१७ भाद्र २०८३, बुधबार
,
Latest
घट्न सकेन किशोरी आमा बन्नेक्रम बगैँचामा स्याउ लटरम्म, किसानलाई बजारको चिन्ता ‘स्थलगत अध्ययन नगरी पञ्चकुण्ड हिमताललाई जोखिमयुक्त भन्न मिल्दैन’ यस्तो छ आज कालीमाटीमा कृषिउपजको थोक मूल्य भोटेकोशी बाढी प्रभावित क्षेत्रमा अपराह्नपछि मध्यम वर्षाको सम्भावना : जल तथा मौसम विज्ञान विभाग भारतको उत्तर प्रदेशस्थित पटाका कारखानामा भीषण विष्फोटः ११ जनाको मृत्यु, १८ भन्दा बढी घाइते वर्षा र पहिरोका कारण अवरुद्ध छन् यी राजमार्ग भोटेकोशी बाढीः बाँकेमा सहयोग जुट्दै चङ्खेलीले जुटायो बाढी पीडितलाई राहत अर्घाखाँची सिमेन्टद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा छ लाख ७५ हजार सहयोग
तपाईं के खोज्दै हुनुहुन्छ ?

निलम्बन फुकुवा माग गर्दै कोइरीले दिए संसद सचिवालयमा निवेदन



अ+ अ-

काठमाडौं । नेकपा एमालेका सांसद लक्ष्मी महतो कोइरीले निलम्बन फुकुवा माग गर्दै संघीय संसद सचिवालयमा निवेदन दिएका छन् ।

अदालतले हत्या आरोपमा कोइरीलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएपछि फरार रहेका कारण उनलाई संसदबाट निलम्बन गरिएको थियो ।

मंसिर २८ मा महोत्तरी जिल्ला अदालतले  सफाइ दिएपछि सांसद कोइरीले आफ्नो निलम्बन फुकुवासहित अहिलेसम्मको सेवा सुविधा माग गर्दै संघीय संसद सचिवालयमा पत्र लेखेका हुन् । संघीय संसदका कार्यबाहक महासचिव पदमप्रसाद पाण्डेयले सांसद कोइरीको पत्र प्राप्त भएको जानकारी दिए ।

महोत्तरी–१ बाट निर्वाचित कोइरीलाई मधेश आन्दोलनमा सशस्त्र प्रहरी बलका असई थमन बिकको हत्या आरोप लगाईएको थियो ।