• १४ जेष्ठ २०८१, सोमबार
  •      Mon May 27 2024
  •   Unicode
Logo
Latest
★   भावुक हुँदै सन्दीपले भने – मेरो सपना पूरा नभए पनि मेरो देशको सपना पूरा भएको… ★   काकाकुल अँधेरीगाउँ ★   विश्वको सबैभन्दा लामो रेल, एक कुनाबाट अर्को ठाउँमा पुग्न घण्टौं लाग्ने ★   म्याग्दीमा ‘मगर भाषा, थाली तथा कौडानाँच’ प्रशिक्षण ★   गृहमन्त्रीलाई निलम्बन गर्न माग गर्दै सर्वोच्चमा रिट, बुधबार पेशी ★   बुकीमै बसेर यार्सागुम्बाको खोजी ★   विश्वको सबैभन्दा लामो जाम, १२ दिनसम्म जाममा फस्नुपरेपछि… ★   अत्यधिक गर्मीले वीरगञ्जका विद्यालय तीन दिन बन्द ★   वायुसेवा निगमसहित पन्ध्र सरकारी संस्थान घाटामा ★   सन्दीप लामिछानेको भिसाको पहलका लागि क्यान अध्यक्ष चन्दले भेटे परराष्ट्रमन्त्री

एनसेल प्रकरण: नीतिगत छलफल गर्न रास्वपाको माग



काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले एनसेलको शेयर बिक्रिले उजागर गरेको आर्थिक कुशासन र लगानीको बिकर्षणबारे नीतिगत समिक्षा गर्न माग गर्दे प्रतिनिधिसभा अन्तरगतको अर्थ समितिमा निबेदन दर्ता गराएको छ ।

रास्वपाका उपसभापति तथा सांसद डा स्वर्णीम वाग्लेले आर्थिक कुशासन र रेपुटेसनल कस्ट, कर लाईसन्स र शेयर बिक्रीको अभिलेखबारेको अन्योल, प्रत्यक्ष लगानी र डिजीटलाईजेनसको भविव्यका बारेमा नीतिगत छलफल गर्नमा गर्दे समितिमा निबेदन दिनु भएको हो ।

समितिका सभापति सन्तोष चालिसेले आगामी बैठकमा यस बिषयमा छलफल हुने जानकारी गराउनु भएको छ ।

आजै मात्र रास्वपा सभापति रवि लामिछानेले एनसेलको शेयर किनबेचमा नेताहरूले पैसा खाएको आशंका गर्नुभएको छ । सामाजिक सञ्जालमा एक स्टाटस लेख्दै उनले कर तिर्न नपर्ने आश्वासन दिएर दलका नेताले रकम खाएको भन्दै छानबिनका लागि तयार हो रु भन्दै प्रश्न समेत गरेका गर्नुभएको थियो ।