८ श्रावण २०८३, शुक्रबार
,
Latest
सञ्चय कोषद्वारा एक अर्ब ६९ करोड प्रवाह लागुऔषधसहित दुई जना पक्राउ काठमाडौँ प्रहरीका ६१ प्रतिशत मुद्दाको ‘डिजिटल अभिलेख’ जाजरकोटमा १८८ घर पुनर्निर्माण प्रक्रिया अघि बढाइने सञ्चारमन्त्रीद्वारा नुवाकोटको विद्युत् सेवामा देखिएका समस्या समाधान गर्न निर्देशन वैदेशिक रोजगारीमा जाने श्रमिकका लागि व्यावहारिक नीति लागू गरिन्छः मन्त्री यादव दश अर्ब राजस्व सङ्कलन सीमा सुरक्षाको लागि ‘डिजिटल बोर्डर प्रणाली’ तत्काल लागू गर्न संसदीय समितिको निर्देशन हर्मुज जलमार्गमा फसेका छ हजार नाविक उद्धारका लागि राष्ट्रसङ्घको आह्वान सीमा सुरक्षाको लागि ‘ड्रोन’ र ‘फेस रिकोग्निसन’ सीसीटिभी प्रयोग गर्ने सरकारको तयारी
तपाईं के खोज्दै हुनुहुन्छ ?

काठमाडौँमा प्रदुषण: जोरबिजोर प्रणाली लागू गर्नेदेखि विद्यालय बन्द गर्ने तयारी



अ+ अ-

काठमाडौं । केही दिन यता काठमाडौँलगायत देशभर एकाएक बढेको प्रदुषण बिहान र बेलुका झनै खतरनाक हुने गरेको पाइएको छ । हावाको बहावले गर्दा यस्तो हुने गरेको वातावरणविद्हरुको भनाइ छ ।

‘बिहान र राति जमिनको सतहमा रहेको हावा माथि जान्न तर दिउँसो अलिअलि बतास चल्छ र सतहको हावा माथि जान्छ,’ वातावरणविद् तथा वातावरण विभागका प्रवक्ता इन्दुविक्रम जोशीले भने, ‘त्यसैले दिउँसोको तुलनामा बिहान बेलुका प्रदुषण झनै खतरनाक हुन्छ ।’

विभागले बिहान र बेलुका झनै सचेत हुन सर्वसाधरणलाई आग्रह गरेको छ । बिहान पख केही दिनसम्म प्रातकालीन पद यात्रा नगर्न पनि वातावरणविद्हरुले सल्लाह दिएका छन् । विभागका अनुसार शनिबारको तुलनामा आइतबार प्रदुषणमा थोरै सामान्य सुधार भए पनि आइतबारको प्रदुषण पनि मानव स्वास्थ्यका लागि अत्यन्त घातक छ । सोमबारसम्म प्रदुषणमा सुधार नआए विभागले सरकारलाई केही कदम चाल्न सुझाव दिने तयारी गरेको छ ।

प्रवक्ता जोशीका अनुसार सोमबारदेखि सवारीसाधनमा जोर बिजोर प्रणाली लागु गर्न, स्कूल कलेज बन्द गर्न जस्ता सुझाव दिने तयारी विभागले गरेको छ । नागरिक दैनिकमा समाचार छ ।