• ११ असार २०८१, मंगलवार
  •      Tue Jun 25 2024
  •   Unicode
Logo
Latest
★   बलिउड स्टारको पारिश्रमिक लगातार बढेपछि अनिल कपुरले दिए फ्रिमा काम गरेको उदाहरण ★   धनराजको घोषणा: मैले एक रुपैयाँ पनि भ्रष्टाचार गरेको प्रमाण ल्याए राजनीति छोड्छु ★   गगनको टिप्पणी: म जादुगर हो भनेको जस्तो गरी यताउति उफ्रिने काम प्रधानमन्त्रीलाई छोडिदिउँ ★   नेप्से परिसूचक पाँच दशमलव ६० अङ्कले बढ्यो ★   रास्वपालाई सहकारी ठगीबाट पार्टी सभापतिलाई कसरी जोगाउने भन्ने मात्रै चिन्ता छ: महामन्त्री शर्मा ★   म संसारकै भाग्यमानी छु झै लाग्छ – समिक्षा अधिकारी ★   मनप्रिय मनाङ ★   प्रतिनिधि सभाबाट बजेट पारित ★   २ करोड डाँका मार्ने बहालवाला हवल्दारसहित ४ जना सार्वजनिक ★   जलवायु परिवर्तनका कारण विश्वका जङ्गलहरुमा आगलागी बढ्दै

ग्लोबल आइएमई बैंकद्वारा एकैसाथ ४ नयाँ शाखा सञ्चालनमा



काठमाडौँ:  ग्लोबल आइएमई बैंक लिमिटेडले एकैसाथ ४ वटा नयाँ शाखा कार्यालयहरु सञ्चालनमा ल्याएको छ ।

बैंकले काठमाडौँको बूढानिलकण्ठ नगरपालिका–५, बूढानिलकण्ठ, काठमाडौँकै चन्द्रागिरी नगरपालिका–१३, दहचोक, चितवनको भरतपुर महानगरपालिका–८, शरदपुरमा र तनहूँको आबुँखैरेनी गाउँपालिका–३, आबुँखैरेनीमा नयाँ शाखा सञ्चालनमा ल्याएको हो ।

नयाँ शाखाहरुबाट आइतबारदेखि नै सम्पूर्ण बैंकिङ्ग सेवाहरु उपलब्ध हुनेछ । ग्लोबल आइएमई बैंक मुलुकका सतहत्तरै जिल्लामा शाखा सञ्जाल रहेको निजी क्षेत्रको पहिलो वाणिज्य बैंक हो । बैंकले ३५५ शाखा, ३७६ एटीएम, २७४ शाखा रहित बैंकिङ्ग सेवा, ६५ एक्सटेन्सन तथा राजश्व संकलन काउन्टर तथा ३ वटा वैदेशिक प्रतिनिधि कार्यालयसमेत गरी १,१०० भन्दा बढी सेवा केन्द्रबाट ४६ लाख भन्दा बढी ग्राहकहरुमाझ उत्कृष्ट सेवा प्रदान गरिरहेको छ ।