२८ मंसिर २०८२, आईतवार
,
Latest
पर्यटन सबलीकरणका सूत्र यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर तुलसीमान श्रेष्ठ लोक साहित्य सम्मान-२०८२ डा.राजुबाबु श्रेष्ठलाई प्रदान विभिन्न कार्यक्रमका साथ संसद् सेवा दिवस मनाइँदै एमाले महाधिवेशन: आजबाट बन्दसत्र भृकुटीमण्डपमा शुरु हुँदै एमाले महाधिवेशनः सांस्कृतिकदेखि आन्तरिक पर्यटन प्रवर्द्धनमा सहयोग मेस्सी एक्कासी बाहिरिएपछि समर्थकद्वारा भारतीय रंगशालामा तोडफोड कांग्रेसभित्र प्रजातन्त्र सेनानीको अनुभव प्रयोगको खाँचो छ: डा कोइराला ८५ हेक्टर क्षेत्रफलमा चैते धानखेती विस्तार गरिँदै होटेलमा लुकाइ राखिएको पेस्तोल पड्किँदा एक जना घाइते
तपाईं के खोज्दै हुनुहुन्छ ?

एउटा मानिसको लागि सबैभन्दा रुचीको विषय अर्को मानिस हो: महानायक हमाल



अ+ अ-

काठमाडौँ । महानायक राजेश हमालले एउटा मानिसको लागि सबैभन्दा रुचीको विषय अर्को मानिस भएको बताउनुभएको छ ।

शुक्रवार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले हरेक मानिसले आफ्नो भन्दा अर्को मानिसले गरेका क्रियाकलापहरुमा बढी चासो दिने बताउनु भयो । उहाँले हरेक मानिसहरुले अर्को मानिसलाई केन्द्रबिन्दुमा राखेर आफ्ना क्रियाकलाप र कामहरु गर्ने बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘एउटा मानिसको सबैभन्दा रुचीको विषय अर्को मानिस हो । अन्य क्रियाकलाप जुन हामी गरिरहेका छौँ, किन भन्दा त्यहाँ अर्को मानिस छ । त्यहाँ समाज छ । त्यसकारण हाम्रो केन्द्रबिन्दुमा आउने भनेको अर्को व्यक्ति हो । समाज हो । अर्को व्यक्तिले के गर्छ, के भन्छ, जुन जीवन हामी जिइरहेका छाँै, अर्को व्यक्तिले त्यो जीवन कसरी जिरहेको छ । जुन जीवनलाई हामीले हाम्रो भावना, दृष्टिकोण छ, अर्को व्यक्तिको भावना र दृष्टिकोण कस्तो छ भन्नेकुराले सार्थकता दिइरहेको छ ।’

महानायक हमालले हरेक व्यक्तिको अभिव्यक्तिले मानिसको जीवनको भावनाको सार्थकता पाउने बताउनु भयो ।