६ पुष २०८२, आईतवार
,
Latest
वर्तमान सरकारले जेन–जीको नेतृत्व गर्न सक्दैनः मिराज ढुंगाना धार्मिक पर्यटनको गन्तव्य बन्दै उत्तरगङ्गा ढोरबराह सभामुख घिमिरेसँग चिनियाँ राजदूत सोङको बिदाइ भेट विधायन ऐन कार्यान्वयनमा सरकार सक्रियः कानूनमन्त्री सिन्हा सरकारलाई राष्ट्रिय सभाका सांसदहरुको प्रश्नः तोकिएको मितिमा निर्वाचन हुन्छ कि हुँदैन ? नोरा फतेहीको कार गम्भीर दुर्घटनामा पर्यो ओढारमा रात कटाउनुपर्ने अवस्थाको अन्त्य चिसोले गरिब बस्तीको जनजीवन कष्टकर तेस्रो टेस्टमा इङ्गल्याण्डलाई ८२ रनले पराजित गर्दै अष्ट्रेलियाले लगातार पाँचौं पटक एशेज उपाधि जित्यो भरुवा बन्दुक पड्किँदा युवकको मृत्यु
तपाईं के खोज्दै हुनुहुन्छ ?

सांस्कृतिक सम्पदा परियोजनाको पुनस्र्थापना र पुनर्निर्माणका लागि भारतले नेरु. २३ करोड आर्थिक सहयोग गर्ने



अ+ अ-

काठमाडौं । सिन्धुपाल्चोकको सांस्कृतिक सम्पदा परियोजनाको पुनस्र्थापना र पुनर्निर्माणको लागि नेपाललाई भारतले आर्थिक सहयोग प्रदान गर्ने भएको छ । भारत सरकारले राष्ट्रिय पुनर्निर्माण प्राधिकरण तथा ठेकेदारहरुबीच आज तीनवटा ठेक्का सम्झौतामा भारतले नेरु २३ करोड आर्थिक सहयोगको हस्ताक्षर गरेको छ। सो सम्झौता अन्तर्गत सिन्धुपाल्चोक जिल्लामा अवस्थित चिरी घ्याङ्ग गुम्बा, तार्के घ्याङ्ग गुम्बा र मेलाम्ची घ्याङ्ग गुम्बाको निर्माण हुन लागेको हो ।

उक्त कार्यक्रममा भूतपूर्व अर्थराज्यमन्त्री डा. लार्केल लामा, प्रदेश सभाका सदस्य निमा लामा, भारतीय राजदूतावासको विकास साझेदारी तथा पुनर्निर्माण प्रभागका दोस्रो सचिव, राष्ट्रिय पुनर्निर्माण
प्राधिकरणको सांस्कृतिक परियोजनाका परियोजना निर्देशक, सम्बन्धित गुम्बाका अध्यक्ष, भारत सरकारको परियोजना परामर्शदाता क्ष्ल्त्ब्ऋज् तथा सरोकारवालाहरुको उपस्थिति थियो ।
भूकम्पले क्षति पुर्याएका २८ वटा सांस्कृतिक सम्पदाको संरक्षण र पुनस्र्थापना गर्नका लागि भारत सरकार र नेपाल सरकारबीच सहमति कायम भएको थियो ।

यी तीन परियोजनाहरु पनि सोही २८ वटा सांस्कृतिक सम्पदा अन्तर्गत पर्दछन् । नेपालका आठ जिल्लामा भूकम्पले क्षति पुर्याएका सांस्कृतिक सम्पदा परियोजनाको संरक्षण, पुनस्र्थापना र पुनर्निर्माणका लागि भारत सरकारले ५० मिलियन अमेरिकी डलर आर्थिक सहयोग गर्ने प्रतिबद्घता जनाइसकेको छ । सोही प्रतिबद्घता
अनुरुप यी परियोजनाहरुलाई अघि बढाइएको हो ।

सिन्धुपाल्चोक जिल्लामा बसोबास गर्ने शेर्पा र तामाङ्ग समुदाय विशेष गरी ह्योल्मो जातिका लागि यी तीनै गुम्बाले सिकाई केन्द्रको रुपमा काम गर्नुका साथै सिन्धुपाल्चोक क्षेत्रको पर्यटनलाई प्रर्वद्घन गर्न महत्वपूर्ण भूमिका खेल्नेछ ।