• २२ असार २०८१, शनिबार
  •      Sat Jul 6 2024
  •   Unicode
Logo

चक्कु र हथौडाले कपाल काटिने यो ठाउँ



एजेन्सी । यदि तपाई कपाल काट्न जाँदा तपाईको अगाडी नाई (कपाल काट्ने व्यक्ति) चक्कु र हथौडा लिएर बसेमा तपाई के गर्नुहुन्छ ? पक्कै पनि तपाई डराउनुहुन्छ या अचम्ममा पर्नुहुन्छ । 

एक भिडियो हाल सामाजिक सञ्जालमा निकै भाइरल भएको छ । जसमा एक नाईले हथौडा र चक्कु लिएर कपाल काटिरहेका हुन्छन् । 

रिपोर्ट अनुसार पाकिस्तानको लाहौर शहरको एक नाई हथौडा, धारिलो चक्कु र आगो बाल्दै यसरी कपाल काट्ने गर्दछन् कि देख्ने मानिसहरु अचम्ममा पर्दछन् । अचम्मको कुरा कपाल काट्न आउने ग्राहकलाई एक सामान्य चोट समेत लाग्दैन । 

यसरी अचम्म तरिकाले कपाल काट्ने हजाम हुन् अली अब्बास । पाकिस्तानको एक सञ्चारमाध्यमसँग कुरा गर्दै उनले हरेक दिन कपाल काट्नका लागि नयाँ उपायहरु अपनाउने बताएका छन् । उनले उक्त नयाँ तरिकाहरुबाट कपाल काट्नका लागि तालिम समेत लिँदै आएका छन् । 

अली अब्बासका ग्राहकहरु केवल पुरुष मात्र नभई महिलाहरु पनि रहेका छन् । एक महिला ग्राहकका अनुसार उनी सुरुमा कपाल काट्ने बेला एकदमै डराएकी थिइन् । तर विस्तारै उनले सहज महशुस गर्न थालिन् ।