२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
सरकार सुशासन र द्रुत आर्थिक विकासको काममा प्रतिवद्ध छः परराष्ट्रमन्त्री खनाल गौतमबुद्ध क्रिकेट रङ्गशालाको काम पुनः सुरु सशस्त्र प्रहरी हेडक्वार्टर एमटी शाखा आगलागीबारे छानबिन समिति गठन अफगानिस्तानमा भएको बारुती सुरुङ् विस्फोटमा दुई जना बालबालिकाको मृत्यु २० मेगावाटसम्मका आयोजना कर्णाली प्रदेश सरकारले निर्माण गर्ने सगरमाथा आधार शिविरबाट दावा शेर्पाको उद्धार, उपचारका लागि ल्याइयो काठमाडौँ साहित्य मानव सभ्यताको आत्मबोध गर्ने सशक्त माध्यम होः सञ्चारमन्त्री नेपालमा अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाका परियोजना र बजेट दुवै घट्दै, चार वर्षमा परियोजना संख्या दुई तिहाइले… कोरम नपुग्दा सार्वजनिक लेखा समितिको बैठक बस्दै नबसी स्थगित बजेटले निजी क्षेत्रलाई सम्बोधन गर्न सकेन, हामी फेरि भिड्छौँः उपाध्यक्ष डाँगी
तपाईं के खोज्दै हुनुहुन्छ ?

हिमालको संरक्षणमा जोड दिनुपर्छः काँग्रेस नेता पौडेल



अ+ अ-

काठमाडौँ । नेपाली काँग्रेसका नेता एवं सांसद प्रदीप पौडेलले हिमालको संरक्षणमा जोड दिनुपर्ने बताउनुभएको छ ।

भारतको नागपुरमा हालै सम्पन्न ध्यान शिविरमा सहभागी हुनुभएका उहाँले नेपालको सभ्यताको शिर नै हिमाल भएकाले यसको संरक्षणमा जोड दिनुपर्ने आवश्यक्ता औंल्याउनु भयो । प्रवचनको क्रममा शिव कृपानन्द स्वामीले नेपालको हिमाल, प्राकृतिक क्षेत्र, पशुपतिनाथ सबैको चित्रण गर्दा आफूलाई आनन्दको अनभुति भएको बताउनु भयो । नेता पौडेलले ध्यान शिविरको समयमा नेपालको हिमालको महत्वलाई आध्यात्मिक पक्षसँग जोडेर पनि मान्छेको क्षमता अभिवृद्धि गर्ने वातावरण निर्माण गर्ने परिस्थिति बन्दो रहेछ भन्ने ज्ञान पाएको बताउनु भयो ।

नेता पौडेलले भन्नुभयो ‘नेपालको सभ्यताको शिर नै हिमाल हो हिमाल ले जुन उर्जा प्रदान गरेको छ मानव बस्तीलाई सुखी बनाउने मानव सभ्यतालाई व्यवस्थित बनाउने प्रकारको योगदान पु¥याएको छ तर आज हिमाल पग्लिरहेको छ हिमाल संरक्षणमा हामीले ध्यान पु¥याउन सकिरहेका छैनौँ यसले मान्छेमा चेतना उर्जा क्षमता अभिवृद्धि गर्ने सन्दर्भमा पनि धेरै ठूलो क्षति पुर्याएको छ ।

वातावरण हुने सन्दर्भमा पनि हिमाल पग्लने कारणले धेरै क्षति पुगेको छ त्यसकारण आध्यात्मिक पक्षसँग जोडेर नेपाल नेपालको हिमाल हरुको मान्छेको क्षमता वृद्धि गर्ने उर्जा भर्ने ज्ञानको निम्ति, वातावरण निर्माण गर्ने परिस्थिति बन्दो रहेछ भन्ने पनि लाग्यो । नेपाललाई जोडेर जुन विषयहरु आफ्नो प्रवचनमा प्रश्तुत गर्नुभएको छ । त्यसले नेपालको हिमाल, नेपालको प्राकृतिक क्षेत्र, नेपालको पशुपतिनाथ सबैको चित्रण त्यहाँ भित्र भएको देखिन्छ । त्यसैले उहाँको प्रवचनमा नेपाललाई विशेष ढंगले जोडिएको परिस्थितिबाट चाँही हामीलाई केही हदसम्म आनन्दको अनुभुति पनि भयो ।’

गत पुस ३ गतेबाट शुरु भएको सो शिविर १० गते समापन भएको थियो । शिविरमा ७० राष्ट्रका करिव ६ लाख ५० हजार साधकहरुको सहभागिता भएको हिमालय ध्यान समर्पण योग केन्द्रका डाइरेक्टर अम्ब्रिस मोडकले जानकारी दिनुभयो ।