५ श्रावण २०८३, मंगलवार
,
Latest
भारतमा विपक्षी दलका नेता राहुल गान्धी पक्राउ बेल्गोरोदमा युक्रेनी ड्रोन आक्रमण, १० जनाको मृत्यु र ७९ घाइते उच्च अदालत सुर्खेत : जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च नयाँ राजनीतिक समीकरण बन्न सक्ने सम्भावना : संयोजक दाहाल काठमाडौँ उपत्यकामा ट्राफिक दुर्घटना १९ प्रतिशतले घट्यो झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न ललितपुर महानगरपालिकामा एआई कलिङ सेवा सुरु मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित प्याब्सनलगायत निजी विद्यालय संस्थाहरूको पहलपछि ३ प्रतिशत समता शिक्षा शुल्क फिर्ता, शिक्षा सुधारका एजेन्डामा मन्त्रालयसँग… हरेक कक्षाकोठामा सिर्जनशीलता: अङ्ग्रेजी भाषा शिक्षणको भविष्यबारे दक्षिण एसियाली क्षेत्रीय सम्मेलन हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

एनसेल प्रकरण: नीतिगत छलफल गर्न रास्वपाको माग



अ+ अ-

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले एनसेलको शेयर बिक्रिले उजागर गरेको आर्थिक कुशासन र लगानीको बिकर्षणबारे नीतिगत समिक्षा गर्न माग गर्दे प्रतिनिधिसभा अन्तरगतको अर्थ समितिमा निबेदन दर्ता गराएको छ ।

रास्वपाका उपसभापति तथा सांसद डा स्वर्णीम वाग्लेले आर्थिक कुशासन र रेपुटेसनल कस्ट, कर लाईसन्स र शेयर बिक्रीको अभिलेखबारेको अन्योल, प्रत्यक्ष लगानी र डिजीटलाईजेनसको भविव्यका बारेमा नीतिगत छलफल गर्नमा गर्दे समितिमा निबेदन दिनु भएको हो ।

समितिका सभापति सन्तोष चालिसेले आगामी बैठकमा यस बिषयमा छलफल हुने जानकारी गराउनु भएको छ ।

आजै मात्र रास्वपा सभापति रवि लामिछानेले एनसेलको शेयर किनबेचमा नेताहरूले पैसा खाएको आशंका गर्नुभएको छ । सामाजिक सञ्जालमा एक स्टाटस लेख्दै उनले कर तिर्न नपर्ने आश्वासन दिएर दलका नेताले रकम खाएको भन्दै छानबिनका लागि तयार हो रु भन्दै प्रश्न समेत गरेका गर्नुभएको थियो ।