• १५ असार २०८१, शनिबार
  •      Sat Jun 29 2024
  •   Unicode
Logo
Latest
★   वामपन्थी सहकार्यलाई सफल बनाएर एकताको ढोका खोल्नुपर्छ: प्रधानमन्त्री ★   एग्रिकल्चर गेम रियालिटि शो ‘र’कोआबेदन खुल्ला: खोकनामा रोपाई गर्दे राजेश हमाल- फोटो फिचर ★   भोलिदेखि सुरु हुने नेकपा एसको दशौँ राष्ट्रिय महाधिवेशनको तयारी पूरा ★   धान दिवस: रोपाइँको रौनक-फोटो फिचर  ★   युरो कपका नकआउट चरणका खेल आजबाट, जर्मनी र डेनमार्क तथा इटाली र स्वीट्जरल्यान्ड भिड्दै ★   मधेसमा उमेर नपुगी विवाह गर्ने ५० प्रतिशत भन्दाबढी ★   कृषि उत्पादकत्व बढाउन यान्त्रिकीकरणमा जोड ★   वैदेशिक रोजगार मागपत्रको प्रमाणीकरण ‘अनलाइन’बाट ★   दाङको राजपुर गाउँपालिका भरिबाट एसइईमा एकजना मात्रै उत्तीर्ण ★   नयाँ वाम विकल्प दिनेगरी पार्टीको नेतृत्व चयन हुन्छः घनश्याम भुषाल

देशी विदेशी प्रतिक्रियावादी शक्तिहरुले मुलुकमा षड्यन्त्रका तानावाना बुनिरहेका छन्: माधव नेपाल



file photo

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले देशीविदेशी प्रतिक्रियावादी शक्तिहरुले मुलुकमा षड्यन्त्रका तानावाना बुनिरहेको बताउनुभएको छ ।

बुधवारबाट काठमाडौंमा शुरु भएको पार्टी केन्दिय कमिटी बैठकलाई सम्बोधन गर्दै उहाँले सो कुरा बताउनुभएको हो । अध्यक्ष नेपालले प्रतिगामी शक्तिहरुले संविधानमाथि आक्रमण गर्ने काम फेरि शुरु गरेकाले राजनीतिक दलहरुले फेरी गम्भिर भएर अघि बढ्नुपर्ने आवश्यक्ता पनि औंल्याउनु भयो ।

उहाँले मुलुकलाई फेरि संकटबाट जोगाएर अघि बढनका लागि समाजवादी मोर्चामा आवद्ध सबै दलहरु एकतावद्ध भएर अघि बढ्न सहमत रहेको दावी समेत गर्नुभयो । समाजवादी मोर्चाको संयोजकको हैसियतले आफूले त्यहाँ भित्र पनि मुलुकको जटिल राजनीतिक परिस्थितिको बारेमा छलफल भित्र्याएको र त्यसको समाधानका लागि मोर्चामा आवद्ध सबै दलहरु एकभएर अघि बढन सहमत रहेको अध्यक्ष नेपालले बताउनु भयो । उहाँले संविधान जोगाउनका लागि आफूहरुले विगतमा एमालेभित्रैबाट बिद्रोह गर्नुपरेको र त्यसमा सफलता हात लागेको जिकिर समेत गर्नुभयो ।

अध्यक्ष नेपालले भन्नुभयो, ‘हाम्रो पार्टीले एमाले भित्र गरेको विद्रोह जायज थियो । यसले सफलता प्राप्त गर्‍यो । विघटित गरिएको प्रतिनिधिसभा पुन:स्थापित भयो । संविधान जोगियो । संसदले पूर्ण कार्यकाल काम गर्नसक्यो । र, आज हामी यो संविधानमाथि आक्रमण भइरहेको सन्दर्भमा हामी फेरि गम्भिर हुुनुपर्ने स्थिति पुगेका छौं । अहिले प्रतिगामी शक्तिहरुले टाउको उठाइरहेका छन् । विभिन्न देशीविदेशी प्रतिक्रियावादी शक्तिहरुले देशभित्र षड्यन्त्रका तानावाना बुुनिरहेका छन । आज विहान मात्रै समाजवादी मोर्चाको बैठक बस्यो । र त्यो बैठकको संयोजक भएको नाताले हामीले बनाएको थियौं । त्यहाँ गम्भिर छलफल चलिरहेको छ । छलफल शुरु भएको छ, समाप्त भएको छैन । छलफल के मा शुरु भयो भने अहिले नेपालको राजनीति कुन अवस्थाबाट गुज्रिँदैछ ? अहिले हाम्रो देशका स्वाधिनता, स्वतन्त्रतामाथि कुनै आघात पुग्ने काम भइरहेको छ कि छैन ? देशीविदेशी शक्तिहरुको भूमिका कस्तो छ ? देशका प्रतिक्रियावादी, प्रतिगामी शक्तिहरुले के गरिरहेका छन ? यी सबै कुराहरुको बारेमा हामीहरु व्यापक छलफल गरौं । र, कसरी हुनसक्छ नेपालको कम्युनिष्ट आन्दोलनलाई जोगाउने, बचाउने, लोकप्रिय बनाउने काम गर्न सकिन्छ ? त्यसमा हामी गम्भिर भएर सोचौं ।

यस कुरामा नेकपा माओवादी पनि सहमत, जनता समाजवादी पनि सहमत र नेकपा विप्लव समूह पनि सहमत । र यो मलाई राम्रो कुरा पनि लागेको छ । चिन्ता हामीलाई छ । चिन्ता अरुलाई पनि छ । अरुलाई चिन्ता हुनुपर्छ भन्ने हुटहुटी हामीमा थियो । हामीले पटकपटक भन्ने गरेका थियौ कि छलफल गरौं । जनता जुन फैलिराखेको निराशा छ, राजनीतिमा जुन फैलिराखेको वितृष्णा छ । पाटीहरुप्रति असन्तोष । यसका कारणहरु खोजौं । र, सुधारका लागि के के गर्न सकिन्छ ? सोचौं । त्यसका लागि हाम्रो पार्टीले पहल गर्दै आइरहेको छ । तर आज खुशी के लागेको छ भने त्यही लेवलमा अरु पनि सहमत भएका छन् । त्यसो हुनाले देशको समस्याको ठिक पहिचान, देशका समस्याहरुको ठिक पहिचान पहिला गर्न सक्नुपर्दछ । ’

अध्यक्ष नेपालले नेपालको कम्युनिष्ट आन्दोलनलाई जोगाउन, बनाउन र लोकप्रिय बनाउने काममा कसरी लाग्न सकिन्छ भन्ने बारेमा पनि समाजवादी मोर्चाभित्र छलफल शुरु गरिएको बताउनु भयो ।