७ पुष २०८२, सोमबार
,
Latest
एमसीए नेपाल अन्तर्गत धानखोला लमहीको ४० किमि क्षेत्र मर्मत गर्न ठेक्का सम्झौता मिराज ढुंगाना नेतृत्वको टोलीद्वारा माईतीघरमा सरकार विरोधी प्रदर्शन (तस्बिरहरु) सिद्धबाबा सुरुङ निर्माण ६५ प्रतिशत, छिटो सक्न मन्त्री घिसिङको निर्देशन नेपाली सेनाको प्रष्टिकरण: संविधानको अक्षर र मर्म दुवैको पालना गरेका छौँ माइतीघर प्रदर्शनः फेरि पक्राउ परे निकोलस भुषाल राजनीतिक दलसँग छलफल गर्दै प्रधानमन्त्री, को–को हुनेछन् सहभागी ? मनमोहक तनहुँको दुबुङ गाउँ विपद् पूर्वतयारी मजबुत बनाउने सरकारको प्रतिबद्धता कांग्रेस सभापतिमा प्रतिष्पर्धा गर्ने गगन थापाको घोषणा पार्टीको महाधिवेशन सम्पन्न गरेर निर्वाचनमा भाग लिनुपर्छ: महामन्त्री थापा
तपाईं के खोज्दै हुनुहुन्छ ?

आठौं घरजग्गा मेलामा दुई अर्ब ५० करोड बढीको कारोबार हुने अपेक्षा



अ+ अ-

काठमाडौँ । काठमाडौंको भृकुटीमण्डपमा आठौं घरजग्गा मेला हुने भएको छ ।

भृकुटीमण्डपमा पुस १२ गतेबाट १५ गतेसम्म आठौं घरजग्गा मेला हुने भएको हो । मेलामा भवन तथा संयुक्त आवास र जग्गा योजनामा आवद्ध व्यवसायी, निर्माण सामग्रीका उत्पादक तथा बिक्रेता, इन्जिनियर तथा आर्किटेक्चर कन्सल्ट्याण्टलगायत स्वदेशी तथा विदेशी प्रदर्शकका साथै बैंक र बीमा कम्पनीको समेत सहभागिता रहने नेपाल जग्गा तथा आवास विकास संघका अध्यक्ष विदुर धमलाले बताउनु भयो ।

उहाँले मेलामा फर्निचर, विद्युतीय सामग्री, सिमेन्ट, सजावटका सामान, स्टिल, फर्निचर, सिसा, काठ, ढुंगा लगायत निर्माण सामग्री प्रदर्शनमा राखिने पनि बताउनु भयो । उहाँले अहिलेको देशको आर्थिक अवस्था केही असहज भएपनि क्रेता र बिक्रेताबीच सूचना आदानप्रदान हुने र जानकारी पाइने माध्यम बन्ने बताउनु भयो । हरेक नागरिकहरुका लागि यो मेला महत्वपूर्ण रहेकाले मेलामा आएर अहिलेको घरजग्गाको कारोबारहरुबारे चासो राख्न सकिने बताउनु भयो । उहाँले यस वर्ष २ अर्ब ५० करोड रुपैयाँ भन्दा बढीको कारोबार गर्ने अपेक्षा राखेको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘हामीले यो एक्स्पो २०८० साल पौष १२ गतेदेखि १५ गतेसम्म गर्दैछौँ । यो कार्यक्रम भृकुटीमण्डपमा आठौं रियल स्टेट स्क्स्पोको रुपमा हुँदैछ । हाम्रो जस्तो देशमा यो घरजग्गा शेयरको बजारजस्तै गरेर बजारको अवस्था छैन । त्यसकारणले पनि प्रत्येक वर्ष घर जग्गा मेला गर्दै आएका छौँ । कोभिडले गर्दा केही वर्ष गर्न सकेनौँ । र अहिले अवस्था अलि विपरित अवस्था भएपनि बायर्स र सेलर्सको कुरामा महत्वपूर्ण छ । सबै सेलर्सहरु हुनुहुन्छ, कहाँ कति अपार्टमेण्टहरु बन्दैछ, र घरजग्गा कस्तो कम्पनीबाट कहाँ बिक्री हुँदैछ भन्नेकुराको जानकारी आउनेछ । यो घरजग्गाको मेला भनेको मार्केट भयो, त्यसको जानकारी गर्नका लागि हामीले यो मेला शुरु गरेको हो । यो हरेक नागरिकलाई महत्वपूर्ण छ । यो कसरी उपलब्ध हुनसक्छ भन्दा बायर्सलाई आफ्नो प्रोडक्ट सेल गर्नुपर्ने हुन्छ । यो आठौं रियस एक्स्पो हो । हामी दुवैलाई फाइदा छ ।’

कोरोनाका कारण केही वर्ष यता रोकिएको घरजग्गा मेला शुरु हुनुले थप सहजता थप्ने उहाँको विश्वास छ । मेलाको अवलोकन डेढ लाख मानिसहरुले गर्ने आयोजकले आँकलन गरेको छ । उहाँले मेलाको लागि अन्तिम तयारी पूरा भइसकेको पनि बताउनु भयो ।