२० मंसिर २०८२, शनिबार
,
Latest
गण्डकी प्रदेशको हिमाली भेगमा हल्का वर्षा/हिमपातको सम्भावना यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर चिसो बढेसँगै माथिल्लो मुस्ताङको जनजिवन प्रभावित काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली निर्वाचन गराउन सबै हिसाबमा आयोग तयार छः कार्यबाहक प्रमुख आयुक्त भण्डारी निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन सुनकोशीमा हाम फालेका एक जना तीन दिनदेखि बेपत्ता अन्तरराष्ट्रिय सम्बन्धलाई सन्तुलित बनाउनुपर्छ : पूर्वप्रधानमन्त्री नेपाल दाताको सहयोगमा बालबालिकालाई कम्प्युटर शिक्षा बाल उद्धार अभियान नेपालको आयोजनामा बक्तृत्वकला प्रतियोगिता सम्पन्न
तपाईं के खोज्दै हुनुहुन्छ ?

धोनीको ७ नम्बरको जर्सी रिटायर्ड



अ+ अ-

एजेन्सी । भारतीय पूर्व क्रिकेट कप्तान महेन्द्र सिंह धोनीको आइकोनिक ७ नम्बरको जर्सी रिटायर्ड भएको छ ।

दुई पटकका विश्वकप विजेता कप्तान धोनीको ७ नम्बर जर्सी अब कुनै पनि भारतीय क्रिकेट खेलाडीका लागि उपलब्ध नहुने भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआई) ले जनाएको छ ।

धोनीले अन्तर्राष्ट्रिय क्रिकेटबाट संन्यास लिएको करिब तीन वर्षपछि बीसीसीआईले यो निर्णय गरेको हो । धोनीले सन् २०२० को अगस्त १५ मा संन्यास लिएका थिए । उनले सन् २०१४ मा टेष्टबाट संन्यास लिएका थिए ।

यसअघि भारतका लिजेण्ड खेलाडि सचिन तेन्दुलकरको १० नम्बरको जर्सी सन् २०१७ मा रिटायर्ड गरिएको थियो ।

बीसीसीआईले डेब्यु गर्ने खेलाडीहरुलाई पनि ७ नम्बर र १० नम्बर बारेको सूचना दिइसकेको छ । बीसीसीआईले खेलमा उनको योगदानको लागि धोनीको टी-सर्ट रिटायर गर्ने निर्णय गरेको हो ।

धोनीले आफ्नो कप्तानीमा सन् २००७ मा टी–२० विश्वकप र सन् २०११ मा एक दिवसीय विश्वकप जिताएका थिए ।