२९ आश्विन २०८३, बिहीबार Thursday, October 15, 2026
२९ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar बैंकमा साढे १२ खर्ब तरलता, उत्पादनमूलक क्षेत्रमा लगानी सुस्त News Polar कांग्रेस महाधिवेशन : मधेशी खुलातर्फ अनिल रुंगटा पहिलो स्थानमा News Polar बूढीगण्डकी बाढीः प्रभावित क्षेत्रबाट एक हजार बढीको हेलि उद्धार News Polar चार दिनमै सुनको मूल्य ८ हजारभन्दा बढीले घट्यो News Polar शिक्षा बजेटमा प्रदेशको हिस्सा बढाउने तयारी, पूर्वाधार मूल्याङ्कन सुरु News Polar करदाता प्रोत्साहन उपहार कार्यक्रममा बिल प्रविष्ट गर्ने अन्तिम म्याद असोज ३१ News Polar कांग्रेस महाधिवेशनको सम्पूर्ण मतपरिणाम आज रातिसम्म सार्वजनिक हुने News Polar उदयपुरबाट वार्षिक तीन हजार मेट्रिकटन मासु निर्यात News Polar कांग्रेस खुला केन्द्रीय सदस्यमा चिरीबाबु महर्जनको अग्रता, कुन उम्मेदवारकाे कति मत? News Polar लमजुङ कालिकाः जहाँ देशबासीको कल्याणका लागि गरिन्छ पूजा News Polar विज्ञापन बोर्डको वार्षिक प्रतिवेदन पेसः ‘डिजिटल’ विज्ञापन नियमन प्राथमिकतामा News Polar कविता: आश मरेको छैन News Polar प्राकृतिक उपचारस्थल सिङ्गा तातोपानी कुण्ड पुनःसञ्चालन News Polar वीरगञ्जमा दशैंका लागि नयाँ नोट वितरण सुरु, प्रतिव्यक्ति १८ हजार ५०० रुपैयाँ साट्न पाइने News Polar दसैँको चहलपहल बढे पनि बाजुराका किसान धान भित्र्याउन व्यस्त News Polar फर्सेका बाढीपीडितलाई दसैँको रौनकले छोएन् News Polar कर्णाली भूगोल खुला पुरुषतर्फ कांग्रेस केन्द्रीय सदस्यमा खडकबहादुर शाही निर्वाचित News Polar नवरात्रको पाँचौँ दिन आज स्कन्दमाताको पूजा–आराधना गरिँदै News Polar घिरिङ र डेढगाउँ जोड्ने कालीगण्डकीको पुल सञ्चालन News Polar शिक्षा मन्त्रालयद्वारा बजेट कार्यान्वयन र नीतिगत सुधारका लागि सातै प्रदेशमा कार्यशाला

‘सलार’मा देखाइएको हिंसाको बचाउ गर्दै पृथ्वीराजले भने– जे बनाउन चाहन्छौं त्यो बनाउने स्वतन्त्रता हुनुपर्छ

‘सलार’मा देखाइएको हिंसाको बचाउ गर्दै पृथ्वीराजले भने– जे बनाउन चाहन्छौं त्यो बनाउने स्वतन्त्रता हुनुपर्छ
अ अ+ अ-

एजेन्सी । प्रभास स्टारर फिल्म ‘सलार’ हालै रिलिज भएको छ । यो फिल्मले तेस्रो दिनमै ग्लोबल बक्स अफिसमा ४ सय करोडको आँकडा पार गरेको छ । फिल्ममा वर्धाको भूमिकामा देखिएका पृथ्वीराज सुकुमारनले एक अन्तर्वार्ताका क्रममा फिल्ममा देखाइएको हिंसा, रगत र मृत्युबारे सोधिएको प्रश्नको जवाफ दिएका थिए ।

उनले भने– ‘यदि कुनै निर्देशकले आफ्नो कथाको लागि ग्राफिक हिंसा शूट गर्न चाहन्छ भने उसलाई त्यसो गर्ने स्वतन्त्रता हुनुपर्छ ।’

फिल्ममा ‘वर्धा’ को भूमिकामा पृथ्वीराज सुकुमारन निकै राम्रो प्रस्तुत भएका छन् । उनको अभिनयको पनि तारिफ भइरहेको छ । यस्तै एक अन्तर्वार्तामा पृथ्वीराजले हरेक फिल्मलाई सेन्ट्रल बोर्ड अफ फिल्म सर्टिफिकेशनले प्रमाणित गरेको बताए ।

‘कसले फिल्म हेर्न पाउने भन्ने निर्णय संस्थाले गर्छ । चलचित्रलाई सेन्सर बोर्डमा हस्तान्तरण गर्ने सुनिश्चित गर्नु एक चलचित्र निर्माताको रूपमा हाम्रो दायित्व हो । फिल्म कसरी बनाउने भन्ने कुरा हाम्रै हातमा छोड्नुपर्छ ।’ उनले अगाडि भने ‘फिल्ममा हिंसा, रगत र मृत्युलाई चित्रण गरिएको हुनाले सर्टिफिकेटको बारेमा दर्शकलाई पहिले नै जानकारी दिइएको थियो । को थिएटरमा जान्छ र कसले फिल्म हेर्न सक्छ भन्ने कुरामा नजर राख्ने गरी प्रदर्शनी क्षेत्रमा सेन्सरशिप हुनुपर्छ । एक अभिनेता भएको नाताले हामीले आफूले चाहेको कुरा गर्ने स्वतन्त्रता हुनुपर्छ भन्ने मैले सधैं विश्वास गरेको छु ।’

‘सलार’मा खिचिएका हिंसात्मक दृश्यका सम्बन्धमा पृथ्वीराज भन्छन्, ‘सलार’ मा हिंसा फिल्मको कथानकको प्रमुख पात्र हो । फिल्मको कथालाई अगाडि बढाउनको लागि यो पनि महत्त्वपूर्ण छ । यस्तो अवस्थामा हिंसाविना ‘सलार’ अधुरो हुन्छ ।

के छ ‘सलार’को कथा ?
केजीएफ जस्तै सलारको कथा पनि काल्पनिक संसारबाट सुरु हुन्छ । अमेरिकाबाट फर्किएकी आध्या (श्रुति हसन) को ज्यान खतरामा छ । आध्या भागेर एक महिलाको घरमा लुक्छिन् । ती महिला देवा अर्थात् प्रभासकी आमा हुन् । देवाले उनलाई ती गुण्डाहरूबाट बचाउँछन् ।

कथा दोस्रो हाफमा ‘खानसार’ को संसारमा सर्छ । खानसार एउटा छुट्टै संसारमा बस्ने ठाउँ हो । आफूलाई देशको हिस्सा ठान्दैन । उनीहरुको आफ्नै सेना छ । उनको अगाडि बेलायतीहरूले पनि घुँडा टेकेका छन् । स्वतन्त्रतापछि त्यहाँ राजाको शासन छ ।

राजाको मृत्युपछि सिंहासनका लागि लडाइँ सुरु हुन्छ । पृथ्वीराजले वर्धाको भूमिका निर्वाह गरेका छन् । ऊ सहरका गभर्नरहरूमध्ये एक हो र राजा बन्न चाहन्छ । तर जब उसलाई सत्ताच्युत गर्नको लागि एउटा विद्रोह सुरु हुन्छ, वर्धाले आफ्नो पुरानो साथी देवा (प्रभास) को मद्दत खोज्छ ।