• ३ असार २०८१, सोमबार
  •      Mon Jun 17 2024
  •   Unicode
Logo

विश्वको सबैभन्दा लामो जाम, १२ दिनसम्म जाममा फस्नुपरेपछि…



एजेन्सी । ट्राफिक जाममा फस्न कसैलाई मन पर्दैन । यदि कोही व्यक्ति जाममा फसे त्यही जाममा जीवनको सबैभन्दा महत्वपूर्ण समय बितिरहेको महसुस हुन्छ ।

यस्तो अवस्थामा सोच्नुहोस् संसारको सबैभन्दा लामो ट्राफिक जाम कुन होला ? वा कल्पना गर्नुहोस् यदि तपाईं एक वा दुई घण्टाको सट्टा १२ दिनसम्म ट्राफिक जाममा फसेको भए के हुन्छ ?

वास्तवमा यो घटना चीनको राजधानी बेइजिङमा भएको थियो । बेइजिङ–तिब्बत एक्सप्रेसवेमा करिब १०० किलोमिटर लामो जामको सामना गर्नुपरेको थियो । यो जाम कति ठुलो हुनेछ भन्ने कुरा विश्वको इतिहासमा अझै पनि लेखिएको तथ्यबाट नै अनुमान लगाउन सकिन्छ । यो जाम १४ अगस्त २०१० मा भएको थियो । यो जाम १२ दिनसम्म चलेको थियो ।

यो जामको कारण बेइजिङ–तिब्बत एक्सप्रेसवेमा भइरहेको सडक मर्मत कार्य थियो । जसका कारण सवारी आवागमन एकतर्फी हुन पुग्यो । यसबाहेक मंगोलियाबाट बेइजिङतर्फ सामग्री बोकेका ट्रकले पनि ट्राफिक जाम बढाएका थिए । जसका कारण केही बेरमै जाम सय किलोमिटर लम्बियो ।

मिडिया रिपोर्टका अनुसार विश्वको सबैभन्दा ठूलो ट्राफिक जाममा फसेका मानिसहरूले जाम यति लामो भएको थियो कि मुश्किलले एक दिनमा एक किलोमिटर मात्रै हिँड्न सकिएको थियो ।

केही ट्रक चालकका अनुसार उनीहरु ५–५ दिनदेखि यही जाममा फसेका थिए । ट्राफिक जाममा फसेको देखेर राजमार्गको छेउमा सामान बेच्नेहरु स्तब्ध भए । उनीहरुले हरेक वस्तु १० गुणा बढी मूल्यमा बिक्री गरिरहेका थिए । जाममा फसेका जनताले पानी समेत कैयौँ गुणा बढी मूल्यमा किन्न बाध्य भएका थियो । यो जाम हटाउनका लागि सरकारले पनि धेरै प्रयास गर्नुपरेको थियो ।