४ पुष २०८२, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

देशभर थप ८९ जनामा कोरोना संक्रमण पुष्टि, मृत्यु शून्य



अ+ अ-

काठमाडौं । नेपालमा थप ८९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा २ हजार १ सय १ पीसीआर परीक्षण गर्दा उक्त संख्यामा कोरोना संक्रमण पाइएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको हो । 

योसँगै हालसम्म मुलुकभर २ लाख ७६ हजार ८ सय ३९ जनामा कोरोना संक्रमण देखिएको छ । यस्तै २ लाख ७२ हजार ५ सय ३० संक्रमित उपचारपछि निको भएका छन् । मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ९५ संक्रमित निको भएका छन् । 

आइतवार कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या शून्य छ । हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ३ हजार २७ जना पुगेको छ ।