११ आश्विन २०८३, आईतवार Sunday, September 27, 2026
११ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar रास्वपाले सांसदका स्वकीय सचिवलाई गर्‍यो अभिमुखीकरण News Polar विश्वव्यापी जलवायु परिवर्तनलाई मध्यनजर गर्दै पर्यटन क्षेत्रको सुरक्षा मापदण्ड परिमार्जन गर्न आवश्यकः जलवायु विज्ञ दाहाल News Polar पर्यटन क्षेत्र मुलुकको आर्थिक समृद्धि र उद्यमशीलताको महत्वपूर्ण आधारःसचिव सुवेदी News Polar अनुगमनमा रोक लगाएपछि प्रहरीप्रति मानव अधिकार आयोगको आपत्ति News Polar वर्षा रोकिएपछि पनि पहिरोको जोखिम कायमै, अवरुद्ध सडक खुलाउन २५० भन्दा बढी उपकरण तयारी अवस्थामाः प्राधिकरण News Polar अविरल वर्षा र बाढीपहिरोमा १२ जनाको मृत्यु, ७ जना बेपत्ता News Polar भोटेकोशी–त्रिशूली बाढीबाट वागमतीको पर्यटन क्षेत्रमा ५२ अर्बभन्दा बढीको क्षति News Polar नारायणीको जलसतह हालसम्मकै उच्च News Polar वर्षापछि आकाश खुलेसँगै काठमाडौं उपत्यकाको मौसम-फोटो फिचर News Polar लालबकैया नदीमा आएको बाढीले मौलापुरको तटबन्ध जोखिममा News Polar पहिरोले अवरुद्ध मध्यपहाडी लोकमार्ग सञ्चालन News Polar महाकालीमा पानीको बहाव बढ्यो, आवागमन प्रभावित News Polar कुलेखानीमा जलसतह बढेपछि देउराली-सिस्नेरी सडक ४ः०० बजेदेखि बन्द News Polar म्याग्दीको गिवाङक पहिरोमा पुरिएका दुई जनाको शव फेला, दुई जनाको उद्धार News Polar कालीगण्डकीको बाढीले बेनीमा कटान गर्न थाल्यो News Polar बीसौँ एसियाली खेलकुदः टेनिसमा बास्तोला र खड्काको जोडी विजयी News Polar वीरगञ्जमा अनधिकृत रूपमा राखिएका ‘होर्डिङ बोर्ड’ हटाउन सुरु News Polar नारायणीको पुलमा ठूला सवारीसाधन सञ्चालनमा रोक News Polar ४७औँ विश्व पर्यटन दिवसका अवसरमा चित्रकला प्रदर्शनी News Polar बाढी प्रभावित क्षेत्रमा सेनाद्वारा उद्धार जारी

सुन्तलाको बोट सुक्दै गएपछि चिन्तामा कृषक

सुन्तलाको बोट सुक्दै गएपछि चिन्तामा कृषक
फाईल फोटो
अ अ+ अ-

धुलिखेल । आम्दानीको मुख्य स्रोत सुन्तलाखेती रहेका यहाँका कृषक बोट सुक्दै गएपछि चिन्तित बनेका छन् । मलजल नहुनु, माटो परीक्षण नहुनु, कीरा तथा रोग लाग्नुलगायत कारणले सुन्तला कम फलेपछि किसान चिन्तित बनेका हुन् ।

काभ्रेपलाञ्चोकको धुलिखेल नगरपालिका–१२ शङ्खुफेदीका कृषक चैत्यमुनि बज्रचार्यले सुन्तलाका बोट सुक्ने र रोग लागेर कम फल्न थालेकाले आम्दानी घट्दै गएको बताउनुभयो । गत वर्षभन्दा यस वर्ष अलि बढी फले पनि मलजलको व्यवस्था, गोडमेल, माटो परीक्षण नगर्ने र कीरा लाग्ने गरेकाले कम फलेको उहाँको भनाइ थियो ।

सोही ठाउँका अर्का कृषक सन्तवीर तामाङले फल लागे पनि कीरा लागेर समस्या भएको बताउनुभयो । “सुन्तला कम फल्न थालेपछि बगैँचाभित्र ट्र्याक्टर जोतेर मकै, तोरीलगायतका अन्य बाली लगाउन थालेपछि जरा काटिएर सुक्न थालेका हुन्”, उहाँले भन्नुभयो, “खेतीको नयाँ प्रविधि र रोगको उपचार विधि सिक्न पाएमा राम्रो हुने थियो ।”

पनौती नगरपालिका–१० का कृषक मधुसुदन आचार्यले आम्दानीको मुख्य स्रोत सुन्तला खेती भए पनि भूकम्पपछिको समयदेखि कम फल्न थालेको बताउनुभयो । तीन/चार रोपनीमा खेती गर्दै आएकामा बोट सुक्दै जान थालेपछि कतिपय बोट काटेर फालेको उहाँले सुनाउनुभयो ।

“डाँडामा पहिलादेखि प्रशस्त उत्पादन हुन्थ्यो । यसकै आम्दानीबाट आर्थिक उपार्जन गर्दै आएका थियौँ । पछिल्लो समयमा खेती नै कम हुन थालेको छ”, आचार्यले भन्नुभयो, “अझ पछिल्ला वर्षमा ऐंजेरु लागेर दाना कम र मसिनो फल्ने मुख्य समस्यामा यहाँका कृषक रहेका छन् ।” स्थानीय तह र कृषि विज्ञको सल्लाहअनुसार उपचारको विधि अपनाउने र पुरानो बिरुवा निकालेर नयाँ बिरुवा रोप्ने अभियान थाले पनि रोगको चपेटामा परेर यसबाट आम्दानी लिनसक्ने अवस्था नरहेको उहाँको भनाइ थियो ।

धुलिखेल नगरपालिका–१२ मा रहेको महालक्ष्मी कृषक सहकारी संस्थाका अध्यक्ष माधव श्रेष्ठले कृषकको समस्यालाई समाधान गर्नका लागि कृषि ज्ञानकेन्द्र काभ्रेपलाञ्चोकबाट सुन्तला खेती सुधार कार्यक्रमअन्तर्गत रोगको किटाणु नाश गर्ने विधि, मोहनी पासो, भिटामिन राख्नेलगायत काम गरिएको जानकारी दिनुभयो । “यसो गर्दा केहीमात्रामा सुधार आएको थियो । आम्दानीको मुख्य स्रोत सुन्ताला खेती भएका कृषकलाई किटाणु नाश गर्ने विधि र प्रविधि दुवै सिकाउन जरुरी छ”, उहाँले भन्नुभयो ।

गत वर्षदेखि औषधि छर्ने काम गरेकाले यस वर्ष केही सुधार भएको र फल पनि लागेको श्रेष्ठले बताउनुभयो । केही सुधार आएपछि कृषकमा उत्साह जागेको भन्दै ज्ञान केन्द्रले अहिलेको अवस्थाका बारेमा अध्ययन गरी थप सुधारका लागि योजना बनाएर काम गर्नुपर्नेमा उहाँले जोड दिनुभयो ।

धुलिखेल–१२ का वडाध्यक्ष मोहन लामिछानेले कृषकको सुन्तला खेतीमा सुधार ल्याउन आर्थिक वर्ष २०७६/२०७७ देखि सुन्तला सुधारकार्यक्रमलाई अभियानका रुपमा सञ्चालन गरिएको बताउनुभयो । पछिल्लो समयमा वडा सरकारसँगको सहकार्यमा महालक्ष्मी कृषक सहकारी संस्था र गौरीशङ्कर साना कृषि सहकारी संस्थामार्फत बाली संरक्षणअन्तर्गतका कार्यक्रम सञ्चालन गरिएको उहाँले जानकारी दिनुभयो ।

वडाध्यक्ष लामिछानेले सुन्तलाका सुकेका हाँगा काट्ने, फललाई जालोले बेर्ने, औषधि छर्किने र नयाँ बिरुवा रोप्नेलगायत काम गर्दै आइएको उहाँले बताउनुभयो । व्यावसायिक कृषकले सुन्तलाका बोटको बढी स्याहार गर्ने भएकाले बगैँचा सुधार हुँदै गएको उहाँको भनाइ थियो ।

सुन्तालको खेतीबाट मनग्य आम्दानी गर्दै आएका यहाँका किसानले हरेक घरबाट रू डेढ लाखदेखि रू १५ लाखसम्म वार्षिक आम्दानी लिने गरेका जिल्लास्थित ज्ञान केन्द्रले जनाएको छ । सुन्तलाखेती नै प्रमुख स्रोत बनाएका शङ्खु, एक्लेखेत, पाटीचौर, सल्लेनीका कृषक पुराना बोट फालेर नयाँ बोट लगाउने तथा पुराना बोटलाई उपचार विधिबाट उत्पदानशिल बनाउने अभियानमा लागेका छन् । रासस