१९ मंसिर २०८२, शुक्रबार
,
Latest
मधेश प्रदेशको मुख्यमन्त्रीमा कृष्णप्रसाद यादव नियुक्त लोकतान्त्रिक पद्धतिलाई स्थापित गर्न पत्रकारको महत्त्वपूर्ण योगदान छः मुख्यमन्त्री शाह मधेस प्रदेशसभा सदस्य विच्छा निलम्बनमा बालुवाटारमा सर्वपक्षीय बैठक सुरु भारतलाई इन्धन आपूर्ति जारी राख्ने पुटिनको आश्वासन मधेशको मुख्यमन्त्रीमा कांग्रेस सांसद कृष्णप्रसाद यादवको दाबी पेश भेदभावमुक्त समाज निर्माणका लागि निरन्तर लागिरहनुपर्छः प्रधानमन्त्री कार्की जेनजी आन्दोलनका सहिद: एउटा सपनाको अन्त्यसँगै देशले भोगेको गहिरो क्षति कृषिमन्त्री डा परियार र राजदूत चेन सङबीच भेटवार्ता सुनकोशीको फोक्सिङटार अस्थायी बेलिब्रिज जडानको काम सुरु
तपाईं के खोज्दै हुनुहुन्छ ?

सलमान खानले पहिलो फिल्मका लागि लिएका थिए ११ हजार पारिश्रमिक



अ+ अ-

एजेन्सी । ‘दबंग’ भनेर चिनिने बलिउडका सुपरस्टार सलमान खानले आज आफ्नो ५८ औं जन्मदिन मनाउँदैछन् । उनको जन्म डिसेम्बर २७, १९६५ मा इन्दौर, मध्य प्रदेशमा फिल्म लेखक सलीम खान र सुशीला चरक उर्फ ​​सलमा खानको घरमा भएको थियो ।

सलमान बलिउडमा आएको ३५ वर्ष भइसक्यो र यी वर्षहरूमा उनले १०० भन्दा बढी फिल्ममा काम गरिसकेका छन् ।

यद्यपि, उनले २२ वर्षको उमेरमा १९८८ मा रेखा र फारुक शेखको फिल्म ‘बीवी हो तो ऐसी’ बाट आफ्नो करियर सुरु गरेका थिए । यस फिल्ममा सलमान खान सहायक भूमिकामा देखिएका थिए । तर, सलमानले अर्को वर्ष १९८९ मा फिल्म ‘मैने प्यार किया’ बाट नायकको रुपमा फिल्म डेब्यु गरेका थिए । यसपछि उनले कहिल्यै पछाडि फर्केर हेरेनन् ।

सलमान खानको पारिश्रमिकको कुरा गर्ने हो भने आज सलमानले एउटा फिल्मको लागि १५ करोडदेखि १२५ करोड भारु लिन्छन् तर उनका फ्यानहरू यो थाहा पाउँदा छक्क पर्नेछन् कि पहिलो फिल्म अर्थात् ‘बीवी हो तो ऐसी’का लागि उनले ११ हजार रुपैयाँ मात्र पाएका थिए । यति मात्र होइन, उनले दोस्रो फिल्म ‘मैने प्यार किया’का लागि ३१ हजार रुपैयाँ लिएका थिए ।

सलमानको अन्तिम फिल्म ‘टाइगर ३’ थियो, जसका लागि अभिनेताले १०० करोड पारिश्रमिक लिएका थिए । यसबाहेक, सलमानले ‘बिग बोस’ होस्ट गर्छन्, जसको लागि उनले एक एपिसोडको लागि १२ करोड भारु लिन्छन् । यति मात्र होइन, सलमानले सामाजिक सञ्जालमा पोस्ट गरेबापत ५० लाख रुपैयाँ लिन्छन् ।

यसबाहेक, उनी धेरै ठूला ब्रान्डका विज्ञापनहरूमा पनि काम गर्छन् । एक रिपोर्टका अनुसार उनले ब्राण्ड सुटिङका ​​लागि ७ करोड भारु लिन्छन् ।