४ आश्विन २०८१, शुक्रबार
,
×
Ad Image 1
Ad Image 2
Ad Image 3
Ad Image 4
Ad Image 5
Ad Image 6
तपाईं के खोज्दै हुनुहुन्छ ?

कहिले सुरु हुनेछ आईपीएल ?



अ+ अ-

एजेन्सी । वुमन्स प्रिमियर लिग (डब्लुपीएल) को लिलामी शनिबार मुम्बईमा आयोजना गरिएको थियो । यस अवसरमा भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआई)का सचिव जय शाहले इन्डियन प्रिमियर लिग (आईपीएल) बारे कुरा गरे ।

शाहले आईपीएल मार्च २०२४ को अन्त्यमा सुरु भई मेको अन्तिम साता वा जुनको पहिलो साता समाप्त हुने पुष्टि गरेका छन् ।

बीसीसीआईका अनुसार आईपीएलको लिलामी डिसेम्बर १९ मा दुबईमा हुनेछ, जसका लागि कुल ११६६ खेलाडीले आफूलाई दर्ता गरेका छन् ।

यो लिलामी पहिलो पटक भारतबाहिर हुनेछ । १० टोली मिलेर २६२.९५ करोड रुपैयाँ खर्च गर्नेछन् र ११६६ खेलाडीमा बाजी मार्नेछन् । कुल ७७ स्लट भरिनेछ, जसमा ३० विदेशी खेलाडीहरू समावेश हुनेछन् ।