• २३ बैशाख २०८१, आईतवार
  •      Sun May 5 2024
  •   Unicode
Logo
Latest
★   एक सयको नोटमा चुच्चे नक्सा राख्ने नेपालको निर्णयमा भारतको असन्तुष्टि ★   आईपीएलमा आज डबल हेडर: पञ्जाब र चेन्नई तथा लखनउ र कोलकाता भिड्दै ★   बजेट अभावमा धनगढी–खुटिया–दिपायल द्रुतमार्गमा पुल निर्माण प्रभावित ★   एमाले भोजपुरको अध्यक्ष खड्का निर्वाचित ★   मुहान सुकेपछि खानेपानीका लागि ट्याङ्करमा निर्भर ★   ट्रयाक्टर दुर्घटना हुँदा दुईजनाको मृत्यु, दुई घाइते ★   गण्डकीका मुख्यमन्त्री अधिकारीले आज विश्वासको मत लिँदै ★   धार्मिक पर्यटन प्रवर्द्धन गर्न हलेसी–बराहक्षेत्र र पाथीभरा जोडिने ★   दोदा नदीमा डुबेर दुई जनाको मृत्यु ★   मुख्यमन्त्री सोडारीलाई विश्वासको मत दिन एमालेले मानेन

नासाको खुलासा – पृथ्वीजस्तै थप १७ वटा संसार छन्, जहाँ पानी छ



एजेन्सी । वैज्ञानिकहरूले वर्षौंदेखि अन्य ग्रहहरूमा जीवन खोजिरहेका छन् । अब अमेरिकी अन्तरिक्ष एजेन्सी नासाको नयाँ अनुसन्धानले चकित पार्ने कुरा खुलेको छ । नासाको अनुसन्धान अनुसार हाम्रो सौर्यमण्डल बाहिर पनि जीवन हुन सक्छ । यससँगै सौर्यमण्डलबाहिर पनि १७ वटा समान संसार हुन सक्ने अनुसन्धानले खुलासा गरेको छ ।

नासाले हाम्रो सौर्यमण्डलबाहिर जीवन खोज्नका लागि हालै गरेको अध्ययनले १७ वटा एक्सोप्लानेट पत्ता लगाएको बताएको छ । यसमा बर्फीली गोलाहरू मुनि तरल पानीको महासागर हुन सक्छ । हाम्रो सौर्यमण्डलबाहिरको संसारमा जीवनको अत्यावश्यक तत्व भएको पानी पाइन्छ भन्ने वैज्ञानिकहरूले पहिलो पटक अनुमान लगाएका छन् । यसको मतलब त्यहाँ जीवनको सम्भावना पनि हुन सक्छ ।

नासाका वैज्ञानिकहरूले पत्ता लगाइएका यी ग्रहहरूमा रहेको गिजरको अध्ययन गरेका छन् । गिजर भन्नाले भुइँमा हुने त्यस्ता प्वालहरू हुन् जहाँबाट पानी फोहरा झैं निस्कन्छ । जब पानी जम्छ वा पग्लन्छ र बरफ समुन्द्रको सतह मुनि दबाब बनाउँछ, तिनीहरू झरना जस्तै बाहिर निस्कन्छन् । कहिलेकाहीँ तिनीहरू धेरै (सयौं मिटर) अग्लो हुन्छन् ।

विश्वभरका वैज्ञानिकहरू सौर्यमण्डल बाहिर रहेका ग्रहहरू (एक्सप्लानेट्स)मा बसोबास योग्य क्षेत्रहरू खोजिरहेका छन् । यो क्षेत्र पानी मुनि वा जमिनको सतहमा हुन सक्छ, तर जीवनको लागि पानी सबैभन्दा आवश्यक छ । यी १७ ग्रहहरूमा पानी महासागरको रूपमा अवस्थित छ ।

त्यस्ता थुप्रै ग्रहहरूको सतहहरू धेरै चिसो हुन्छन् । जसका कारण जमिनको सतह मुनि पानीको समुन्द्र छ भने धेरै ठाउँमा बरफ समुन्द्र छ । हाम्रो बृहस्पतिको चन्द्र युरोपा र शनिको चन्द्र एन्सेलाडस दुवैको सतह मुनि महासागरहरू छन् । यद्यपि, तिनीहरू पनि नजिकका ग्रहहरूको गुरुत्वाकर्षण तान र नजिकैको ग्रहको तापका कारण पग्लिन्छन् ।

पृथ्वीको सतह मुनि रहेका महासागरहरूमा जीवन हुन सक्ने सम्भावना छ । यस्ता जैविक कणहरू जीवनको उत्पत्ति र वृद्धिका लागि आवश्यक हुन्छन् । हाइड्रोथर्मल भेन्टहरू समुद्रको तल्लो सतहमा अवस्थित छन्, जहाँ यी जैविक कणहरूले ऊर्जा र पोषण पाउँछन् ।

नासाको गोडार्ड स्पेस फ्लाइट सेन्टरका वैज्ञानिक डा लिन क्विकले भनेका छन् कि हाम्रो विश्लेषण अनुसार यी १७ ग्रहमा बरफ समुन्द्र छ । यसमा जीवनको हरेक सम्भावना छ । यी महासागरहरूले ग्रहको भित्री भागबाट गर्मी प्राप्त गर्छन् । समुद्रमा भित्री छालहरूको प्रवाहबाट तातो प्राप्त हुन्छ । हालै यो अध्ययन एस्ट्रोफिजिकल जर्नलमा प्रकाशित भएको उनले बताए । ‘हजारौं एक्सोप्लानेट्सको अध्ययन गरिसकेपछि हामीले हाल यी १७ ग्रहलाई जीवनका लागि उपयुक्त भेट्टाएका छौं ।’ उनी भन्छन् ।