११ आश्विन २०८३, आईतवार Sunday, September 27, 2026
११ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar नेपालको संस्कृति, सम्पदा र पर्यटनको प्रवद्र्धन गर्न ‘गौरवता नेपाल’ परियोजना सञ्चालन गरिने News Polar सुस्ताका सबै नागरिकलाई नारायणीवारि ल्याइयो News Polar विपदबाट चार दिनमा १५ जनाको मृत्यु News Polar पर्यटन विकासका लागि अन्तरमन्त्रालय समन्वय आवश्यक छ : पर्यटनमन्त्री पौडेल News Polar अविरल वर्षापछिको काठमाडौंः बादल फाट्यो, हिमाल खुले News Polar रास्वपाले सांसदका स्वकीय सचिवलाई गर्‍यो अभिमुखीकरण News Polar विश्वव्यापी जलवायु परिवर्तनलाई मध्यनजर गर्दै पर्यटन क्षेत्रको सुरक्षा मापदण्ड परिमार्जन गर्न आवश्यकः जलवायु विज्ञ दाहाल News Polar पर्यटन क्षेत्र मुलुकको आर्थिक समृद्धि र उद्यमशीलताको महत्वपूर्ण आधारःसचिव सुवेदी News Polar अनुगमनमा रोक लगाएपछि प्रहरीप्रति मानव अधिकार आयोगको आपत्ति News Polar वर्षा रोकिएपछि पनि पहिरोको जोखिम कायमै, अवरुद्ध सडक खुलाउन २५० भन्दा बढी उपकरण तयारी अवस्थामाः प्राधिकरण News Polar अविरल वर्षा र बाढीपहिरोमा १२ जनाको मृत्यु, ७ जना बेपत्ता News Polar भोटेकोशी–त्रिशूली बाढीबाट वागमतीको पर्यटन क्षेत्रमा ५२ अर्बभन्दा बढीको क्षति News Polar नारायणीको जलसतह हालसम्मकै उच्च News Polar वर्षापछि आकाश खुलेसँगै काठमाडौं उपत्यकाको मौसम-फोटो फिचर News Polar लालबकैया नदीमा आएको बाढीले मौलापुरको तटबन्ध जोखिममा News Polar पहिरोले अवरुद्ध मध्यपहाडी लोकमार्ग सञ्चालन News Polar महाकालीमा पानीको बहाव बढ्यो, आवागमन प्रभावित News Polar कुलेखानीमा जलसतह बढेपछि देउराली-सिस्नेरी सडक ४ः०० बजेदेखि बन्द News Polar म्याग्दीको गिवाङक पहिरोमा पुरिएका दुई जनाको शव फेला, दुई जनाको उद्धार News Polar कालीगण्डकीको बाढीले बेनीमा कटान गर्न थाल्यो

मुलुकका पर्यटकीय स्थलको विश्वबजारमा प्रवर्द्धन गर्नुपर्नेमा राष्ट्रपतिको जोड

मुलुकका पर्यटकीय स्थलको विश्वबजारमा प्रवर्द्धन गर्नुपर्नेमा राष्ट्रपतिको जोड
अ अ+ अ-

गलकोट । राष्ट्रपति रामचन्द्र पौडेलले पूर्वाधार निर्माणमा निजी क्षेत्रको भूमिका महत्वपूर्ण हुने भएकाले त्यसमा लगानी गर्न उद्यमी–व्यवसायीहरुलाई आग्रह गर्नुभएको छ । उहाँले भन्नुभयो, “विश्व पर्यटन बजारमा नेपालका पर्यटकीय स्थलको प्रवर्द्धन गरी यस क्षेत्रलाई आयआर्जन र समृद्धिको आधारका रूपमा स्थापित गर्न सकिन्छ ।”

बागलुङ उद्योग वाणिज्य सङ्घले आज यहाँ आयोजना गरेको सातौँ बागलुङ महोत्सवको उद्घाटन समारोहमा राष्ट्रपति पौडेलले पर्याप्त भौतिक पूर्वाधार निर्माण गरी पर्यटक भित्र्याएर आयआर्जन गर्न सकिने प्रशस्त सम्भावना रहेको बताउनुभयो ।

राष्ट्रपति पौडेलले मध्यपहाडी लोकमार्गको काम द्रुत गतिमा अघि बढाउन आह्वान गर्दै झोलुङ्गे पुल र बुट्टेनलीको जिल्लाका रुपमा रहेको बागलुङका पहिचानलाई व्यापक प्रचारप्रसार गरेर आम्दानी बढाउनुपर्नेमा जोड दिनुभयो । उहाँले भन्नुभयो, “राजनीतिको उर्भरभूमिका रुपमा रहेको बागलुङ आउँदा आफूलाई आफ्नै घर आएजस्तो भयो, २०४६ सालमा आन्दोलनका क्रममा चार महिना यहाँ जेलजीवन बिताएको ताजा भयो ।” उहाँले जेलमा बसेका बागलुङका राजनीतिक व्यक्तिहरुलाई स्मरण गर्नुभएको थियो ।

राजनीतिक चेतनाको उर्वरभूमि मात्र होइन धौलागिरि हिमशृङ्खलासहितका प्राकृतिक छटाले सुसज्जित बागलुङ वरपरका क्षेत्रको आर्थिक, सामाजिक, सांस्कृतिक र पर्यटकीय विकासका लागि महोत्सव आयोजना गरिएकामा राष्ट्रपतिले त्यसको सराहना गर्नुभयो । सबैभन्दा धेरै विपे्रषण भित्र्याउने जिल्लाका रुपमा बागलुङले परिचय बनाएको तथा निजी क्षेत्रको छाता सङ्गठन नेपाल उद्योग वाणिज्य महासङ्घको नेतृत्व जन्माएको यो जिल्लाप्रति गर्व लागेको बताउनुभयो ।

बागलुङको भौगोलिक विविधता र विकटतालाई पृथक र नवीन पर्यटकीय थलोका रुपमा विकास गरी नयाँ पुस्तालाई यस क्षेत्रको भ्रमणको लागि प्रेरित गर्नु आजको आवश्यकता भएको राष्ट्रपति पौडेलले बताउनुभयो । उहाँले ढोरपाटन पर्यटन र शिकारका लागि प्रख्यात क्षेत्र भए पनि धेरै पर्यटक आकर्षित गर्न नसकेको भन्दै यसको प्रचारप्रसारमा विशेष ध्यान दिन सुझाउनुभयो ।

बागलुङका कृषि उपज र जडीबुटीलाई प्रदेश सरकारले प्रवद्र्धन गर्नुपर्नेमा जोड दिँदै यिनको विकासमा उद्योगी– व्यवसायीलाई उत्प्रेरित गर्नुपर्ने राष्ट्रपतिले बताउनुभयो । महोत्सवका माध्यमबाट जडीबुटीको प्रवद्र्धनमा योगदान पुगेको विश्वास उहाँले व्यक्त गर्नुभयो ।

महोत्सवमा पूर्व उपप्रधानमन्त्री तथा राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले बागलुङको विकासका लागि सबै सांसद एकजुट हुन आवश्यक छ भन्नुभयो । उहाँले कालीगण्डकी करिडोर र मध्यपहाडी लोकमार्गको काममा भइरहेको ढिलाइप्रति जनता आक्रोशित भएका बताउँदै सरकारले आवश्यक कारबाही गर्नुपर्नेमा जोड दिनुभयो ।

पूर्वशिक्षामन्त्री देवेन्द्र पौडेल, सांसद देवीप्रकाश भट्टचन र नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले बागलुङ महोत्सवका माध्यमबाट स्थानीय उत्पादनको विकासमा सहयोग पुग्ने बताउनुभयो । महोत्सव २१ गतेसम्म चल्ने उद्योग वाणिज्य सङ्घका अध्यक्ष नरेश कँडेलले बताउनुभयो । रासस