३० जेष्ठ २०८३, शनिबार
,
Latest
सुदूरपश्चिम प्रदेशसभाः वार्षिक नीति कार्यक्रम पारित यस वर्ष कामपाका १२८ स्थान डुबानको जोखिममा अद्यावधिक छुटेका कांग्रेसका क्रियाशील सदस्यले असार २० गतेभित्र निवेदन दिन सक्ने अवैध रूपमा नदीजन्य पदार्थ उत्खनन् गर्ने सवारीसाधान नियन्त्रणमा ढुसीजन्य रोगले धानको बेर्नामा क्षति, किसान चिन्तित अठार हजार बालबालिकामा शीघ्र कडा कुपोषण क्यान्भासमा उतारिए मध्यपुरका सम्पदाहरू धनुषामा राजगुठी सम्पत्तिको अतिक्रमण हटाउन गुठी संस्थानको सूचना, अटेर गरे कानुनी कारबाही हुने शिक्षित नागरिक बिना लोकतान्त्रिक, समुन्नत र आत्मनिर्भर राष्ट्र निर्माण सम्भव हुदैन: पूर्व राष्ट्रपति भण्डारी इप्पानको विधान संशोधन, सबै पदमा उम्मेदवार हुन पाउने व्यवस्था
तपाईं के खोज्दै हुनुहुन्छ ?

कराडौं मूल्य खर्चेर प्रभासले किने नयाँ कार



अ+ अ-

एजेन्सी । सुपरहिट फिल्म ‘बाहुबली’का स्टार प्रभास साउथ फिल्मका सबैभन्दा महंगा अभिनेतामध्ये एक हुन् । ‘साहो’ बाट बलिउडमा गरेका प्रभासले महँगो रकम खर्चेर नयाँ कार किनेका छन् ।

प्रभासलाई कारका निकै सौखिन मानिन्छ । उनीसँग करोडौं मुल्यका थुप्रै लग्जरियल कारहरु छन् । उनले भारतीय ६ करोड खर्चेर नयाँ लेम्बर्गिनी एभेन्टाडोर एस रोडस्टर कार खरिद गरेका हुन् । उनले यो कार आफ्नो पिता सूर्या नारायण राजूको बर्थ एनिभर्सरीमा किनेको बताइएको छ । 

यसका साथै साउथमा लेम्बर्गिनी कारमा हुइँकिने उनी एक्ला अभिनेता पनि बनेका छन् । यो कारसँगै उनीसँग सवा करोडको जगुआर एक्सजे, ८ करोडको रोल्स रोयस फ्याटम, ५० लाखको बीएमडब्ल्यू एक्स ३, ४ करोडको रेन्ज रोभर र ३० लाखको सेडान कार स्कोडा सुपर्ब कारहरु रहेका छन् । 

कामको कुरा गर्दा उनीसँग अहिले ठूला बजेटका ‘सलार र आदिपुरुष’ फिल्म छन् भने ‘राधे श्याम’ प्रदर्शनको पखाईमा छ ।