५ श्रावण २०८३, मंगलवार
,
Latest
बर्डफ्लूको प्रभाव हटेसँगै अण्डाको भाउ बढ्यो, किसानलाई राहत डा देवेन्द्रराज पाण्डेको साधाना मुख्यतः स्वतन्त्रता, अधिकार र नागरिक आन्दोलनमा थियो: राष्ट्रपति पौडेल कर्णालीका सडक पूर्वाधारको अनुगमन गरेर फर्के मन्त्री लम्साल ऋण असुलीबाट दुई समस्याग्रस्त सहकारीका १२५ जना बचतकर्ताको रकम फिर्ता तयारी पोसाक उद्योगको विकास र प्रवद्र्धनमा सरकार प्रतिबद्ध छ : प्रधानमन्त्री शाह शिक्षामन्त्रीसँग अमेरिकी कार्यवाहक राजदूतको शिष्टाचार भेटवार्ता पर्यटनलाई एकीकृत विकास गर्दै मकवानपुरगढी बाँके जिल्ला प्रहरीमा २१६ मुद्दा दर्ता ३ प्रतिशत समता कर तत्काल लागू नगर्ने सरकारको निर्णय जलस्रोत संरक्षणका लागि कानूनी नियमन आवश्यक छः ऊर्जामन्त्री श्रेष्ठ
तपाईं के खोज्दै हुनुहुन्छ ?

पोखरामा य:मरी महोत्सवसँगै प्रतियोगिता



अ+ अ-

अन्नपूर्ण । नेवारी समुदायको निकै लोकप्रिय परिकार हो, य:मरी । नयाँ धानको चामलको पीठोबाट माथिल्लो भाग गजुरजस्तै चुच्चो बनाई खाली भागमा चाकु, खुवा, गुँदपाक, मास, मुँगीलगायत सामग्री राखेर बनाइने यो:मरी पछिल्लो समय लोप हुने अवस्थामा छ ।

नेवारी भाषामा ‘य’ को अर्थ ‘मन’ परेको र ‘मरी’को अर्थ ‘रोटी’ हो । आधुनिकतासँगै नयाँ पुस्ताले मन परेको रोटी अर्थात् य:मरी बनाउन थोरैले जान्दछन् । त्यसैले पुस्तान्तरण र अन्य समुदायलाई जानकारी दिन नेवा मिसा पुच: कास्की लागिपरेको छ ।

पुच:ले सोमबार पोखरा महानगरपालिका–४ सँगको सहकार्यमा पोखरामा य:मरी सांस्कृतिक महोत्सव तथा प्रतियोगिता आयोजना गरेको थियो । प्रतियोगितामा २० समूहको सहभागिता रहेको नेवा मिसा पुच: कास्कीकी अध्यक्ष सङ्गीता बज्राचार्यले जानकारी दिनुभयो ।

महोत्सवले युवापुस्तामा य:मरीको महत्व बुझाउन सहयोग पुगेको उहाँले बताउनुभयो । यो परिकारको नेवार समुदायमा विशेष महत्व रहेकाले जोगाएर राख्नुपर्ने उहाँको धारणा छ । “नयाँ धानको पहिलो परिकारका रुपमा य:मरी बनाइन्छ,” अध्यक्ष बज्राचार्यले भन्नुभयो, “मार्गशीर्ष शुक्ल पूर्णिमाको दिन नयाँ धानको चामलबाट बनेको य:मरीलाई पूजा गरियो भने घरमा कहिल्यै अन्नको अभाव हुँदैन भन्ने जनविश्वास छ ।”

पूर्णिमाका दिन यमरीलाई धानलगायत अन्नका भकारीमा चढाइन्छ । यस दिन नेवार समुदायले यमरीको कुवेर, गणेश, लक्ष्मीलगायत विभिन्न भगवानको मूर्ति बनाएर चढाउने चलन रहेको छ । यसरी चढाएको य:मरी चार दिनपछि मात्र प्रसादका रुपमा बाँडेर खाने प्रचलन रहेको अध्यक्ष बज्राचार्यले बताउनुभयो । नेवार समुदायमा महत्व बोकेको य:मरीलाई औषधिका रुपमा पनि प्रयोग गरिने महोत्सव संयोजक भवानी माकाजुले बताउनुभयो । “य:मरी औषधिका रुपमा पनि खाने प्रचलन छ,” उहाँले भन्नुभयो, “यसमा राखिने चाकु, तिल, मरिचले जाडोमा चिसोबाट बचाउन पनि सहयोग गर्छ ।”

परम्परागत परिकार जोगाउन पोखरा महानगरपालिकाले पनि साथ दिएको पोखरा महानगरपालिका–४ का वडाअध्यक्ष देवकृष्ण पराजुलीले बताउनुभयो । वडा कार्यालयले कला र संस्कृतिको संरक्षणका लागि वितगदेखि नै काम गर्दै आएकाले य:मरी जोगाउन प्रयिोगिता आयोजना गरेको उहाँले सुनाउनुभयो । “पोखराको पुरानो बजार जुन ऐतिहासिकता र मौलिकतासँग जोडिएको छ,” वडाध्यक्ष पराजुलीले भन्नुभयो, “य:मरीलाई पर्यटनसँग जोड्न र संरक्षण गर्न महोत्सवको आयोजना गरेका हौँ ।” यो परिकार संरक्षणका लागि आगामी दिनमा पनि सहयोग गर्न तयार रहेको उहाँले बताउनुभयो ।

नेवा मिसा पुच: कास्कीले आगामी दिनमा जिल्लामा भएका सबै सदस्यलाई य:मरी बनाउन सिकाउने योजना बनाएको छ । सबै पोख्त भएपछि यसलाई व्यावसायिकीकरण गरिने भएको छ । य:मरी प्रतियोगितामा कर्माचार्य मिसा पुच:ले प्रथम हुँदै रु १० हजार पुरस्कार प्राप्त गर्‍यो । द्वितीय जिरो मालेपाटन पस्र्याङ मिसा पुच, तृतीय बगर मिसा पुच र सान्त्वना शिशुवा मिसा पुच हुँदै क्रमश: रु सात हजार, रु पाँच हजार र रु तीन हजारसहित प्रमाणपत्र प्राप्त गरे । रासस