६ श्रावण २०८३, बुधबार
,
Latest
भरतपुर कारागारमा कैदी बस्ने स्थानको अभाव बजेट कार्यान्वयनमा कडाइ गर्न अर्थ मन्त्रालयद्वारा ४७ बुँदे मार्गदर्शन जारी माइतीघर डुवानको प्राविधिक कारणसहित प्रतिवेदन पेश गर्न कार्यवाहक प्रमुख डंगोलको निर्देशन देशका विभिन्न जिल्लाबाट लागुऔषधसहित १९ जना पक्राउ सुनचाँदीको मूल्य वृद्धि मन्त्रिपरिषद्को बैठक आज दिउँसो ३ बजे बस्दै एमालेका ६ मन्त्रीद्वारा बागमती प्रदेश सरकारबाट सामूहिक राजीनामा वीपी स्मृति दिवसमा काँग्रेसद्वारा ‘ग्रीन रन’ आयोजना, मुकेश पाल प्रथम आन्तरिक राजस्व कार्यालय भरतपुरद्वारा २७ अर्ब राजस्व सङ्कलन अस्ट्रेलियामा दुर्लभ समान चम्ल्याहा छोरीको जन्म
तपाईं के खोज्दै हुनुहुन्छ ?

‘यदि उनले २० केजी तौल घटाए भने म उनलाई आईपीएलमा लिनेछु’



अ+ अ-

एजेन्सी । अफगानिस्तानका पूर्व कप्तान असगर अफगानले भारतसँग २०१८ एशिया कप टाई खेलको महेन्द्र सिंह धोनीसँग सम्बन्धित एउटा हास्यास्पद किस्सा सेयर गरेका छन् ।

टाइम्स अफ इन्डियासँगको एक अन्तर्वार्तामा अफगानले खेलपछि धोनीसँगको आफ्नो कुराकानीलाई सम्झाउँदै मोहम्मद शहजाद उनको ठूलो फ्यान भएको कुरा धोनीलाई भनेका थिए । धोनीले स्पिन लिए र शहजादको तौल २० केजीले घटाएमा उनलाई इन्डियन प्रिमियर लिग (आईपीएल)मा ब्याट्सम्यानका रूपमा छनोट गर्ने बताएका थिए ।

दुबईमा भएको एसिया कप २०१८ मा भारत विरुद्धको खेलमा शहजाद प्लेयर अफ द म्याच घोषित भए । यस खेलमा शहजादले ११६ बलमा ११ चौका र एक छक्का प्रहार गर्दै १२४ रनको पारी खेलेपछि पहिले ब्याटिङ गरेको अफगानिस्तानले २५२र८ रन बनाएको थियो । लक्ष्य पछ्याएको भारतीय टिम ४९े.५ ओभरमा २५२ रनमा अलआउट भयो ।

अफगानले भने, ‘म्याच बराबरी भएपछि मैले एमएस धोनीसँग कुरा गरें । उनी एक शानदार कप्तान हुन् र भारतीय क्रिकेटलाई भगवानको उपहार हो । उनी एक राम्रो व्यक्ति पनि हुन् । उनले भने कि हामीले मोहम्मद शहजादको बारेमा धेरै कुरा गर्यौं ।’

मैले धोनीलाई भने कि शहजाद तपाईको ठूलो फ्यान हो । धोनीले हाँस्दै भने शहजादको पेट धेरै ठूलो छ र यदि उसले २० किलो तौल घटाउँछ भने म उसलाई आईपीएलमा छनोट गर्नेछु । यसपछि शहजाद सिरिजपछि अफगानिस्तान फर्किएपछि उनको तौल ५ केजीले बढेको थियो ।

भारतसँगको टाई म्याचको स्मरण गर्दै अफगानिस्तानका पूर्व कप्तानले भारतसँगको २०१८ को टाई म्याच आफ्नो लागि उत्कृष्ट क्षण भएको बताए ।

मोहम्मद शहजाद