२५ जेष्ठ २०८३, सोमबार
,
Latest
इप्पानको साधारणसभा जेष्ठ २९ मा, वरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष व्यवस्था हटाउने प्रस्ताव राख्ने लुम्बिनी प्रदेशका नवनियुक्त मन्त्रीहरूले लिए शपथ प्रदेशहरूलाई पूर्ण स्वायत्तता घोषणा गर्न माग गर्दै माईतीघरमा जनमत पार्टीको प्रदर्शन प्लास्टिक प्रदूषण नियन्त्रण र दिगो फोहर व्यवस्थापनमा सहकार्य आवश्यक छः मन्त्री चौधरी पूर्वी नेपालमै पहिलो पटक विराट मेडिकल कलेजमा हेमोपर्फ्युजन र प्लाज्माफेरेसिस सेवा सुरु रास्वपा जिल्ला अधिवेशन : ५६ जिल्लामा सम्पन्न, १२ जिल्ला निर्वाचनको चरणमा गोरखाको आरुघाटमा मोतीविन्दुको निःशुल्क शल्यक्रियाबाट ८५ जनाले पाए नयाँ दृष्टि इजलासमा फर्किइन् सपना प्रधान मल्ल ट्राफिक जामका कारण संसद् बैठकमा ९ मिनेट ढिलो पुगेकाे भन्दै सांसद पुनले मागे माफी रास्वपा सभापति लामिछानेलाई लिङदेनको सुझावः वैदेशिक मामिलामा संवेदनशीलता अपनाइयोस्
तपाईं के खोज्दै हुनुहुन्छ ?

डढेलो र फोहोरले वायुमण्डलमा पकड जमाउँदा वायु प्रदूषण झन् कडा बन्दै



अ+ अ-

काठमाडौं । डढेलो र अन्य फोहोर हावाले वायुमण्डलमा पकड जमाउँदा वायु प्रदूषण झन् कडा बन्दै गएको छ । केही दिनअघिसम्म बिहानको समयमा केहीबेर खुला आकाशमा चहकिलो घाम देखिन्थ्यो । तर केही दिन यता बिहानदेखि साँझसम्मै आकाश धुम्म बनेर सूर्यको किरण धर्तीमा आउन सकेको छैन ।

वायु प्रदूषण उच्च रहेकाले काठमाडौँ लगायत देशका मुख्य सहरको आकाश खुलेको छैन । वायु प्रदूषणको असर हिमाली जिल्लामा समेत पुगेको छ । जुम्ला, रारा क्षेत्रसम्म वायु प्रदूषणले असरले आकाश ढाक्न पुगेको छ । यो अवस्थामा दुई तीन दिनमा सुधार आउने अपेक्षा गरिए पनि अझै लम्बिन सक्ने वातावरण विभागले जनाएको छ । विभागको प्रदूषण सूचकले काठमाडौँ लगायतका सहरमा वायु प्रदूषण कडा बन्दै गएको देखाएको छ ।

काठमाडौँ, सौराहा, पोखरा, कीर्तिपुर, सिमरा, झापालगायतका सहरको वायु प्रदूषणको सूचक हरेक घण्टा २५० हाराहारी पुग्ने गरको छ । यो मानव स्वास्थ्यका लागि अति हानिकारक वायुको अवस्था हो । यीबाहेक जुम्ला, रारा, धनकुटा लगायतका क्षेत्रमा विगत २४ घण्टामा उच्च स्तरमा प्रदूषणको सूचक बढेको थियो ।

विभागले आइतबार औपचारिक रूपमा प्रेस विज्ञप्ति जारी गर्दै विभिन्न भाग जस्तै काठमाडौँ उपत्यकामा वायु प्रदूषणको स्तर उच्च रहेको जनाएको छ । वायु प्रदूषणको स्तर घटी वा बढी हुन मौसमले असर गर्ने जनाउँदै विभागले हालको जस्तै अवस्था रहेको खण्डमा वायु प्रदूषण यत्तिकै वा योभन्दा पनि खराब हुन सक्ने जनाएको छ । विभागका प्रवक्ता तथा उपमहानिर्देशक यन्दुविक्रम जोशीले लगातार बढेको प्रदूषणबाट जोगिन अपिल गरे ।

उनका अनुसार वायु प्रदूषणले जनस्वास्थ्यमा प्रतिकूल असर पर्ने उच्च सम्भावना छ । विशेषगरी बालबालिका, ज्येष्ठ नागरिक, दम, खोकी जस्ता श्वासप्रश्वाससम्बन्धी बिरामी र मुटुका रोगीलाई सकेसम्म घरबाहिर ननिस्कन भनिएको छ । साथै अन्य आम नागरिकले पनि काम परेको खण्डमा बाहेक घरबाहिर हिँड्डुल नगर्न, निस्कन र परेको खण्डमा सावधानी अपनाउन अनुरोध गरिएको छ ।

अहिले चारैतिर डढेलो सङ्कट बढेकाले यस्तो बेलामा सहरका स्थानीयले फोहोर बाल्ने, खुला रूपमा आगो बाल्ने जस्ता काम नगरिदिन विभागले आग्रह गरेको छ । त्यस्तै प्रदूषणलाई बढावा दिने खालका धुवाँयुक्त सवारी साधन नचलाएर विद्युतीय सवारी साधन मात्र चलाउन विभागले अपिल गरेको छ । मौसम पूर्वानुमान महाशाखाले प्रदूषणको दर बढ्दो रहेकाले भिजिबिलिटीको स्तर घटेको जनाएको छ । वर्षा र हावाको उच्च चाप वायुमण्डलमा नआएसम्म प्रदूषणको स्तरमा कमी आउन नसक्ने महाशाखाले जनाएको छ । गोरखापत्र दैनिकमा समाचार छ ।




भर्खरै