११ आश्विन २०८३, आईतवार Sunday, September 27, 2026
११ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar सुस्ताका सबै नागरिकलाई नारायणीवारि ल्याइयो News Polar विपदबाट चार दिनमा १५ जनाको मृत्यु News Polar पर्यटन विकासका लागि अन्तरमन्त्रालय समन्वय आवश्यक छ : पर्यटनमन्त्री पौडेल News Polar अविरल वर्षापछिको काठमाडौंः बादल फाट्यो, हिमाल खुले News Polar रास्वपाले सांसदका स्वकीय सचिवलाई गर्‍यो अभिमुखीकरण News Polar विश्वव्यापी जलवायु परिवर्तनलाई मध्यनजर गर्दै पर्यटन क्षेत्रको सुरक्षा मापदण्ड परिमार्जन गर्न आवश्यकः जलवायु विज्ञ दाहाल News Polar पर्यटन क्षेत्र मुलुकको आर्थिक समृद्धि र उद्यमशीलताको महत्वपूर्ण आधारःसचिव सुवेदी News Polar अनुगमनमा रोक लगाएपछि प्रहरीप्रति मानव अधिकार आयोगको आपत्ति News Polar वर्षा रोकिएपछि पनि पहिरोको जोखिम कायमै, अवरुद्ध सडक खुलाउन २५० भन्दा बढी उपकरण तयारी अवस्थामाः प्राधिकरण News Polar अविरल वर्षा र बाढीपहिरोमा १२ जनाको मृत्यु, ७ जना बेपत्ता News Polar भोटेकोशी–त्रिशूली बाढीबाट वागमतीको पर्यटन क्षेत्रमा ५२ अर्बभन्दा बढीको क्षति News Polar नारायणीको जलसतह हालसम्मकै उच्च News Polar वर्षापछि आकाश खुलेसँगै काठमाडौं उपत्यकाको मौसम-फोटो फिचर News Polar लालबकैया नदीमा आएको बाढीले मौलापुरको तटबन्ध जोखिममा News Polar पहिरोले अवरुद्ध मध्यपहाडी लोकमार्ग सञ्चालन News Polar महाकालीमा पानीको बहाव बढ्यो, आवागमन प्रभावित News Polar कुलेखानीमा जलसतह बढेपछि देउराली-सिस्नेरी सडक ४ः०० बजेदेखि बन्द News Polar म्याग्दीको गिवाङक पहिरोमा पुरिएका दुई जनाको शव फेला, दुई जनाको उद्धार News Polar कालीगण्डकीको बाढीले बेनीमा कटान गर्न थाल्यो News Polar बीसौँ एसियाली खेलकुदः टेनिसमा बास्तोला र खड्काको जोडी विजयी

केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयकमाथि सबै सांसदसँग एकैपटक छलफल गरिने

केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयकमाथि सबै सांसदसँग एकैपटक छलफल गरिने
अ अ+ अ-

काठमाडौँ । कानून, न्याय तथा मानव अधिकार समितिले केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयकमाथि संशोधन हाल्ने सबै सांसदहरुसँग एकैपटक छलफल गर्ने भएको छ ।

कानून, न्याय तथा मानव अधिकार समितिको बैठक आईतवार (आज) राखिएको थियो । आजको बैठकमा केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयकको सम्बन्धमा संशोधन प्रश्तावकर्ता सांसदहरुसँग छलफल गर्ने कार्यसूचि रहेको थियो । सोहीअनुरुप संशोधनकर्ता केही सांसदहरुलाई बोलाइएको पनि थियो । तर बैठकमा उपस्थित संशोधनकर्ता सांसदहरुले सबै संशोधनकर्ता सांसदहरुको सामुहिक उपस्थितिमा संशोधनमाथि छलफल गर्नुपर्ने आग्रह गरेपछि बैठक स्थगित भएको हो ।

समिति सभापति विमला सुवेदीले समिति सदस्यहरुको आग्रह बमोजिम आगामी बैठक पुष १६ गते बिहान ११ बजे बस्नेगरी बोलाइएको जानकारी गराउनु भयो । उहाँले आगामी बैठकमा विधेयकमाथि संशोधन प्रश्ताव राख्ने सबै सांसदहरुलाई बोलाइने बताउनु भयो । सभापति सुवेदीले आजको बैठकमा ६२ जना संशोधनकर्ताहरुमध्ये ५६ जनालाई खबर गरिएको भएपनि त्यसमध्ये १९ जनाले बैठकमा उपस्थिति जनाउने प्रतिवद्धता जनाएअनुरुप बैठक राखिएको पनि उल्लेख गर्नुभयो । आगामी बैठकका लागि समितिले संशोधनकर्ताहरुलाई फोनसँगै म्यासेज पनि गर्ने उहाँको भनाई छ ।

बैठकमा नेकपा(एमाले)का सांसद रघुजी पन्तले सबै संशोधनकर्ताहरुलाई एकैपटक बोलाएर संशोधन प्रश्तावमाथि छलफल गर्नुपर्ने बताउनु भयो । उहाँले आफुहरु सबै संशोधनकर्ताहरुको कुरा सुन्न चाहेको बताउनु भयो । उहाँले सबैलाई एकैपटक नबोलाएर प्रतिनिधि सभा नियमावलीको अधिकार कुण्ठित गरिएको बताउनु भयो ।

स्वतन्त्र सांसद अमरेशकुमार सिंहले केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयकमार्फत एकै पटक ४०/५० वटा ऐन संशोधन गर्नु राज्य प्रतिको डकैती भएको बताउनु भयो । केही संशोधनकर्ताहरुलाई मात्रै बोलाएर संशोधनउपर छलफल गर्नु प्रक्रियागत त्रुटी भएको भन्दै उहाँले सबैलाई एकै पटक बोलाएर प्रक्रियागत रुपमा बैठक राख्नुपर्ने बताउनु भयो ।

राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद गणेश पराजुलीले विधेयकमा सत्तापक्षका सांसदहरुले समेत संशोधन हालेका भन्दै सत्तापक्षिय सांसदहरु कुन कित्तामा उभिन्छन् आफूहरुले बैठकमै हेर्न चाहेको बताउनु भयो । उहाँले पनि सबैलाई एकै पटक बोलाएर छलफल गर्नुपर्नेमा जोड दिनुभएको थियो ।

नेकपा(एमाले)की सांसद प्रतिक्षा तिवारीले पनि सबै संशोधनकर्ता सांसदहरुलाई सामुहिक रुपमा बोलाउनुपर्ने धारणा राख्नुभएको थियो ।

नेपाली काँग्रेसका प्रमुख सचेतक रमेश लेखकले सबै संशोधनकर्ता सांसदहरुको उपस्थितिमा बैठक राख्नुपर्ने सांसदहरुको धारणा जायज रहेको बताउनु भयो । उहाँले पनि बैठक आगामी दिनमा संशोधनकर्ताहरुलाई संयुक्त रुपमा बोलाएर गर्नुपर्ने बताउनु भयो ।

जनता समाजवादी पार्टी नेपालकि सांसद रञ्जुकुमारी झाले सबै संशोधनकर्ता सांसदहरुलाई एकै पटक बोलाउनुपर्ने तर अर्को पटक नबोलाउने धारणा राख्नुभयो । संशोधनकर्ताहरु एकै पटक बसेर छलफल गर्नुपर्ने उहाँको पनि धारणा रह्यो ।

बोल्ने सबै सांसदहरुले सबै संशोधनकर्ताहरु एकै पटक उपस्थित भएर छलफल गर्नुपर्ने धारणा राखेपछि समितिको बैठक एक हप्तापछि धकेलिएको हो ।