५ श्रावण २०८३, मंगलवार
,
Latest
भारतमा विपक्षी दलका नेता राहुल गान्धी पक्राउ बेल्गोरोदमा युक्रेनी ड्रोन आक्रमण, १० जनाको मृत्यु र ७९ घाइते उच्च अदालत सुर्खेत : जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च नयाँ राजनीतिक समीकरण बन्न सक्ने सम्भावना : संयोजक दाहाल काठमाडौँ उपत्यकामा ट्राफिक दुर्घटना १९ प्रतिशतले घट्यो झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न ललितपुर महानगरपालिकामा एआई कलिङ सेवा सुरु मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित प्याब्सनलगायत निजी विद्यालय संस्थाहरूको पहलपछि ३ प्रतिशत समता शिक्षा शुल्क फिर्ता, शिक्षा सुधारका एजेन्डामा मन्त्रालयसँग… हरेक कक्षाकोठामा सिर्जनशीलता: अङ्ग्रेजी भाषा शिक्षणको भविष्यबारे दक्षिण एसियाली क्षेत्रीय सम्मेलन हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

देशी विदेशी प्रतिक्रियावादी शक्तिहरुले मुलुकमा षड्यन्त्रका तानावाना बुनिरहेका छन्: माधव नेपाल



file photo
अ+ अ-

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले देशीविदेशी प्रतिक्रियावादी शक्तिहरुले मुलुकमा षड्यन्त्रका तानावाना बुनिरहेको बताउनुभएको छ ।

बुधवारबाट काठमाडौंमा शुरु भएको पार्टी केन्दिय कमिटी बैठकलाई सम्बोधन गर्दै उहाँले सो कुरा बताउनुभएको हो । अध्यक्ष नेपालले प्रतिगामी शक्तिहरुले संविधानमाथि आक्रमण गर्ने काम फेरि शुरु गरेकाले राजनीतिक दलहरुले फेरी गम्भिर भएर अघि बढ्नुपर्ने आवश्यक्ता पनि औंल्याउनु भयो ।

उहाँले मुलुकलाई फेरि संकटबाट जोगाएर अघि बढनका लागि समाजवादी मोर्चामा आवद्ध सबै दलहरु एकतावद्ध भएर अघि बढ्न सहमत रहेको दावी समेत गर्नुभयो । समाजवादी मोर्चाको संयोजकको हैसियतले आफूले त्यहाँ भित्र पनि मुलुकको जटिल राजनीतिक परिस्थितिको बारेमा छलफल भित्र्याएको र त्यसको समाधानका लागि मोर्चामा आवद्ध सबै दलहरु एकभएर अघि बढन सहमत रहेको अध्यक्ष नेपालले बताउनु भयो । उहाँले संविधान जोगाउनका लागि आफूहरुले विगतमा एमालेभित्रैबाट बिद्रोह गर्नुपरेको र त्यसमा सफलता हात लागेको जिकिर समेत गर्नुभयो ।

अध्यक्ष नेपालले भन्नुभयो, ‘हाम्रो पार्टीले एमाले भित्र गरेको विद्रोह जायज थियो । यसले सफलता प्राप्त गर्‍यो । विघटित गरिएको प्रतिनिधिसभा पुन:स्थापित भयो । संविधान जोगियो । संसदले पूर्ण कार्यकाल काम गर्नसक्यो । र, आज हामी यो संविधानमाथि आक्रमण भइरहेको सन्दर्भमा हामी फेरि गम्भिर हुुनुपर्ने स्थिति पुगेका छौं । अहिले प्रतिगामी शक्तिहरुले टाउको उठाइरहेका छन् । विभिन्न देशीविदेशी प्रतिक्रियावादी शक्तिहरुले देशभित्र षड्यन्त्रका तानावाना बुुनिरहेका छन । आज विहान मात्रै समाजवादी मोर्चाको बैठक बस्यो । र त्यो बैठकको संयोजक भएको नाताले हामीले बनाएको थियौं । त्यहाँ गम्भिर छलफल चलिरहेको छ । छलफल शुरु भएको छ, समाप्त भएको छैन । छलफल के मा शुरु भयो भने अहिले नेपालको राजनीति कुन अवस्थाबाट गुज्रिँदैछ ? अहिले हाम्रो देशका स्वाधिनता, स्वतन्त्रतामाथि कुनै आघात पुग्ने काम भइरहेको छ कि छैन ? देशीविदेशी शक्तिहरुको भूमिका कस्तो छ ? देशका प्रतिक्रियावादी, प्रतिगामी शक्तिहरुले के गरिरहेका छन ? यी सबै कुराहरुको बारेमा हामीहरु व्यापक छलफल गरौं । र, कसरी हुनसक्छ नेपालको कम्युनिष्ट आन्दोलनलाई जोगाउने, बचाउने, लोकप्रिय बनाउने काम गर्न सकिन्छ ? त्यसमा हामी गम्भिर भएर सोचौं ।

यस कुरामा नेकपा माओवादी पनि सहमत, जनता समाजवादी पनि सहमत र नेकपा विप्लव समूह पनि सहमत । र यो मलाई राम्रो कुरा पनि लागेको छ । चिन्ता हामीलाई छ । चिन्ता अरुलाई पनि छ । अरुलाई चिन्ता हुनुपर्छ भन्ने हुटहुटी हामीमा थियो । हामीले पटकपटक भन्ने गरेका थियौ कि छलफल गरौं । जनता जुन फैलिराखेको निराशा छ, राजनीतिमा जुन फैलिराखेको वितृष्णा छ । पाटीहरुप्रति असन्तोष । यसका कारणहरु खोजौं । र, सुधारका लागि के के गर्न सकिन्छ ? सोचौं । त्यसका लागि हाम्रो पार्टीले पहल गर्दै आइरहेको छ । तर आज खुशी के लागेको छ भने त्यही लेवलमा अरु पनि सहमत भएका छन् । त्यसो हुनाले देशको समस्याको ठिक पहिचान, देशका समस्याहरुको ठिक पहिचान पहिला गर्न सक्नुपर्दछ । ’

अध्यक्ष नेपालले नेपालको कम्युनिष्ट आन्दोलनलाई जोगाउन, बनाउन र लोकप्रिय बनाउने काममा कसरी लाग्न सकिन्छ भन्ने बारेमा पनि समाजवादी मोर्चाभित्र छलफल शुरु गरिएको बताउनु भयो ।