११ आश्विन २०८३, आईतवार Sunday, September 27, 2026
११ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar रास्वपाले सांसदका स्वकीय सचिवलाई गर्‍यो अभिमुखीकरण News Polar विश्वव्यापी जलवायु परिवर्तनलाई मध्यनजर गर्दै पर्यटन क्षेत्रको सुरक्षा मापदण्ड परिमार्जन गर्न आवश्यकः जलवायु विज्ञ दाहाल News Polar पर्यटन क्षेत्र मुलुकको आर्थिक समृद्धि र उद्यमशीलताको महत्वपूर्ण आधारःसचिव सुवेदी News Polar अनुगमनमा रोक लगाएपछि प्रहरीप्रति मानव अधिकार आयोगको आपत्ति News Polar वर्षा रोकिएपछि पनि पहिरोको जोखिम कायमै, अवरुद्ध सडक खुलाउन २५० भन्दा बढी उपकरण तयारी अवस्थामाः प्राधिकरण News Polar अविरल वर्षा र बाढीपहिरोमा १२ जनाको मृत्यु, ७ जना बेपत्ता News Polar भोटेकोशी–त्रिशूली बाढीबाट वागमतीको पर्यटन क्षेत्रमा ५२ अर्बभन्दा बढीको क्षति News Polar नारायणीको जलसतह हालसम्मकै उच्च News Polar वर्षापछि आकाश खुलेसँगै काठमाडौं उपत्यकाको मौसम-फोटो फिचर News Polar लालबकैया नदीमा आएको बाढीले मौलापुरको तटबन्ध जोखिममा News Polar पहिरोले अवरुद्ध मध्यपहाडी लोकमार्ग सञ्चालन News Polar महाकालीमा पानीको बहाव बढ्यो, आवागमन प्रभावित News Polar कुलेखानीमा जलसतह बढेपछि देउराली-सिस्नेरी सडक ४ः०० बजेदेखि बन्द News Polar म्याग्दीको गिवाङक पहिरोमा पुरिएका दुई जनाको शव फेला, दुई जनाको उद्धार News Polar कालीगण्डकीको बाढीले बेनीमा कटान गर्न थाल्यो News Polar बीसौँ एसियाली खेलकुदः टेनिसमा बास्तोला र खड्काको जोडी विजयी News Polar वीरगञ्जमा अनधिकृत रूपमा राखिएका ‘होर्डिङ बोर्ड’ हटाउन सुरु News Polar नारायणीको पुलमा ठूला सवारीसाधन सञ्चालनमा रोक News Polar ४७औँ विश्व पर्यटन दिवसका अवसरमा चित्रकला प्रदर्शनी News Polar बाढी प्रभावित क्षेत्रमा सेनाद्वारा उद्धार जारी

विकास पुगेर पनि गाउँ किन रित्तिदैछ, समस्याको समाधान खोजौ: राष्ट्रपति पौडेल (भिडियोसहित)

विकास पुगेर पनि गाउँ किन रित्तिदैछ, समस्याको समाधान खोजौ: राष्ट्रपति पौडेल (भिडियोसहित)
अ अ+ अ-

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले लोकतन्त्रपछि गाउँगाउँमा विकास पुगेर पनि त्यसको उपभोग गर्ने मानिसको अभावमा आज गाउँ किन रित्तिदैछ भन्ने कुराको चिन्ता गरेर यस समस्याको समाधान खोज्न आग्रह गर्नुभएको छ ।

“लोकतन्त्रपछि मुलुकको शिक्षा, सञ्चार, सडक, स्वास्थ्य र विद्युतिकरणको क्षेत्रमा भएको विकासका बावजुद त्यसको उपभोग गर्ने मानिसको अभावमा आज गाउँ किन रित्तिदैछ ? नीति निर्माण र शासनसत्तामा बस्नेलगायत सबैको चिन्ता आज यसैमा केन्द्रित हुनुपर्छ”, आफू अध्ययन गरेको सरस्वती बहुमुखी क्याम्पसको ६५ औँ वार्षिकोत्सवका अवसरमा मङगबालर क्याम्पस परिसरमा आयोजित समारोहमा बोल्दै उहाँले भन्नुभयो, “ यतिबेला म यस क्याम्पसको वार्षिकोत्सवमा उभिएर के भन्न चाहन्छु भने शिक्षा र रोजगारीका लागि दैनिक रुपमा हजारौ नेपाली युवाहरु ताँती लागेर विदेशीने क्रम रोक्नेगरी रोजगारी र सीपमूलक शिक्षा दिन जरुरी छ ।”

कुनै पनि देशको शिक्षा त्यस देशको सामाजिक, आर्थिक अवस्था र देशको आवश्यकता अनुरुप निर्धारण हुनुपर्नेमा उहाँले जोड दिनुभयो । बदलिँदो परिस्थितिमा देश विकासमा टेवा पुर्‍याउने र विश्व बजारमा पनि प्रतिस्पर्धी हुनसक्ने शिक्षा नीति र कार्यक्रम आजको आवश्यकता हो भन्ने उहाँको भनाइ थियो । “यसका लागि सामूहिक प्रयत्नको जरुरी छ, जसको थालनी उच्च शिक्षा प्रदान गर्ने शिक्षण संस्थाहरुबाट हुन आवश्यक छ”, राष्ट्रपति पौडेलले भन्नुभयो ।

उहाँले आफू स्वयम्ले अध्ययन गर्ने अवसर पाएको देशकै पुरानो शिक्षण संस्था सरस्वती बहुमुखी क्याम्पसको ६५ औँ वार्षिकोत्सवमा उपस्थित हुन पाउँदा निकै खुशी लागेको बताउनुभयो । “मेरा जीवनको उर्जावान समय र मुलुकमा लोकतन्त्र स्थापनाका लागि भएका आन्दोलनमा मेरो सहभागिता पनि यस क्याम्पससँग जोडिएको सन्दर्भमा म आज यहाँ उपस्थित भईरहँदा अलिकति भावुक पनि भएको छु । म भित्र रहेको राजनीतिक चेतलाई प्रखर बनाउन यस क्याम्पसको वातावरणले दिएको ऊर्जा र प्रेरणा मेरा लागि सदा स्मरणीय रहनेछ”, उहाँले भन्नुभयो ।
सबै नेपालीका छोराछोरीले शिक्षा प्राप्त गर्न अत्यन्त कठिन भईरहेका ती दिनहरूमा पनि सस्तो र सुलभ ढंगले नेपाली जनताका छोराछोरीहरूलाई उच्च शिक्षा अध्ययन गर्ने अवसर प्रदान गर्दै आएको यस क्याम्पस नेपालको शिक्षा क्षेत्रका लागि प्रेरणाको स्रोत पनि रहेको उहाँले उल्लेख गर्नुभयो ।

विभिन्न विषयका विज्ञ प्राध्यापकहरूको अथक प्रयास र विद्यार्थीहरूको मेहनतका कारण सरस्वती क्याम्पसले आफूलाई अब्बल सावित गर्ने मौका पाएको उहाँले बताउनुभयो । “यति धेरै शैक्षिक उन्नति र प्रगतिका बावजुद पनि यस क्याम्पसको भौतिक संरचना खासगरी अत्याधुनिक भवनलगायतको अभाव हुनु चिन्ताको विषय हो । म सरकारलाई देशको पुरानो र अग्रणी संस्था सरस्वती क्याम्पसको भौतिक पूर्वाधारलगायतमा विशेष सहयोग गर्न आग्रह गर्दछु”, राष्ट्रपति पौडेलले भन्नुभयो ।

समारोहमा त्यसबेला आफूलाई अध्यापन गराउने गुरु प्राडा शंकरराज पाठकले गर्नुभएको आग्रहप्रति संकेत गर्दै राष्ट्रपति पौडेलले भन्नुभयो,“ गुरुको आज्ञा उल्लंघन नगर्नु भन्ने हाम्रो संस्कार हो, शिक्षकको अनुशासनमा बस्नेकै उन्नति हुन्छ, गुरुले मलाई आज्ञा त गर्नुभयो तर उहाँले पढाउनुभएको शिक्षाबाटै आज म जुन पदमा छु, जुन सीमामा छु त्यसलाई पनि उहाँले ख्याल गर्नुनै हुनेछ भन्ने मलाई विश्वास छ ।”