• ३१ बैशाख २०८१, सोमबार
  •      Mon May 13 2024
  •   Unicode
Logo

एकैदिन दुई हजार आठ सय रूपैयाँले बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार?



काठमाडौँ । साता कारोबारको पहिलो दिनदेखि लगातार घट्दो क्रममा रहेको सुनको मूल्य आज बिहिबार बढेको छ । आज सुनको मूल्य एकैपटक प्रतितोला दुई हजार आठ सय रूपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

आज छापावाल सुन प्रतितोला एक लाख १८ हजार आठ सय रूपैयाँमा कारोबार भईरहेको छ । बुधबार छापावाल सुन प्रतितोला एक लाख १६ हजार रूपैयाँमा कारोबार भएको थियो ।

यस्तै, आज तेजाबी सुन प्रतितोला एक लाख १८ हजार दुई सय ५० रूपैयाँमा कारोबार भइरहेको छ । हिजो उक्त सुन प्रतितोला एक लाख १५ हजार चार सय ५० रूपैयाँमा कारोबार भएको थियो ।

त्यसैगरी आज चाँदीको मूल्य पनि बढेको छ । आज चाँदी प्रतितोला ५५ रुपैँयाले बढेर एक हजार चार सय ५५ रूपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।