२९ आश्विन २०८३, बिहीबार Thursday, October 15, 2026
२९ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar बैंकमा साढे १२ खर्ब तरलता, उत्पादनमूलक क्षेत्रमा लगानी सुस्त News Polar कांग्रेस महाधिवेशन : मधेशी खुलातर्फ अनिल रुंगटा पहिलो स्थानमा News Polar बूढीगण्डकी बाढीः प्रभावित क्षेत्रबाट एक हजार बढीको हेलि उद्धार News Polar चार दिनमै सुनको मूल्य ८ हजारभन्दा बढीले घट्यो News Polar शिक्षा बजेटमा प्रदेशको हिस्सा बढाउने तयारी, पूर्वाधार मूल्याङ्कन सुरु News Polar करदाता प्रोत्साहन उपहार कार्यक्रममा बिल प्रविष्ट गर्ने अन्तिम म्याद असोज ३१ News Polar कांग्रेस महाधिवेशनको सम्पूर्ण मतपरिणाम आज रातिसम्म सार्वजनिक हुने News Polar उदयपुरबाट वार्षिक तीन हजार मेट्रिकटन मासु निर्यात News Polar कांग्रेस खुला केन्द्रीय सदस्यमा चिरीबाबु महर्जनको अग्रता, कुन उम्मेदवारकाे कति मत? News Polar लमजुङ कालिकाः जहाँ देशबासीको कल्याणका लागि गरिन्छ पूजा News Polar विज्ञापन बोर्डको वार्षिक प्रतिवेदन पेसः ‘डिजिटल’ विज्ञापन नियमन प्राथमिकतामा News Polar कविता: आश मरेको छैन News Polar प्राकृतिक उपचारस्थल सिङ्गा तातोपानी कुण्ड पुनःसञ्चालन News Polar वीरगञ्जमा दशैंका लागि नयाँ नोट वितरण सुरु, प्रतिव्यक्ति १८ हजार ५०० रुपैयाँ साट्न पाइने News Polar दसैँको चहलपहल बढे पनि बाजुराका किसान धान भित्र्याउन व्यस्त News Polar फर्सेका बाढीपीडितलाई दसैँको रौनकले छोएन् News Polar कर्णाली भूगोल खुला पुरुषतर्फ कांग्रेस केन्द्रीय सदस्यमा खडकबहादुर शाही निर्वाचित News Polar नवरात्रको पाँचौँ दिन आज स्कन्दमाताको पूजा–आराधना गरिँदै News Polar घिरिङ र डेढगाउँ जोड्ने कालीगण्डकीको पुल सञ्चालन News Polar शिक्षा मन्त्रालयद्वारा बजेट कार्यान्वयन र नीतिगत सुधारका लागि सातै प्रदेशमा कार्यशाला

मध्यरातमा साङ्लो मार्ने चक्करमा झण्डै अपार्टमेन्ट नै ध्वस्त

मध्यरातमा साङ्लो मार्ने चक्करमा झण्डै अपार्टमेन्ट नै ध्वस्त
सांकेतिक तस्बिर
अ अ+ अ-

एजेन्सी । जापानको कुमामोटोको चुओ वार्डमा एउटा अनौठो घटना भएको छ, जहाँ एक ५४ वर्षीय जापानी व्यक्तिले एउटा साङ्लो मार्न खोजे र संयोगवश आफ्नै अपार्टमेन्टमा विस्फोट गराए ।

यो घटना डिसेम्बर १० मध्यरातको हो । मैनीची शिम्बुनको रिपोर्ट अनुसार यो डरलाग्दो घटनाको बारेमा थाहा पाएर मानिसहरु स्तब्ध भएका छन् । त्यसयता यो घटना विश्वभर चर्चाको विषय बनेको छ ।

एक व्यक्ति आफ्नो अपार्टमेन्टमा साङ्लो देखेपछि निकै रिसाए र उनले त्यसलाई मार्न विष स्प्रे लिए । साङ्लोलाई भगाउन उनले धेरै मात्रामा स्प्रे गरे । अचम्मको कुरा, केवल एक मिनेटपछि अपार्टमेन्टमा ठूलो विस्फोट भयो, जसको कारण बालकनीको झ्याल फुट्यो । सौभाग्यवश, मानिसलाई सामान्य चोटपटक लागेको थियो, र उसको कोटात्सु (परम्परागत जापानी हिटर) नजिकै जलेको निशानहरू थिए ।

अधिकारीहरूले भने कि जापानको राष्ट्रिय उपभोक्ता मामिला केन्द्रले धेरै दुर्घटनाहरूको बारेमा जानकारी प्राप्त गरेको थियो । जहाँ बिजुलीको तार नजिकै विषादी प्रयोग गरी विष्फोट भएको थियो । कीटनाशक कम्पनीहरूले विद्युतीय उपकरण नजिकै विषादी छर्कनु खतरनाक हुने भएकाले हानि र्पुयाउने र चोटपटक लाग्ने चेतावनी समेत दिएका छन् ।

फ्लोरिडा विश्वविद्यालयका कीटविज्ञानी प्रोफेसर फिलिप कोहलरले यो खतरनाक विधिबारे चेतावनी दिएका छन् । उनले हिटर र उपकरणबाट निस्कने ग्यासको आगो नजिकै ज्वलनशील पदार्थले आगो लाग्ने खतरा औंल्याए । उनले भने, ‘कतिपय ठाउँमा तरल पदार्थ स्प्रे गर्नु निकै खतरनाक हुनसक्छ ।’