• २० जेष्ठ २०८१, आईतवार
  •      Sun Jun 2 2024
  •   Unicode
Logo
Latest
★   टी–२० विश्वकपः आयोजक अमेरिकाको विजयी सुरुवात, क्यानडालाई ७ विकेटले हरायो ★   मुख्यमन्त्रीले विश्वासको मत लिनुअघि नै प्रदेश प्रमुखलाई ध्यानाकर्षण पत्र बुझाउने गठबन्धन दलहरुको तयारी ★   अभिनेता शाहलाई ‘उद्धव दीर्घसाधना सम्मान’ प्रदान ★   यार्सा सङ्कलनः मुगुमा चारजनाको मृत्यु, एक सिकिस्त ★   टी–२० विश्वकपः क्यानडाले अमेरिकालाई दियो १९५ रनको लक्ष्य ★   संसद्का दुवै सदनको बैठकमा आज बजेटमाथि छलफल हुने ★   टी–२० विश्वकप आजदेखि, अमेरिका र क्यानडा भिड्दै ★   आठ जना युवा शल्यचिकित्सकले गरे १०० जनामा ‘कृतिम हाडजोर्नी प्रत्यारोपण’ ★   मोदीले ‘ह्याट्रिक’ गर्ने लगभग निश्चित ★   डर्टमण्डलाई हराउँदै रियलले जित्यो च्याम्पियन्स लिगको उपाधि

दक्षिण अफ्रिकामा मादक पदार्थको बेचविखनमा प्रतिबन्ध



सांकेतिक तस्बिर

जोहानस्वर्ग । दक्षिण अफ्रिकामा इस्टर होलिडेका क्रममा मादक पदार्थको बेच विखनमा प्रतिबन्ध लगाइएको छ । दक्षिण अफ्रिकाका राष्ट्रपति सिरिल रामाफोसाले सो कुराको जानकारी दिनुभएको हो । 

उहाँले मंगलबार राति गर्नुभएको सम्बोधनका क्रममा सो जानकारी गराउनुभएको हो । दक्षिण अफ्रिकामा पनि पछिल्लो समयमा कोभिड १९ को संक्रमण बढ्दो रुपमा रहेको छ । यसैकारणले यहाँ मादक पदार्थको बेचविखनमा प्रतिबन्ध लगाइएको बताइएको छ । यहाँको इस्टर पर्वको हप्तामा मादक पदार्थको अत्यधिक मात्रामा विक्री वितरण हुने गरेका र यहाँ पछिल्लो समयमा कोरोनाको संक्रमण बढ्दो रहेकोले पनि यो प्रतिबन्ध लगाइएको यहाँका अधिकारीहरुले जनाएका छन् । 

यहाँ यो इस्टर्न होलिडे मनाउने क्रममा ठूलो संख्यामा मानिसहरु जम्मा हुने भएकाले ठूलो संख्यामा उनीहरुलाई भेटघाट र जम्मा हुन पनि प्रतिबन्ध लगाइएको बताइएको छ । यहाँ पछिल्लो महिना दिन यतादेखि नै कोभिडको खोप लगाउने काम पनि शुरु भएको छ । चीन र रसियाबाट ल्याइएको कोरोना विरुद्धको खोप दक्षिण अफ्रिकामा दिने गरिएको छ । 

यहाँको स्वास्थ्य सम्बन्धी निकायले दिएको पछिल्लो तथ्यांकअनुसार यहाँ कम्तीमा पनि १५ लाख मानिसलाई यो संक्रमण भएको छ । त्यसैगरी यहाँ कोरोना भाइरसको संक्रमणबाट कम्तीमा पनि ५२ हजार जना मानिसको ज्यान गएको बताइएको समाचारमा उल्लेख छ । 

पछिल्लो समयमा युरोप र अमेरिकामाजस्तै यहाँ पनि कोरोना महामारीको दोस्रो लहर आएकाले त्यसबाट बच्न होटल रेष्टुरेन्ट आदिमा पनि सीमित मानिसहरु मात्र बस्न मिल्ने गरी प्रतिबन्ध लगाइएको छ ।  (रासस/सिन्ह्वा)