२० मंसिर २०८२, शनिबार
,
Latest
सुदूरपश्चिमले विराटनगरलाई दियो १४८ रनको लक्ष्य नागरिकको मुहारमा खुशी ल्याउनसक्ने विकास आजको आवश्यकताः राष्ट्रपति पौडेल फापरखेतको पहिरोको विकल्पमा बेलिब्रिज बनाउने योजना अन्यौलमा चितवनमा स्पाइनल इन्जुरी रिह्याबिलिटेसन सेन्टरको सेवा शुभारम्भ हेटौँडा मुख्य सडक विस्तारका लागि भौतिक संरचना भत्काउन सुरु ज्यान जोखिममा राखेर विद्यालय पुग्छन् ढेबुवाका विद्यार्थी, सुनकोशीमा ‘रबरबोट’ को सहारा एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किङ्ग्सबीच प्रतिस्पर्धा बजार अनुमगनमा विभाग थप सक्रिय कान्ति राजमार्ग मर्मतका लागि आजदेखि बन्द हुने एनपिएल : आज दुई खेल हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

कराडौं मूल्य खर्चेर प्रभासले किने नयाँ कार



अ+ अ-

एजेन्सी । सुपरहिट फिल्म ‘बाहुबली’का स्टार प्रभास साउथ फिल्मका सबैभन्दा महंगा अभिनेतामध्ये एक हुन् । ‘साहो’ बाट बलिउडमा गरेका प्रभासले महँगो रकम खर्चेर नयाँ कार किनेका छन् ।

प्रभासलाई कारका निकै सौखिन मानिन्छ । उनीसँग करोडौं मुल्यका थुप्रै लग्जरियल कारहरु छन् । उनले भारतीय ६ करोड खर्चेर नयाँ लेम्बर्गिनी एभेन्टाडोर एस रोडस्टर कार खरिद गरेका हुन् । उनले यो कार आफ्नो पिता सूर्या नारायण राजूको बर्थ एनिभर्सरीमा किनेको बताइएको छ । 

यसका साथै साउथमा लेम्बर्गिनी कारमा हुइँकिने उनी एक्ला अभिनेता पनि बनेका छन् । यो कारसँगै उनीसँग सवा करोडको जगुआर एक्सजे, ८ करोडको रोल्स रोयस फ्याटम, ५० लाखको बीएमडब्ल्यू एक्स ३, ४ करोडको रेन्ज रोभर र ३० लाखको सेडान कार स्कोडा सुपर्ब कारहरु रहेका छन् । 

कामको कुरा गर्दा उनीसँग अहिले ठूला बजेटका ‘सलार र आदिपुरुष’ फिल्म छन् भने ‘राधे श्याम’ प्रदर्शनको पखाईमा छ ।