१२ श्रावण २०८३, मंगलवार
,
Latest
सुनसरीमा हट्यो कर्फ्यु विद्यालयको आवासीय कोठामा शिक्षिकाको शव फेला, श्रीमान् सम्पर्कविहीन पुरन्धरा झरनाः जङ्गलको काखमा झरेको सुन्दरता, पर्यटकको बढ्दो आकर्षण लमजुङ र मनाङका जनप्रतिनिधिबाट डुम्रे–बेसीशहर–चामे सडकको संयुक्त अनुगमन झापामा घरेलु तथा साना उद्योगबाट दुई करोड ४१ लाख राजस्व संकलन काँकरभिट्टाबाट गत आवमा साढे नौ हजार विदेशी पर्यटक भित्रिए दार्चुलामा मध्य चमेलिया जलविद्युत् आयोजना निर्माण हुने अवैध काठ र ढुङ्गा ओसार्ने ट्याक्टर प्रहरी नियन्त्रणमा असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने प्राधिकरणको प्रष्टोक्ति बागमती, गण्डकी र कर्णाली प्रदेशको केही स्थानमा भारी वर्षाको सम्भावना
तपाईं के खोज्दै हुनुहुन्छ ?

गण्डकीको पहिलो जित, कर्णालीको लगातार दोस्रो हार



अ+ अ-

काठमाडौँ । प्रधानमन्त्री कप महिला टि२० राष्ट्रिय क्रिकेट प्रतियोगितामा गण्डकी प्रदेशले कर्णाली प्रदेशलाई ४४ रनले हराएको छ ।

जितको लागि १ सय ४२ रनको विशाल विजयी लक्ष्य पाएको कर्णालीले २० ओभरमा ६ विकेट गुमाउँदै मात्र ९७ रन बनायो ।

कर्णालीको लागि गौरी बोहराले सर्वाधिक २६ रन बनाइन् । ओपनर यमुना थारुले २१ र तृर्सना विश्वकर्माले १९ रन बनाउदा अन्य कुनैपनि ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन् ।

गण्डकीको लागि रचना चौधरीले २ विकेट लिइन् । सुमन खतिवडा र ज्योत्स्निका मरासिनीले समान एक एक विकेट लिइन् ।

त्यसअघि माथिल्लो मुलपानी क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ गरेको गण्डकी प्रदेशले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १ सय ४१ रन बनाएको थियो । गण्डकीका दुई ब्याटरले अर्धसतक बनाएका थिए । ओपरन अञ्जली विश्वकर्माले ४८ बलमा आठ चौका प्रहार गर्दै ५१ रनको योगदान दिईन्। यस्तै, ज्योत्सनिका मरासिनीले ४० बलमा एक छक्का र पाँच चौकाको सहयोगमा ५० बनाईन् । सुमन खतिवडाले २२ रन बनाइन् ।

कर्णाली प्रदेशले अतिरिक्त १५ रन दिएको थियो । कर्णालीका बलर यमुना थारु र अञ्जु गुरुङले समान दुई–दुई विकेट लिँदा रश्मी खड्काले एक विकेट लिईन् ।

कर्णाली पहिलो खेलमा कोशीसँग १० विकेटले पराजित भएको थियो । त्यस्तै गण्डकी पहिलो खेलमा लुम्बिनीसँग ४ विकेटले पराजित भएको थियो । अब आइतबार कर्णालीले मधेशसँग टियुमा र गण्डकीले बागमतीसँग मुलपानीमा खेल्नेछ ।