२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
अभिनेता हमालले भने: ‘सीमापार अतिक्रमण’ र ‘राज्य–प्रायोजित भू–अतिक्रमण’ अलग विषय हाे निजी क्षेत्र बिना १० वर्षमा ३० हजार मेगावाट बिजुली उत्पादनको लक्ष्य पूरा गर्न असम्भवः गणेश… कानून बनाएर मात्र न्यायधीशहरूको सम्पत्ति छानविन गरिनुपर्छ,नत्र प्रत्युत्पादक हुन्छः पूर्वप्रधानन्यायाधीश पराजुली प्रतिनिधिसभा सदस्य निर्वाचनलाई विश्वले अध्ययन गर्न लायक थियोः पूर्वप्रधानमन्त्री कार्की जनतासँगको सम्बन्ध पुनः मजबुत बनाउन आत्मसमीक्षा आवश्यक छ: महासचिव पोखरेल घट्यो सुनचाँदीको मूल्य वातावरण संरक्षणका लागि सामूहिक प्रयास अपरिहार्य छः नेता आङदेम्बे लोकतन्त्रमा पदसोपानभन्दा कार्यक्षमता र सिर्जनशीलता मुख्य विषयः पूर्वमन्त्री अर्याल दैनिक १० कार्यालयमा छड्के अनुगमन, ६ हजार ७१० कर्मचारीले कार्यालय समय पालना नगरेको खुलासा काठमाडौँ उपत्यकाका अस्पतालमा स्वास्थ्य सेवा अनुगमन सुरु
तपाईं के खोज्दै हुनुहुन्छ ?

बारम्बार अवसर पाएकाहरुलाई राष्ट्रिय सभामा सहभागी गराउनु हुँदैनः नेता घिमिरे



अ+ अ-

काठमाडौँ । नेपाली काँग्रेसका नेता गुरुराज घिमिरेले पटक पटक अवसर पाएकाहरुलाई राष्ट्रिय सभामा सहभागी गराउनु नहुने बताउनुभएको छ ।

बुधवार शेखर—गगन समूहको बैकठमा सहभागी भइ बाहिरिने क्रममा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले पटक पटक अवसर पाइसकेकाहरुको मूल्यांक भइसकेको र उनीहरुबाट कुनै राम्रो काम नभएको भन्दै अब नयाँलाई अवसर दिनुपर्ने बतउनु भयो । उहाँले राजनीतिक जागिर खाएजस्तो कार्य सम्पादन गर्नेहरुलाई राष्ट्रिय सभा सदस्य बनाउन नसक्ने कुरा शेखर समूहका नेतारुले पार्टी सभापति शेरबहादुर देउवालाई स्पष्ट भन्नुपर्ने बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘पटक पटक अवसर पाएकाहरुलाई राष्ट्रिय सभामा सहभागी गराउनु हुँदैन, किनभने उहाँहरुको मूल्यांकन सबैले गरेको छ । उहाँहरुले के चमत्कार गर्नुभयो, हिजो अवसर पाउँदा मुलुक र डेमोक्रेसीका लागि के चमत्कार गर्नुभयो । राजनीतिक जागिर खाएजस्तो कार्य सम्पादन छ । फेरि अहिले अवसर दिनुपर्ने कारण के हो ? यो विषयमा महामन्त्री, उपसभापतिहरुले जिब्रो नचपाइकन स्पष्ट कुरा सभापतिसँग गर्नुपर्छ ।’

नेता घिमिरेले बैठकमा समसामयिक राजनीतिक विषयमा पनि छलफल भएको बताउनु भयो ।




भर्खरै