५ असार २०८३, शुक्रबार
,
Latest
नेपालमा ढिला प्रवेश भयो मनसुन लेबनानमा इजरायली आक्रमणमा परी ४७ जनाको मृत्यु, ९७ घाइते इजिप्टमा आइतबार अमेरिका–इरान युद्धका मध्यस्थकर्ताबीच छलफल हुने इरानसँगको सम्झौताले नागरिकको अधिकारको मुद्दालाई सम्बोधन नगरेको विज्ञको भनाइ सामूहिक आवासका लागि पाँच करोड विनियोजन नेपाल राष्ट्र बैंकद्वारा तलब भत्तासम्बन्धी मार्गदर्शन जारी ठूलो र चर्को ध्वनि निकाल्ने एक हजार ३२९ मोटरसाइकल कारबाहीमा हेटौँडाका उद्योगबाट चार करोड बक्यौता संकलन रास्वपा प्रथम महाधिवेशनः उच्च प्राथमिकतामा सुरक्षा रसुवा भन्सारमा ईभी जाँचपास अनियमितता : १३ कर्मचारी निलम्बित, आयातकर्ता कम्पनीमाथि कारबाही प्रक्रिया
तपाईं के खोज्दै हुनुहुन्छ ?

राष्ट्रिय खाद्य बैंक द्वारा लोकन्थलीमा ‘रैथाने खाद्यान्न मार्ट’ सञ्चालन



अ+ अ-

काठमाण्डौ । राष्ट्रिय खाद्य बैंक लिमिटेडद्वारा सञ्चालित एकमात्र रैथाने विविध खाद्यान्न स्टोर ‘आर.के.बि.मार्ट’ थप व्यवस्थित गरि मध्यपुर थिमि नगरपालिका वडा नं १ स्थित, आँखा अस्पताल नजिक दिव्यश्वरी प्लानिङ्ग लोकन्थली (लौहकिल्थली), भक्तपुरमा शुरु गरिएको छ ।

यसअघि जडिबुटी तरकारी बजार पारी झोलुंगे पुल नजिकै रहेको सो मार्ट आइतबारदेखि नयाँ व्यवस्थापनका साथ दिव्यश्वरी प्लानिङ्गको सार्वजनिक वाटिका (पार्क) अगाडि स्थापना गरिएको हो ।

सो मार्टमा देशभरी रैथाने प्रविधि, वीऊवीजन र प्रांगारिक मलको प्रयोग गरि खेती गरेर उत्पादित विशुद्ध प्रांगारिक र रैथाने खाद्यवस्तु मात्रै विक्री वितरण हुने सो बैंकका प्रवन्ध निर्देशक रामशरण देउजाले बताए । मार्ट हरेक दिन विहान ९ बजेदेखि साँझ ६ बजेसम्म सञ्चालन हुँदै आएको छ ।

दैनिकरुपमा हरेक घरको भान्छामा प्रयोग हुने चामलदेखि दाल, गेडागुडी, तेल, घिउलगायत खाद्यान्न खाद्य बैंकले नेपालका विभिन्न ठाउँमा उत्पादनको साथै संकलन गरेर ल्याउने गरेको बैंकका कार्यकारी अध्यक्ष शंकरनाथ उप्रेतीले बताए ।

‘खाद्य बैंकले लोकन्थलीमा सञ्चालन गरेको मार्टमा विक्री गरिने खाद्यान्न शतप्रतिशत रैथाने र प्रांगारिक हुन्छ’—शुद्धताको ठोकुवा गर्दै कार्यकारी अध्यक्ष उप्रेतीले भने ।

विभिन्न विषादि र मल प्रयोग गरि उत्पादन गरि विक्री वितरण गरिएका खाद्यान्नबाट प्रायजसो उपभोक्तामा मुटु, क्यान्सर, मिर्गाैलालगायत रोगको संक्रमण बढ्न थालेपछि खाद्य बैंकले आम उपभोक्ताको स्वास्थ्यलाई मध्यनजर गर्दै विशुद्ध प्रांगारिक र रैथाले खाद्यान्नको उत्पादन र सरल बजारीकरणमा जोड दिँदै आएको प्रवन्ध निर्देशक देउजाले बताए ।

मार्टमा आउने ग्राहकको चाहना र माग बमोजिम बैंकले आगामी दिनमा राजधानीका अरु ठाउँमा पनि मार्टको शाखा विस्तार गरिने पनि उनले बताए ।