११ आश्विन २०८३, आईतवार Sunday, September 27, 2026
११ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar नेपालको संस्कृति, सम्पदा र पर्यटनको प्रवद्र्धन गर्न ‘गौरवता नेपाल’ परियोजना सञ्चालन गरिने News Polar सुस्ताका सबै नागरिकलाई नारायणीवारि ल्याइयो News Polar विपदबाट चार दिनमा १५ जनाको मृत्यु News Polar पर्यटन विकासका लागि अन्तरमन्त्रालय समन्वय आवश्यक छ : पर्यटनमन्त्री पौडेल News Polar अविरल वर्षापछिको काठमाडौंः बादल फाट्यो, हिमाल खुले News Polar रास्वपाले सांसदका स्वकीय सचिवलाई गर्‍यो अभिमुखीकरण News Polar विश्वव्यापी जलवायु परिवर्तनलाई मध्यनजर गर्दै पर्यटन क्षेत्रको सुरक्षा मापदण्ड परिमार्जन गर्न आवश्यकः जलवायु विज्ञ दाहाल News Polar पर्यटन क्षेत्र मुलुकको आर्थिक समृद्धि र उद्यमशीलताको महत्वपूर्ण आधारःसचिव सुवेदी News Polar अनुगमनमा रोक लगाएपछि प्रहरीप्रति मानव अधिकार आयोगको आपत्ति News Polar वर्षा रोकिएपछि पनि पहिरोको जोखिम कायमै, अवरुद्ध सडक खुलाउन २५० भन्दा बढी उपकरण तयारी अवस्थामाः प्राधिकरण News Polar अविरल वर्षा र बाढीपहिरोमा १२ जनाको मृत्यु, ७ जना बेपत्ता News Polar भोटेकोशी–त्रिशूली बाढीबाट वागमतीको पर्यटन क्षेत्रमा ५२ अर्बभन्दा बढीको क्षति News Polar नारायणीको जलसतह हालसम्मकै उच्च News Polar वर्षापछि आकाश खुलेसँगै काठमाडौं उपत्यकाको मौसम-फोटो फिचर News Polar लालबकैया नदीमा आएको बाढीले मौलापुरको तटबन्ध जोखिममा News Polar पहिरोले अवरुद्ध मध्यपहाडी लोकमार्ग सञ्चालन News Polar महाकालीमा पानीको बहाव बढ्यो, आवागमन प्रभावित News Polar कुलेखानीमा जलसतह बढेपछि देउराली-सिस्नेरी सडक ४ः०० बजेदेखि बन्द News Polar म्याग्दीको गिवाङक पहिरोमा पुरिएका दुई जनाको शव फेला, दुई जनाको उद्धार News Polar कालीगण्डकीको बाढीले बेनीमा कटान गर्न थाल्यो

आइएमई पे र एजुकेशन पार्क बीच विद्यार्थीलाई छुट दिने सम्झौता

आइएमई पे र एजुकेशन पार्क बीच विद्यार्थीलाई छुट दिने सम्झौता
अ अ+ अ-

काठमाडौँ । नेपालको पहिलो डिजिटल वालेट ‘आइएमई पे’र एजुकेशन पार्क बीच आइ.ई.एल.टि.एस (IELTS)  र पि.टि.ई. (PTE)  को तयारी कक्षामा ५०% छुट दिने सम्झौता भएको छ ।

उक्त सम्झौता अनुसार सिभिल मल, काठमाडौंको आठौं तलामा रहेको एजुकेशन पार्कमा आइ.ई.एल.टि.एस (IELTS)  र पि.टि.ई. (PTE)  को तयारी कक्षा लिन इच्छुक विद्यार्थीले आईएमई पे मार्फत कक्षाको शुल्क भुक्तानी गर्दा सो छुट प्राप्त गर्न सक्नेछन् । यहि पौष ०६, २०८० बाट लागु भएको सो योजनाको अवधि तीन महिनाको हुनेछ ।

आइ.ई.एल.टि.एस (IELTS)  र पि.टि.ई. (PTE) कक्षामा अग्रणी एजुकेशन पार्क र नेपालको पहिलो भुक्तानी प्रदायक आईएमई पे बीचको यो योजनाले सो कक्षा लिन चाहने विद्यार्थीहरुलाई अझ सहज हुने कुरामा दुबै कम्पनीले विश्वास लिएका छन् । योजनाको अवधि ३ महिनाको भएता पनि पहिला कक्षा बुक गर्ने विद्यार्थीहरुले आफ्नो समय अनुसारको कक्षाको छनौट गर्न सक्नेछन् । विद्यार्थीहरु माझ अति नै लोकप्रिय दुबै कक्षा अनलाईन मार्फत समेत लिन सकिने व्यवस्था गरेको एजुकेशन पार्कले जनाएको छ ।

आइएमई पे को बारेमा:
नेपालको पहिलो भुक्तानी सेवा प्रदायक आइएमई डिजिटल सोलुसन लिमिटेडद्वारा प्रवर्द्धित ’आइएमई पे’ मोबाइल वालेट एप अन्तर्गतको विद्युतीय भुक्तानी सेवा प्रदायक हो।

नेपाल राष्ट्र बैंकको भुक्तानी तथा फर्छ्यौट विनियमावली-२०७२ बमोजिम ’आइएमई डिजिटल’ दूरसञ्चार सञ्जालको माध्यमबाट मोबाइल वालेट सेवा प्रदान गर्ने पहिलो कम्पनी हो। आइएमई पे मोबाइल वालेट मार्फत सेवाग्राही आफैले अथवा एजेन्टहरुको मार्फत विभिन्न किसिमको भुक्तानी कार्यहरू गर्न सक्नेछन्। यसले व्यक्ति-व्यक्ति बीचमा हुने सामान्य रकम ट्रान्सफर गर्ने सुविधा देखि लिएर विभिन्न अनलाइन तथा स्थलगत स्टोरहरूमा QR स्क्यान गरी भुक्तान गर्ने, मोबाइल रिचार्ज गर्ने र विभिन्न घरायसी तथा कार्यालयका बिलहरू भुक्तान गर्न मिल्ने सेवा समेत प्रदान गर्दै आइरहेको छ।

यस मोबाइल वालेटमा ब्याज तथा विभिन्न क्यासब्याकहरूको पनि सुविधा उपलब्ध छ। आइएमई डिजिटल सोलुसन लिमिटेडले बैंकिङ सुविधाबाट वञ्चित नेपाली तथा न्यून बैंकिङ सुविधा प्राप्त सम्पूर्ण सर्वसाधारण जनतालाई वित्तीय सेवाहरूको पहुँच उपलब्ध गराएर नेपालको वित्तीय समावेशीकरणमा योगदान पुर्याउने लक्ष्य लिएको छ। २० लाखभन्दा बढी ग्राहकहरूलाई सिधै मोबाइल वालेट एप तथा एजेन्टहरू मार्फत आइएमई पेले विद्युतीय भुक्तानी सेवा प्रदान गर्न सफल छ।

सम्पर्क: आइएमई ग्रुप , पानी पोखरी, काठमाडौँ , सम्पर्क: ०१-४४३०६००, एक्सटेन्सन २५७