२० मंसिर २०८२, शनिबार
,
Latest
सुदूरपश्चिमले विराटनगरलाई दियो १४८ रनको लक्ष्य नागरिकको मुहारमा खुशी ल्याउनसक्ने विकास आजको आवश्यकताः राष्ट्रपति पौडेल फापरखेतको पहिरोको विकल्पमा बेलिब्रिज बनाउने योजना अन्यौलमा चितवनमा स्पाइनल इन्जुरी रिह्याबिलिटेसन सेन्टरको सेवा शुभारम्भ हेटौँडा मुख्य सडक विस्तारका लागि भौतिक संरचना भत्काउन सुरु ज्यान जोखिममा राखेर विद्यालय पुग्छन् ढेबुवाका विद्यार्थी, सुनकोशीमा ‘रबरबोट’ को सहारा एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किङ्ग्सबीच प्रतिस्पर्धा बजार अनुमगनमा विभाग थप सक्रिय कान्ति राजमार्ग मर्मतका लागि आजदेखि बन्द हुने एनपिएल : आज दुई खेल हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

हिमालको संरक्षणमा जोड दिनुपर्छः काँग्रेस नेता पौडेल



अ+ अ-

काठमाडौँ । नेपाली काँग्रेसका नेता एवं सांसद प्रदीप पौडेलले हिमालको संरक्षणमा जोड दिनुपर्ने बताउनुभएको छ ।

भारतको नागपुरमा हालै सम्पन्न ध्यान शिविरमा सहभागी हुनुभएका उहाँले नेपालको सभ्यताको शिर नै हिमाल भएकाले यसको संरक्षणमा जोड दिनुपर्ने आवश्यक्ता औंल्याउनु भयो । प्रवचनको क्रममा शिव कृपानन्द स्वामीले नेपालको हिमाल, प्राकृतिक क्षेत्र, पशुपतिनाथ सबैको चित्रण गर्दा आफूलाई आनन्दको अनभुति भएको बताउनु भयो । नेता पौडेलले ध्यान शिविरको समयमा नेपालको हिमालको महत्वलाई आध्यात्मिक पक्षसँग जोडेर पनि मान्छेको क्षमता अभिवृद्धि गर्ने वातावरण निर्माण गर्ने परिस्थिति बन्दो रहेछ भन्ने ज्ञान पाएको बताउनु भयो ।

नेता पौडेलले भन्नुभयो ‘नेपालको सभ्यताको शिर नै हिमाल हो हिमाल ले जुन उर्जा प्रदान गरेको छ मानव बस्तीलाई सुखी बनाउने मानव सभ्यतालाई व्यवस्थित बनाउने प्रकारको योगदान पु¥याएको छ तर आज हिमाल पग्लिरहेको छ हिमाल संरक्षणमा हामीले ध्यान पु¥याउन सकिरहेका छैनौँ यसले मान्छेमा चेतना उर्जा क्षमता अभिवृद्धि गर्ने सन्दर्भमा पनि धेरै ठूलो क्षति पुर्याएको छ ।

वातावरण हुने सन्दर्भमा पनि हिमाल पग्लने कारणले धेरै क्षति पुगेको छ त्यसकारण आध्यात्मिक पक्षसँग जोडेर नेपाल नेपालको हिमाल हरुको मान्छेको क्षमता वृद्धि गर्ने उर्जा भर्ने ज्ञानको निम्ति, वातावरण निर्माण गर्ने परिस्थिति बन्दो रहेछ भन्ने पनि लाग्यो । नेपाललाई जोडेर जुन विषयहरु आफ्नो प्रवचनमा प्रश्तुत गर्नुभएको छ । त्यसले नेपालको हिमाल, नेपालको प्राकृतिक क्षेत्र, नेपालको पशुपतिनाथ सबैको चित्रण त्यहाँ भित्र भएको देखिन्छ । त्यसैले उहाँको प्रवचनमा नेपाललाई विशेष ढंगले जोडिएको परिस्थितिबाट चाँही हामीलाई केही हदसम्म आनन्दको अनुभुति पनि भयो ।’

गत पुस ३ गतेबाट शुरु भएको सो शिविर १० गते समापन भएको थियो । शिविरमा ७० राष्ट्रका करिव ६ लाख ५० हजार साधकहरुको सहभागिता भएको हिमालय ध्यान समर्पण योग केन्द्रका डाइरेक्टर अम्ब्रिस मोडकले जानकारी दिनुभयो ।