२१ असार २०८३, आईतवार
,
Latest
कांग्रेसको १५औँ महाधिवेशन पेपरलेस र डिजिटल प्रविधिबाट गराउने तयारी मुलुकको आवश्यकतालाई ध्यानमा राखेर संसद्ले कानुन निर्माण गर्छ : सभामुख अर्याल अर्थतन्त्र अझै जटिल अवस्थामा छ, मौद्रिक नीतिले सुधारमा ध्यान दिनुपर्छः परिसंघ उपाध्यक्ष घिमिरे ३–५ वर्षको मध्यमकालीन दृष्टिकोणसहित मौद्रिक नीति ल्याउन अर्थविद् थापाको सुझाव माधवजी र मलाई कसरी सिध्याउने भन्नेमा ओलीको हाइटमा बालेन छैनन्ः दाहाल निर्माण व्यवसायीले सरकारबाट भुक्तानी नपाउँदा बैंकिङ क्षेत्र दबाबमा छः सिईओ ज्ञवाली मालदह आँपको उत्पादन घट्दा बजार मूल्य दोब्बर, किसान भने मूल्यबाट वञ्चित कोशी प्रदेशसभाः विनियोजन विधेयकमाथिको छलफल सकियो बेपत्ता कर्मचारी हटाउने अभियानमा कृषि मन्त्रालय, नार्कका दुई कर्मचारी सेवाबाट बर्खास्त मौद्रिक नीति कसिलो बनाउने आधार छैन : पूर्वगभर्नर अधिकारी
तपाईं के खोज्दै हुनुहुन्छ ?

इङ्ल्यान्ड र भारतबीचको पहिलो एक दिवसीय: भारतकाे मध्यम शुरूआत



अ+ अ-

पुणे, भारतः इङ्ल्यान्ड र भारतबीचको पहिलो एकदिवसीय क्रिकेट भारतको पुणेमा शुरु भएको छ । इङ्ल्यान्डका कप्तान इओन मर्गनले टस जितेर पहिले बलिङको निर्णय गर्नु भएको थियो ।

यी दुई टिमबीच तीन वटा एकदिवसीय क्रिकेट खेल हुँदैछन् ।

पाँच खेलको टी२० क्रिकेट शृंखला ३–२ ले हारेको इङ्ल्यान्डले मोइन अलि र साम बिलिङ्सलाई टिममा पुनः बोलाएको छ ।

भारतीय टिममा पनि अलराउन्डर क्रुनाल पान्ड्या र मध्य तिब्र गतिका बलर प्रसिध कृष्णलाई पहिलो पटक अवसर दिइएको छ । विकेट किपरको भूमिकामा रहने केएल राहुलले पाँचौं क्रममा ब्याटिङ गर्नेछन् ।

भारतीय कप्तान विराट कोहलीले आफूहरुले ब्याटिङ गर्न पाउँदा खुशी लागेको प्रतिक्रिया दिनुभयो ।

भारतीय टिममा रोहित शर्मा, शिखर धवन, श्रेयस ऐयर, विराट कोहली, केएल राहुल, हार्दिक पान्ड्या, क्रुनाल पान्ड्या, शार्दुल ठाकुर, भुवनेश्वर कुमार, कुलदीप यादव र प्रसिध कृष्ण रहेका छन् ।

यस्तै, इङ्ल्यान्ड टिममा जेसन रोय, जोन्नी बेयरस्ट, बेन स्टोक्स, इअन मोर्गन, जस बटलर, साम बिलिङ्स, मोइन अलि, साम कुरान, टम कुरान, अदिल रशिद र मार्क उड रहेका छन् ।

भारतले तेस्रो ओभरको खेल सकिँदा  १ विकेटकाे क्षतिमा १९ ओभरकाे खेल सकिँदा ७८ रन बनाएकाे छ । प्रारम्भिक ब्याट्सम्यान रोहित शर्मा व्यक्तिगत २८ रन बनाएर बेन स्टाेक्सकाे बलमा पभेलियन फर्किएका छन् । क्रिजमा शिखर धवन ४२ र विराट काेहली ८ रन बनाएर खेलिरहेका छन् ।

रासस–एएफपी




भर्खरै