१९ माघ २०८१, शनिबार
,
Latest
‘सोचेर निर्णय लिएका हौं, उहाँलाई गाली नगर्नुहोला’ त्रिकोणात्मक महिला क्रिकेट श्रृङ्खलाः नेपालले थाइल्याण्डलाई दियो १०२ रनको लक्ष्य ८ वर्षीया आकृति पाण्डेको बालकथा संग्रह द स्प्राउटिङ स्टोरीज लोकार्पण आइएमई ग्रुपको लगानीमा बागलुङमा इला कम्फोर्ट होटल संचालन त्रिकोणात्मक महिला क्रिकेट श्रृङ्खलाः नेपालले थाइल्याण्डविरुद्ध ब्याटिङ गर्दै राष्ट्र र समाजप्रतिको उत्तरदायित्व निभाउन काठमाडौंमा निःशुल्क स्वास्थ्य शिविर चार महिनादेखि त्रिपालमुनि खानीखोलाका घरपरिवार तराईसँग जोडियो ढोरपाटन, बागलुङवासीका लागि अवसर विवाहको उमेरहद २० वर्ष नै कायम गर्न आग्रह काम गर्न सरकारमा जानैपर्छ भन्ने छैन: सुमना श्रेष्ठ
तपाईं के खोज्दै हुनुहुन्छ ?

हात्ती सुन्दरी प्रतियोगितामा सात हात्तीको प्रतिष्पर्धा– तस्बिरहरु



अ+ अ-

भरतपूर । चितवनको सौराहामा जारी हात्ती सुन्दरी प्रतियोगितामा ७ वटा हात्ती सहभागी भएका छन् ।

चितवनको सौराहामा मंगलवारबाट शुरु भएको १७ औं संस्करणको चितवन पर्यटन तथा हात्ती महोत्सवको दोस्रो दिन आज (बुधवार) हात्ती सुन्दरी प्रतियोगिताअन्तर्गत ७ सुन्दरी हात्तीहरुको प्रतिष्पर्धा शुरु भएको हो ।

हात्ती सुन्दरी प्रतियोगितामा सेल्फिकली,समृद्धिकलि,लक्ष्मीकलि,बिजुलीकलि,रानीमायाकली,चम्पाकली र रिमझिमकलीले सहभागिता जनाएका छन् । पाँच जनाएको निर्णयक टोलीले महोत्सवको अन्तिम दिन पहिलो,दोस्रो र तेस्रो हुने सुन्दरी हात्तीको नतिजा सार्वजनिक गर्नेछ ।

महोत्सवस्थल सौराहामा प्रतियोगिताको निर्णायक मण्डलका सदस्य विनोद तिमिल्सिनाले प्रतियोगिताको निर्णय आँखाको सुन्दरता, हिँडाई, शरीरको बनावट, माउतेले भनेको मान्ने, नमान्ने र रौँको अवस्था हेरेर मूल्यांकन गरिने बताउनु भयो । उहाँले नङ फुटे/नफुटेको, हिँडाइ लगायतका बारेमा मूल्यांकन गर्ने बताउनु भयो ।

उहाँले निर्णयक मण्डलले आज यसको नतिजा आयोजकलाई बुझाउने र १४ गतेमात्रै निर्णय गर्ने बताउनु भयो । प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय हुनेलाई क्रमश: १५, १० र ५ हजार रुपैयाँ पुरस्कार दिने र सहभागी सबैलाई एक हजार रुपैयाँले पुरस्कृत गर्ने बताउनु भयो । उहाँले मानिसमा मात्रै सुन्दरता नहुने र जनावरमा पनि सुन्दरता हुने भएकाले प्रतियोगिताका रुपमा अघि बढाएको बताउनु भयो ।

उहाँले कोरोना भन्दाअघि युनाइटेड हात्ती सञ्चालन सहकारी संस्थामा ६० वटा हात्ती भएको र अहिले ३० वटा हात्ती मात्रै रहेको बताउनु भयो । कोरोनाका कारण हात्ती पाल्न नसकेकाले भाडामा ल्याएका हात्तीहरु भारत फिर्ता लगिएकाले हात्तीको संख्या कम भएको बताउनु भयो ।