२१ असार २०८३, आईतवार
,
Latest
कांग्रेसको १५औँ महाधिवेशन पेपरलेस र डिजिटल प्रविधिबाट गराउने तयारी मुलुकको आवश्यकतालाई ध्यानमा राखेर संसद्ले कानुन निर्माण गर्छ : सभामुख अर्याल अर्थतन्त्र अझै जटिल अवस्थामा छ, मौद्रिक नीतिले सुधारमा ध्यान दिनुपर्छः परिसंघ उपाध्यक्ष घिमिरे ३–५ वर्षको मध्यमकालीन दृष्टिकोणसहित मौद्रिक नीति ल्याउन अर्थविद् थापाको सुझाव माधवजी र मलाई कसरी सिध्याउने भन्नेमा ओलीको हाइटमा बालेन छैनन्ः दाहाल निर्माण व्यवसायीले सरकारबाट भुक्तानी नपाउँदा बैंकिङ क्षेत्र दबाबमा छः सिईओ ज्ञवाली मालदह आँपको उत्पादन घट्दा बजार मूल्य दोब्बर, किसान भने मूल्यबाट वञ्चित कोशी प्रदेशसभाः विनियोजन विधेयकमाथिको छलफल सकियो बेपत्ता कर्मचारी हटाउने अभियानमा कृषि मन्त्रालय, नार्कका दुई कर्मचारी सेवाबाट बर्खास्त मौद्रिक नीति कसिलो बनाउने आधार छैन : पूर्वगभर्नर अधिकारी
तपाईं के खोज्दै हुनुहुन्छ ?

दुई लाख ५० हजार अनुमतिपत्र छाप्न बाँकी- यातायात विभाग



अ+ अ-

काठमाडौँ । यातायात व्यवस्था विभागले झण्डै दुई लाख ५० हजार अनुमतिपत्र छाप्न बाँकी रहेको छ । अनुमतिपत्रका लागि लिइएको परीक्षा पास गरेका र नवीकरण गरेर उक्त सङ्ख्यामा अनुमतिपत्र छाप्नुपर्ने भएको हो ।  

देशभरका यातायात व्यवस्था कार्यालयबाट एकै पटक धेरै सङ्ख्यामा नयाँ अनुमतिपत्रका लागि आवेदन दिएकाले यो सङ्ख्या अहिले ह्वात्तै बढेको विभागका सूचना प्रविधि निर्देशक पवित्र डङ्गोलले बताउनुभयो । विश्वव्यापीरुपमा फैलिएको कोभिड–१९ को नियन्त्रणका लागि सरकारले बन्दाबन्दी जारी गरेसँगै यातायात कार्यालयहरुले सेवा दिएका थिएनन् । गत असारमा कार्यालय खुले पनि बन्दाबन्दी पूरै नखुलेकाले त्यो समयमा धेरै सेवाग्राही कार्यालय जान सकेका थिएनन् ।

सो अवधिमा नवीकरणका लागि केही समय थपिएको उहाँले बताउनुभयो । कार्यालयहरुले गत पुस २९ देखि नवीकरण पुनः सञ्चालन गरेपछि एकै पटक धेरै अनुमतिपत्र छाप्नुपर्ने भएको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “नयाँ र नवीकरण छाप्नुपर्ने धेरै छ ।”

विगत वर्षहरुमा धेरै सङ्ख्यामा अनुमतिपत्र छाप्न बाँकी भए पनि गत वर्ष विभागले बाँकी रहेका सबै अनुमतिपत्र छापिसकेको थियो । बन्दाबन्दीको अवधिमा एक दिनमा तीन चरण गरेर छपाइ गरिएको सूचना प्रविधि निर्देशक डङ्गोलले बताउनुभयो । विभागले ‘स्मार्ट’ चालक अनुमतिपत्र शुरु गरेदेखि अहिलेसम्म २० लाख १९ हजारभन्दा बढी छपाइ भइसकेको छ । 

विभागले अहिले अनलाइन माध्यमबाट मात्रै फारम लिइरहेको उहाँले बताउनुभयो । सेवाग्राहीले जुनसुकै स्थान र समयमा फारम भर्न सक्ने व्यवस्था मिलाइएको उहाँले बताउनुभयो । गत पुसमा सेवा पुनः शुरु गर्दा विभागले निश्चित समयमा मात्रै फारम भर्न सक्ने व्यवस्था गरेको थियो । एकै पटक धेरैले  अहिले भर्न खोज्दा समस्या आएपछि जुनसुकै समयमा खुल्ला गरिएको हो । उहाँले भन्नुभयो, “लामो समय रोकिएको सेवा एकै पटक खोल्दा पहिले पहिले चौबिस घण्टा हुँदा पनि समस्या थियो, अहिले त्यो हटिसकेको छ ।”

नयाँ अनुमतिपत्रका लागि आवेदन दिने सेवाग्राहीमध्ये झण्डै ३० प्रतिशत पास हुने गरेको पाइएको छ । अहिले पनि साढे चार लाखले भरेकामा तीमध्ये आधाभन्दा कम मात्रै पास हुने अनुमान गरिएको छ । विभागमा छाप्नुपर्ने आवेदन बढिरहँदा छपाइ भने हुन सकिरहेको छैन । सरकारले १४ लाख कार्ड छपाइका लागि प्रक्रिया अघि बढाएको छ । त्यो आइनपुगेकाले अत्यावश्यक अनुमतिपत्र मात्रै छापिरहेको हो । रासस




भर्खरै