• ४ जेष्ठ २०८१, शुक्रबार
  •      Fri May 17 2024
  •   Unicode
Logo
Latest
★   मौद्रिक नीति समीक्षा : सवारी कर्जाको जोखिमभार घट्यो,घरजग्गा कर्जामा राष्ट्र बैंक लचक ★   कांग्रेसले तयारीका लागि समय मागेपछि संसद् बैठक बस्न ढिलाइ ★   प्रतिपक्ष दलको बैठक बानेश्वरमा सुरु ★   ‘पुजार सार्की’मा आर्यन: विगतभन्दा ‘टफ’ भूमिका, लुक्समा आफ्नै पिताको नक्कल ★   संसदभित्रै सांसदले सारी तानेपछि… ★   सदनको गतिरोध हटाउन सभामुख र प्रमुख सचेतकबिच छलफल जारी ★   घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार? ★   सिंहदरबारमा प्रचण्ड, ओली र रवि छलफलमा ★   विपक्षी दलहरुको बैठकमा बोलाइएपछि माधव नेपाल संकटमा ! ★   कांग्रेसले बोलायो विपक्षी दलहरुको संयुक्त बैठक, माधव नेपाललाई पनि निम्तो

धनुषामा पाँच वर्षीया बालिकाको बलात्कारपछि हत्या, दुई जना पक्राउ



धनुषा। धनुषामा पाँच वर्षीया बालिकाको हत्या गरिएको अवस्थामा शव फेला परेको छ । घटनाको प्रकृति हेर्दा बलात्कार गरी हत्या गरिएको जस्तो देखिएको प्रहरीले जनाएको छ ।

जिल्लाको सबैला नगरपालिका–९ कुसमाहामा पाँच वर्षीया बालिकाको जबर्जस्ती करणी गरी घाँटी थिचेर मारेको अवस्थामा शव फेला परेको धनुषाका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक अवालेले जानकारी दिनुभयो । पाँच वर्षीया बालिका रेखा यादवलाई जबर्जस्ती करणी गरेर घाँटी थिची हत्या गरेर खाल्डोमा फालेको अवस्थामा बिहीबार राति शव फेला परेको उहाँको भनाइ थियो ।

बुधबार राति करिब ९ बजे गाउँकै कुनै छिमेकीको मटकोरमा गएकी बालिका अबेर रातिसम्म घर नफर्केपछि बालिकाका अभिभावकले प्रहरीलाई जानकारी गराएका थिए । बालिका हराएको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरीले खोजी गर्ने क्रममा बिहीबार राति सबैला–९ स्थित खाल्डोमा ती बालिकाको शव फेला पारेको प्रहरी नायब उपरीक्षक अवालेले जानकारी दिनुभयो ।

अनुसन्धानका क्रममा घटनामा संलग्न दुईजना युवकलाई पक्राउ गरी सोधपुछ गर्दा उनीहरूकै संलग्नतामा ती बालिकालाई बलात्कारपश्चात घाँटी थिचेर हत्या गरेको खुल्न आएको प्रहरीले जनाएको छ । घटनामा संलग्न दुवै जनाको नाम प्रहरीले गोप्य राखे पनि उनीहरू क्रमश: ३६ र २५ वर्षका स्थानीय युवक रहेको बताइएको छ ।

उनीहरूमाथि जबर्जस्ती करणी तथा ज्यानसम्बन्धी कसुरमा मुद्दा दर्ता गरी आवश्यक थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । रासस