२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
जेलेन्स्कीले पुटिनलाई लेखेको पत्र समय सापेक्ष निर्णय : इयू गुल्मीमा रास्वपा सांसद सागर ढकाल सवार गाडी दुर्घटना महिला आयोगका सदस्य पौडेलद्वारा लिखित ‘नारी रेखा’ लोकार्पण एनआरएनए एनसिसि पोर्चुगलद्वारा २६ हजार युरोभन्दा बढी आर्थिक अनियमितताको दाबी, अघि बढाइयो कानुनी प्रक्रिया बुढीगण्डकीलाई बहुउद्देश्यीय बनाउन प्राधिकरण मोडलमा अगाडि बढाइँदै सञ्चारमन्त्री डा. तिमिल्सिनासँग संयुक्त राष्ट्रसंघीय निकायका प्रतिनिधिहरुद्वारा औपचारिक भेटघाट दुर्गा प्रसाई र धवलशमशेर राणाको समूहबिच राष्ट्रवादी एजेन्डासहित नयाँ राजनीतिक दल गठन गर्ने सहमति १२ प्रमुख जिल्ला अधिकारी र ६ सहसचिवको सरुवा तथा पदस्थापना पर्यटन मन्त्रालयको समन्वयमा धार्मिक प्रयोजनका सामग्री बनाउनुपर्ने सर्तसहित काठ–दाउरा लिलाम गर्दै लुम्बिनी विकास कोष  ग्रीन हाइड्रोजन नेपालको हरित भविष्य निर्माण गर्ने महत्वपूर्ण अवसर हाेः मन्त्री श्रेष्ठ
तपाईं के खोज्दै हुनुहुन्छ ?

सरकारको एक बर्ष: कम्पास हराएको पानीजहाज जस्तो- राप्रपा प्रवक्ता श्रेष्ठ



अ+ अ-

काठमाडौं। राप्रपाका प्रवक्ता तथा प्रचार विभाग प्रमुख मोहन श्रेष्ठले सरकारको एक बर्ष दिशाविहिन भएको टिप्पणी गर्नुभएको छ ।  प्रवक्ता श्रेष्ठले सरकार कम्पास हराएको पानीजहाज जस्तो भएको मुल्याङ्कन गर्नुभएको छ ।

प्रवक्ता श्रेष्ठले सामाजिक संञ्जाल मार्फत सरकारको मुल्याङ्कन गर्दै समग्रमा यो एक वर्ष निराशाजनक रहेको र सुनकाण्ड, नक्कली भुटानी शरणार्थी काण्ड, एनसेल काण्ड जस्ता काण्डहरुमा देखिएका तमासा, उच्च राजनीतिक नेतृत्वको संलग्नता, जोगाउने र फसाउने गोलचक्करमै एक वर्ष व्यतित भएको जनाउनु भयो ।

उहाँले लेख्नु भएको छ –

प्रचण्ड नेतृत्वको सरकारले एक वर्ष पूरा गरेको छ। निर्वाचनपछि बनेको सरकारसंग सुशासन, रोजगारी सिर्जना, चलायमान अर्थतन्त्र, महंगी नियन्त्रण, विकासका प्रयासहरुदेखि कमसेकम गरिखान पाउने वातावरणको निर्माण जनताका न्युनतम अपेक्षा थियो। तर समग्रमा यो एक वर्ष निराशाजनक रह्यो ।

सुनकाण्ड, नक्कली भुटानी शरणार्थी काण्ड, एनसेल काण्ड जस्ता काण्डहरुमा देखिएका तमासा, उच्च राजनीतिक नेतृत्वको संलग्नता, जोगाउने र फसाउने गोलचक्करमै एक वर्ष व्यतित भएको छ। घरेलु शक्तिबीचको एकताबाट निर्माण गरिएको समीकरण भत्काएर विदेशी शक्ति रिझाउने गरी बनाइएको गठबन्धनले कसको स्वार्थ पूरा गऱ्यो वा गर्नेछ त्यो क्रमशस् देखिदै जाला तर सरकारको एक वर्षे अवधिमा नेपाल र नेपाली जनताले उज्यालो महशुस गर्न भने सकेनन्, पाएनन् !

दिशाविहिन सरकार- कम्पास हराएको पानीजहाज जस्तो !




भर्खरै