२१ असार २०८३, आईतवार
,
Latest
कांग्रेसको १५औँ महाधिवेशन पेपरलेस र डिजिटल प्रविधिबाट गराउने तयारी मुलुकको आवश्यकतालाई ध्यानमा राखेर संसद्ले कानुन निर्माण गर्छ : सभामुख अर्याल अर्थतन्त्र अझै जटिल अवस्थामा छ, मौद्रिक नीतिले सुधारमा ध्यान दिनुपर्छः परिसंघ उपाध्यक्ष घिमिरे ३–५ वर्षको मध्यमकालीन दृष्टिकोणसहित मौद्रिक नीति ल्याउन अर्थविद् थापाको सुझाव माधवजी र मलाई कसरी सिध्याउने भन्नेमा ओलीको हाइटमा बालेन छैनन्ः दाहाल निर्माण व्यवसायीले सरकारबाट भुक्तानी नपाउँदा बैंकिङ क्षेत्र दबाबमा छः सिईओ ज्ञवाली मालदह आँपको उत्पादन घट्दा बजार मूल्य दोब्बर, किसान भने मूल्यबाट वञ्चित कोशी प्रदेशसभाः विनियोजन विधेयकमाथिको छलफल सकियो बेपत्ता कर्मचारी हटाउने अभियानमा कृषि मन्त्रालय, नार्कका दुई कर्मचारी सेवाबाट बर्खास्त मौद्रिक नीति कसिलो बनाउने आधार छैन : पूर्वगभर्नर अधिकारी
तपाईं के खोज्दै हुनुहुन्छ ?

बंगलादेश विरुद्धको दोस्रो एक दिवसीयमा न्यूजील्यान्ड विजयी



अ+ अ-

क्राइस्टचर्चः न्यूजील्यान्ड भ्रमणमा रहेको बंगलादेशको क्रिकेट टोली न्यूजीन्यान्डसँग दोस्रो एक दिवसीयमा पाँच विकेटले पराजित भएको छ ।

पहिले ब्याटिङ गरेको बंगलादेशले तमिम इक्वाल (७८ रन) र मोहम्मद मिथुन (७३ रन) को उत्कृष्ट खेल मद्दतले ६ विकेटको क्षतिमा २७१ रन बनाएको थियो ।

जितका लागि २७२ रनको लक्ष पछ्याएको न्यूजील्यान्डको टोली शुरुमा फटाफट पाँच विकेट गुमाएर दबाबमा परेको थियो । तर डेभोन कोन्वे र टम लाथमबीचको साझेदारीको मद्दतले न्यूजील्यान्डले ४८.२ ओभरमा निर्धारित लक्ष पूरा गरेको थयो ।

न्यूजील्यान्डका लागि टम लाथमले नटआउट ११० रन बनाएका थिए भने डेभोन कोन्वेले ७२ रन बनाएका थिए ।

डुनेडिनमा खेलिएको पहिलो एक दिवसीयमा पनि न्यूजीन्याडले बंगलादेशलाई ८ विकेटले पराजित गरेको थियो ।

तीन म्याचको यस शृंखलामा न्यूजील्यान्ड २–० ले अघि रहेको छ । र तेस्रो तथा अन्तिम खेल २६ मार्चमा वेलिङ्टनमा हुनेछ ।

एएफपी




भर्खरै