• २३ बैशाख २०८१, आईतवार
  •      Sun May 5 2024
  •   Unicode
Logo

अरबाज खानको बिहेमा छमछमी नाचे सलमान



एजेन्सी । अरबाज खान र शुरा खानको विवाह भएको छ । यो जोडीले २४ डिसेम्बरमा अर्पिता खानको घरमा विवाह गरेका थिए । अरबाजको निकाह समारोहमा धेरै बलिउड स्टारहरु सहभागी भएका थिए ।

समारोहको धेरै तस्विर र भिडियो सार्वजनिक भइसकेका छन् । तर फ्यानहरुले लामो समयदेखि प्रतिक्षा गरिरहेको भिडियो अहिले सार्वजनिक भएको छ ।

अरबाजले ५६ वर्षको उमेरमा दोस्रो विवाह गरेका छन् । मेकअप आर्टिस्ट शुरा खानसँग विवाह गरेका अरबाजले विवाहको पहिलो तस्विर शेयर गर्दै जोडीलाई हृदयदेखि माया गर्ने सबैलाई धन्यवाद दिएका छन् ।

उनीहरुको निकाह समारोहका धेरै तस्विर र भिडियोहरु बाहिर आएका छन् र अहिले सामाजिक सञ्जालमा बहुप्रतिक्षित भिडियो भाइरल भइरहेको छ ।

अरबाजको विवाहमा रविना टण्डन, रितेश देशमुखलगायत धेरै बी–टाउन स्टारहरू उपस्थित थिए । भाइको बिहेमा सलमान खानले डान्स गरेका थिए । उनको एउटा भिडियो सार्वजनिक भएको छ, जसमा उनी शुरासँग नाचिरहेको देख्न सकिन्छ । सलमानले ‘दिल दिए गल्ला’ र ‘तेरे मस्त, मस्त दो नैन’ मा शूरा, अरहान र अन्यसँग नृत्य गरेका थिए । सलमानको नृत्यमा सबैले ताली बजाए ।

अरबाजले मलाइका अरोरासँग १९९८ मा विवाह गरेका थिए । करिब १९ वर्षपछि दुवै अलग भए । मलाइकासँग अलग भएपछि अरबाज लामो समयसम्म जर्जिया एन्ड्रियानीसँग जोडिएका थिए । जर्जियापछि अरबाजले शुरालाई डेट गरे । फिल्मको सेटमा दुवैको मित्रता भयो र त्यहीँबाट उनीहरुको प्रेम बस्यो ।