• ९ जेष्ठ २०८१, बुधबार
  •      Wed May 22 2024
  •   Unicode
Logo
Latest
★   गृहमन्त्री लामिछानेमाथि छानबिन गर्न राप्रपाको माग ★   पृथ्वीको तापक्रम १.५ डिग्री माथि बढ्न नदिन सबैको पहल आवश्यक ★   श्रीराम चिनी मिलको समस्या समाधान गर्न कार्यदल ★   गृहमन्त्री र महान्यायाधिवक्ताविरुद्ध रिट दर्ता गर्न सर्वोच्चको आदेश ★   सन्दीपलाई लिएर क्यान सचिव पारस अमेरिकी दूतावासमा ★   राज्यका निकायप्रति नागरिकको विश्वास बढाउन सकिएन स्वतः बढ्ने निरासाले आक्रोश जन्माउँछ: गृहमन्त्री लामिछाने ★   बङ्लादेशमा चिकित्सा शिक्षा पढ्ने विद्यार्थीको सूची हेरफेरसम्बन्धी समस्या समाधान ★   सन्दीपले अमेरिकी दूतावासबाट भिसा पाएनन् ★   स्वास्थ्यमन्त्री यादवद्वारा वीर अस्पतालमा छड्के अनुगमन ★   टिप्ताला नाका खुलाउने तयारी

मुलुकको विकास र समृद्धिका लागि एमालेको विकल्प छैन: शंकर पोखरेल



काठमाडौँ । नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले मुलुकको विकास र समृद्धिका लागि एमालेको विकल्प नभएको बताउनुभएको छ ।

शनिवार ललितपुरको च्यासलस्थित तुलसीलाल स्मृति प्रतिष्ठान भवनमा आयोजित पार्टीको वागमती प्रदेश सम्पर्क कमिटीको दोस्रो अधिवेशन उद्घाटन गर्दै उहाँले सो दाबी गर्नुभएको हो ।

महासचिव पोखरेलले मुलुकको विकास र समृद्धिको यात्रालाई वर्तमान सरकारले अवरुद्ध पारेकाले पनि त्यसलाई सुचारु गराउन एमालेलाई रोज्न पनि सबैलाई आह्वान गर्नुभयो । उहाँले वर्तमान सरकारलाई स्वार्थ गठबन्धनको संज्ञा दिँदै नीतिगत श्रेष्ठताका आधारमा मुलुकको नेतृत्व गर्न राजनीतिक धुव्रीकरण गर्नुपर्ने आवश्यक्ता औंल्याउनु भयो । महासचिव पोखरेलले मुलुकलाई बनाउने हो भने नयाँ राजनीतिक धु्रविकरण अपरिहार्य रहेको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘अब स्वार्थहरुको गठबन्धन होइन, नीतिगत श्रेष्ठताका आधारमा राजनीतिक नेतृत्व गर्ने परिवेशको निर्माण गर्नुपर्दछ । त्यसका लागि अव हामीले राजनीतिक ध्रुवीकरणको बाटो तय गर्नुपर्दछ । म तपाईहरुलाई भन्न चाहन्छु–राजधानीमा आउने जुनसकै पार्टीका मान्छे भएपनि अब तपाईहरुले बुझ्नुपर्दछ । देश जोगाउने हो भने, स्वाधिनता बलियो बनाउने हो भने एमाले रोज्नु पर्दछ भनेर भन्न सक्नुपर्दछ । हिजो को कहाँ थियो भन्ने कुरालाई अब बिर्सिदिऊँ । देश बनाउने हो भने अब राजनीतिक धुब्रीकरण अपरिहार्य छ । हरेक राजनीतिक दलका नेता, कार्यकर्ताहरुको बीचमा पुग्नुस् । देश जोगाउने हो भने एमाले चाहिन्छ । एमाले रोज्नुपर्दछ भनेर अभियान चलाउनुस् । देशको स्वाधिनता, स्वाभिमान, राष्ट्र हितको पक्षमा एमाले सदैव खरो उत्रिएको छ । चाहे हामीले नाकाबन्दीको सामनाको कुरा गरौं, चाहे नयाँ नक्सा प्रकाशित गर्ने कुरा गरौं । चाहे हामीले चीनसँग व्यापार, पारवहनको कुरा गरौं । चाहे भारतसँग नुसुल्झिएका समस्या सुल्झाउने कुरामा नेतृत्व गरेको कुरा गरौं । वा अन्तराष्ट्रिय फोरमहरुमा जनताको पक्षमा, मानवताको पक्षमा हामीले उठाएका आवाजहरुको कुरा गरौं । एमाले जस्तो अरु कुनै पार्टीले राष्ट्रिय हितको एजेण्डालाई, मानवताको एजेण्डालाई उठाउन सक्दैन । त्यो सामथ्र्य एमालेसँग मात्रै छ भन्ने कुरालाई जनताको बीचमा लिएर गएर जनमतलाई ध्रुविकरण गर्ने काम गरौं ।

अर्को कुरा तपाईहरुलाई भन्न चाहन्छु–जनताले विकास खोजेको छ । परिवर्तन खोजेको छ । नेकपा एमालेले समृद्ध नेपाल: सुखी नेपालीको राष्ट्रिय आकांक्षाको नेतृत्व गर्न चाह्यो । आज यो यात्रा अवरुद्ध छ । चाहे हामीले सामाजिक विकासका क्षेत्रमा गर्नं खोजेका कामहरु हुन । चाहे पूर्वाधार विकासको क्षेत्रमा गर्न खोजेको कामहरु हुन् । हामीले सांस्कृतिक क्षेत्रमा गर्न खोजेका कामहरु हुन । यी सबै कामहरु रोकिएका छन । जबसम्म ती कामहरुलाई हामी अगाडि बढाउन सक्दैन, तबसम्म मुलुक बन्न सक्दैन । मुलुकु बनाउने हो भने आर्थिक–सामाजिक विकास र रुपान्तरणको कामलाई तिब्रता दिनै पर्दछ । त्यो कामको नेतृत्व एमाले बाहेक अरु कुनै पार्टीले गर्न सक्दैन । २ वर्ष हामीले खेर फालिसकेका छौं । अब धेरै समय खेर फाल्न सकिदैन । त्यस अर्थमा अब हामीले भन्न सक्नुपर्दछ–विकास र समृद्धिका लागि मुलुकमा एमालेनै चाहिन्छ । तपाई विकास र समृद्धिको पक्षमा हुनुहुन्छ भने आउनुहोस् एमालेमा भनेर आह्वान गर्न सक्नुु पर्दछ । एमालेलाई बलियो बनाउनु पर्दछ ।’

महासचिव पोखरेलले सरकारले अवैधानिक आर्थिक चलखेल गरेकाले बैंकहरुले ब्याजदर बढाउनु परेको जिकिर समेत गर्नुभयो ।