• ७ जेष्ठ २०८१, सोमबार
  •      Mon May 20 2024
  •   Unicode
Logo
Latest
★   बालेनको स्टाटसको केहीबेरमै चालकलाई छाडियो ★   छत्तीसगढमा पिकअप ट्रक खाल्डोमा खस्दा कम्तीमा १५ मजदुरको मृत्यु ★   गर्मीले जनजीवन कष्टकर ★   पाथीभरा म्याराथनको उपाधि आर्मीका श्रेष्ठलाई ★   सिंहदरबार, पार्टी कार्यालय र नेताको घरको फोहोर उठ्दैन – बालेन ★   अहिलेको संसदले संक्रमणकालिन न्यायसम्बन्धि विधेयक पारित गर्दैन: पूर्वसभामुख ढुंगाना ★   कांग्रेस केन्द्रीय कार्यसमिति र संसदीय दलको संयुक्त बैठक बुधबार ★   केकेआरले रच्यो इतिहास, अब तेस्रो उपाधिको पर्खाइमा ★   बाँदरको हैरानी झेल्न नसकेर खास्टेतालपारीका किसान कागतीखेतीमा ★   तेह्र खर्बको आयात, एक खर्ब २६ अर्बको निर्यात

सरकारको एक बर्ष: कम्पास हराएको पानीजहाज जस्तो- राप्रपा प्रवक्ता श्रेष्ठ



काठमाडौं। राप्रपाका प्रवक्ता तथा प्रचार विभाग प्रमुख मोहन श्रेष्ठले सरकारको एक बर्ष दिशाविहिन भएको टिप्पणी गर्नुभएको छ ।  प्रवक्ता श्रेष्ठले सरकार कम्पास हराएको पानीजहाज जस्तो भएको मुल्याङ्कन गर्नुभएको छ ।

प्रवक्ता श्रेष्ठले सामाजिक संञ्जाल मार्फत सरकारको मुल्याङ्कन गर्दै समग्रमा यो एक वर्ष निराशाजनक रहेको र सुनकाण्ड, नक्कली भुटानी शरणार्थी काण्ड, एनसेल काण्ड जस्ता काण्डहरुमा देखिएका तमासा, उच्च राजनीतिक नेतृत्वको संलग्नता, जोगाउने र फसाउने गोलचक्करमै एक वर्ष व्यतित भएको जनाउनु भयो ।

उहाँले लेख्नु भएको छ –

प्रचण्ड नेतृत्वको सरकारले एक वर्ष पूरा गरेको छ। निर्वाचनपछि बनेको सरकारसंग सुशासन, रोजगारी सिर्जना, चलायमान अर्थतन्त्र, महंगी नियन्त्रण, विकासका प्रयासहरुदेखि कमसेकम गरिखान पाउने वातावरणको निर्माण जनताका न्युनतम अपेक्षा थियो। तर समग्रमा यो एक वर्ष निराशाजनक रह्यो ।

सुनकाण्ड, नक्कली भुटानी शरणार्थी काण्ड, एनसेल काण्ड जस्ता काण्डहरुमा देखिएका तमासा, उच्च राजनीतिक नेतृत्वको संलग्नता, जोगाउने र फसाउने गोलचक्करमै एक वर्ष व्यतित भएको छ। घरेलु शक्तिबीचको एकताबाट निर्माण गरिएको समीकरण भत्काएर विदेशी शक्ति रिझाउने गरी बनाइएको गठबन्धनले कसको स्वार्थ पूरा गऱ्यो वा गर्नेछ त्यो क्रमशस् देखिदै जाला तर सरकारको एक वर्षे अवधिमा नेपाल र नेपाली जनताले उज्यालो महशुस गर्न भने सकेनन्, पाएनन् !

दिशाविहिन सरकार- कम्पास हराएको पानीजहाज जस्तो !