११ आश्विन २०८३, आईतवार Sunday, September 27, 2026
११ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar नेपालको संस्कृति, सम्पदा र पर्यटनको प्रवद्र्धन गर्न ‘गौरवता नेपाल’ परियोजना सञ्चालन गरिने News Polar सुस्ताका सबै नागरिकलाई नारायणीवारि ल्याइयो News Polar विपदबाट चार दिनमा १५ जनाको मृत्यु News Polar पर्यटन विकासका लागि अन्तरमन्त्रालय समन्वय आवश्यक छ : पर्यटनमन्त्री पौडेल News Polar अविरल वर्षापछिको काठमाडौंः बादल फाट्यो, हिमाल खुले News Polar रास्वपाले सांसदका स्वकीय सचिवलाई गर्‍यो अभिमुखीकरण News Polar विश्वव्यापी जलवायु परिवर्तनलाई मध्यनजर गर्दै पर्यटन क्षेत्रको सुरक्षा मापदण्ड परिमार्जन गर्न आवश्यकः जलवायु विज्ञ दाहाल News Polar पर्यटन क्षेत्र मुलुकको आर्थिक समृद्धि र उद्यमशीलताको महत्वपूर्ण आधारःसचिव सुवेदी News Polar अनुगमनमा रोक लगाएपछि प्रहरीप्रति मानव अधिकार आयोगको आपत्ति News Polar वर्षा रोकिएपछि पनि पहिरोको जोखिम कायमै, अवरुद्ध सडक खुलाउन २५० भन्दा बढी उपकरण तयारी अवस्थामाः प्राधिकरण News Polar अविरल वर्षा र बाढीपहिरोमा १२ जनाको मृत्यु, ७ जना बेपत्ता News Polar भोटेकोशी–त्रिशूली बाढीबाट वागमतीको पर्यटन क्षेत्रमा ५२ अर्बभन्दा बढीको क्षति News Polar नारायणीको जलसतह हालसम्मकै उच्च News Polar वर्षापछि आकाश खुलेसँगै काठमाडौं उपत्यकाको मौसम-फोटो फिचर News Polar लालबकैया नदीमा आएको बाढीले मौलापुरको तटबन्ध जोखिममा News Polar पहिरोले अवरुद्ध मध्यपहाडी लोकमार्ग सञ्चालन News Polar महाकालीमा पानीको बहाव बढ्यो, आवागमन प्रभावित News Polar कुलेखानीमा जलसतह बढेपछि देउराली-सिस्नेरी सडक ४ः०० बजेदेखि बन्द News Polar म्याग्दीको गिवाङक पहिरोमा पुरिएका दुई जनाको शव फेला, दुई जनाको उद्धार News Polar कालीगण्डकीको बाढीले बेनीमा कटान गर्न थाल्यो

टेरामक्स खरिद प्रक्रियाको शिघ्र अनुसन्धान सक्न अख्तियारलाई संसदीय समितिको निर्देशन

टेरामक्स खरिद प्रक्रियाको शिघ्र अनुसन्धान सक्न अख्तियारलाई संसदीय समितिको निर्देशन
अ अ+ अ-

काठमाडौँ । सार्वजनिक लेखा समितिले टेरामक्स प्रविधि खरिदसँग सम्बन्धित सम्पूर्ण प्रक्रियाहरुलाई यथास्थितिमा राख्दै शिघ्र अनुसन्धानको निष्कर्षमा पुग्न अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई निर्देशन दिएको छ ।

सार्वजनिक लेखा समितिको बुधवार बसेको बैठकले टेरामक्स खरिद प्रक्रियामा गड्बडी भएको १५ बुँदे निष्कर्ष निकाल्दै यसको अनुसन्धान प्रक्रियालाई निष्कर्षमा पुर्‍याउन अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई निर्देशन दिएको हो ।

समितिले यसको अनुसन्धानको प्रगति विवरण हरेक ३० दिनमा समितिलाई बुझाउन पनि भनेको छ । समितिले अधिकारको दुरुपयोग भएको देखिएमा र राज्यलाई हानि, नोक्सानी हुनेगरी काम भएको पाइएमा सम्बन्धितलाई हदै सम्मको कारबाहीका लागि माग दाबीसहित कानून बमोजिम प्राथमिकताका साथ अभियोजन प्रक्रियामा लैजान आयोगलाई निर्देशन दिएको छ ।

समिति बैठकको निर्देशनबारे सभापति ऋषिकेश पोखरेलले भन्नुभयो – ‘यससँग सम्बन्धित सम्पूर्ण प्रक्रियाहरुलाई हालमा यथास्थितिमा राख्दै उल्लेखित विषयहरुसहित यो प्रणाली खरिद गर्ने सम्बन्धमा हालसम्म सम्भावित कार्यहरुको सुक्ष्म विश्लेषण तथा अनुसन्धान गरी सैद्धान्तिक, नीतिगत र सर्वोच्चको परमादेशसहित उल्लंघन भएको यो समिति ठहर गर्दछ । र अनुसन्धान गरी शिघ्र निष्कर्षमा पुग्न र हरेक ३० दिनमा प्रगति विवरण समितिमा उपलब्ध गराउन । अधिकारको दुरुपयोग भएको देखिएमा, राज्यलाई हानि, नोक्सानी हुनेगरी कार्य गरे, गराइएको पाइएमा सम्बन्धितलाई हदै सम्मको कारबाहीका लागि माग दाबि सहित कानुन बमोजिम प्राथमिकताका साथ अभियोजन प्रक्रियामा लैजान समिति अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई निर्देशन गर्दछ ।’

समितिले टेरामक्स खरिद प्रक्रियामा शर्तहरु टेण्डरको दौरानमा पटक–पटक फेरिएको उल्लेख गरेको छ । तत्कालिन मन्त्रालयका सचिवालयका सदस्यहरु नै टेरामक्स प्रविधिको बजार व्यवस्थापक रहेको देखिएको समितिले निष्कर्ष निकालेको छ । त्यस्तै लागत आधार बनाउने विज्ञ नै सप्लायर्ससँग सम्बन्धित रहेको, अल्जेरिया र इरानमा यही कम्पनीले यही प्रणाली न्युन मूल्यमा उपलब्ध गराएपनि नेपालमा भने त्यसको तुलना र बजार विश्लेषण नगरी प्रक्रिया अगाडी बढाएकोप्रति आशंका व्यक्त गरेको छ । अख्तियारको पत्रपछि ठेक्का व्यवस्थापनमा मिलेमतो भनि दूरसञ्चार प्राधिकरणले रद्द गरेको भएपनि पछि सर्वोच्चको फैसलापछि कुनै विश्लेषण नगरी ठेक्का बन्दोबस्त गरेको देखिएको पनि समितिको ठहर छ ।

त्यसैगरी, भुक्तानी स्थानीय मुद्रामा गर्नुपर्ने शर्त भएकोले विधि सफ्टवेयरको भुक्तानी स्थानीय मुद्रामा गर्दा कर छली हुनसक्ने समितिको अनुमान छ । स्थानीय मुद्रा डलरमा सटही गर्दा समयको परिवर्तन र बजार भाउमा फरक परी करिव ५० करोड रुपैयाँ नोक्सानी हुने देखिएको समिति सभापति पोखरेलको भनाई छ । उहाँकाअनुसार विमानस्थल भन्सार कार्यालयले आएका सामानहरुको प्रश्न उठाइ राजश्व अनुसन्धान र सम्पती शुद्धिकरणलाई पत्राचार गरेको देखिएको र आयातित सामान भन्सारमा सम्बन्धित कम्पनीको भएपनि भन्सार छुटाउने काममा प्राधिकरणको सक्रियता रहेको भन्दै यसप्रति प्रश्न उब्जिएको छ । उहाँले विदेशी भुक्तानी दिनुपर्दा राष्ट्रबैंकको स्वीकृति अनिवार्य लिनुपर्ने व्यवस्था भएपनि नविल बैंकले गरेको भुक्तानीमा राष्ट्रबैंको स्वीकृति नदेखिएकोले यसको सबै प्रक्रिया रोक्नुपरेको उल्लेख गर्नुभयो ।