई उडान सुरु भएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले बिहीबार हिमालयन एयरलाइन्सको काठमाडौँ–ह्लासा सीधा हवाई उडानको उदघाटन गर्नुभयो ।

सो अवसरमा उहाँले नेपाल-चीन सम्बन्धमा काठमाडौँ–ह्लासा सिधा हवाई उडान दोस्रो सेतुक रुपमा स्थापित भएको बताउनुभयो ।

सन् १९६५ मा निर्माण सम्पन्न भएको अरनिको राजमार्गले उत्तरतर्फको ढोका खुलेको र व्यापारको आकार पनि बढेको भन्दै उहाँले अरनिको राजमार्गलाई चीनसँगको सम्बन्धको पहिलो सेतु मानिने बताउनुभयो । “अब दोस्रो प्रमुख सेतुका रुपमा नेपालबाट तिब्बतमा हुने सोझो हवाई उडान हुनेछ”, मन्त्री किरातीले भन्नुभयो ।

मन्त्री किरातीले नयाँ उडानले चिनियाँ पर्यटक नेपाल भित्राउन टेवा पुग्ने विश्वास व्यक्त गर्नुभयो । तिब्बतको ह्लासामा प्रतिवर्ष करिब एक करोड पर्यटक घुम्न आउने र तीमध्ये ठूलो संख्या चिनियाँ बौद्ध धर्मावलम्बीहरुको हुने उहाँले जानकारी दिनुभयो । मन्त्री किरातीले त्यसको २५ प्रतिशत चिनियाँ पर्यटक मात्रै नेपाल भित्राउन सकिए अर्थतन्त्रमा ठूलो टेवा पुग्ने विश्वास व्यक्त गर्नुभयो ।