• १९ बैशाख २०८१, बुधबार
  •      Wed May 1 2024
  •   Unicode
Logo
Latest
★   रोहितको कप्तानीमा टी–२० विश्वकप खेल्ने नेपाली टोलीको घोषणा ★   हार्दिक पाण्ड्यालाई २४ लाख जरिवाना ★   विभिन्न देशका ओलम्पिक खेलाडी विराटनगरमा ★   यी ४ टोली टी–२० विश्वकपको सेमिफाइनल पुग्ने, इंग्ल्याण्डका पूर्व कप्तानले गरे भविष्यवाणी ★   पशुपति आर्यघाटको विद्युत् शवदाह साउन १ देखि नि:शुल्क गरिने ★   बेलायतमा नेपाली कन्सर्ट हुँदै ★   आमिर खानले छिट्टै शाहरुख–सलमानसँग फिल्म गर्ने ★   दक्ष जनशक्तिलाई रोजगारदातासँग जोड्ने सिप मेलाको लक्ष्य हो: उपप्रमुख डंगोल ★   अष्पष्ट दृष्टिकोण र निराशाजनक भाष्यबीच अस्तव्यस्त कृषि ★   दक्षिणी चीनमा राजमार्ग भासिँदा कम्तीमा १९ जनाको मृत्यु, दर्जनौं घाइते

अन्तर्राष्ट्रिय शान्ति स्थापनामा प्रभावकारी भूमिका निर्वाह गर्न नेपाल प्रतिबद्ध छ : उपप्रधानमन्त्री खड्का



घाना: उपप्रधानमन्त्री एवम् रक्षामन्त्री पूर्णबहादुर खड्काले संयुक्त राष्टसङ्घसँगको सहकार्यमा अन्तर्राष्ट्रिय शान्ति स्थापनामा प्रभावकारी भूमिका निर्वाहका लागि नेपाल प्रतिबद्ध रहेको बताउनुभएको छ ।

संयुक्त राष्ट्रसङ्घको आयोजनामा घानाको आक्रामा सुरु अन्तर्राष्ट्रिय शान्ति स्थापनासम्बन्धी संयुक्त राष्ट्रसंघीय मन्त्रीस्तरीय सम्मेलनका क्रममा उपप्रधानमन्त्री खड्काले सो प्रतिबद्धता व्यक्त गर्नुभएको हो ।

सम्मेलनका अवसरमा आज संयुक्त राष्ट्रसंघ मुख्यालय, कार्य सञ्चालन सहयोग विभागका उपमहासचिव अतुल खरेले उपप्रधामन्त्री खड्कासँग शिष्टाचार भेट गर्नुभयो । भेटमा उपमहासचिव खरेले नेपालले अन्तर्राष्ट्रिय शान्ति स्थापनाका लागि निर्वाह गरेको महत्वपूर्ण योगदानका लागि धन्यवाद दिनुभयो ।

भेटमा उपप्रधानमन्त्री खड्काले नेपाल संयुक्त राष्ट्रसंघको वातावरण नीतिप्रति प्रतिबद्ध रहेको र वीरेन्द्र शान्ति कार्य तालिम केन्द्रलाई पहिलो कार्बन तटस्थ प्रशिक्षण केन्द्र बनाउन काम अघि बढाइएको समेत उल्लेख गर्नुभयो । साथै यसका लागि संयुक्त राष्ट्रसंघबाट प्राप्त सहयोगका लागि धन्यवाद समेत दिनुभयो ।

आजै संयुक्त राष्ट्रसंघ, शान्ति कार्य विभागका उपमहासचिव जिन पियरर ल्याक्क्रोइक्सले पनि उपप्रधानमन्त्री खड्कासँग भेट गर्नुभयो । त्यस अवसरमा ल्याक्क्रोइक्सले नेपालको योगदानको कदर स्वरुप संयुक्त राष्ट्रसंघको मुख्यालय तथा शान्ति मिशनहरुमा समेत नेपाललाई उच्च तहमा थप अवसर प्राप्त हुनेमा विश्वास व्यक्त गर्नुभयो ।

भेटमा उपप्रधानमन्त्री खड्काले संयुक्त राष्ट्रसंघका महासचिवको हालै सम्पन्न नेपाल भ्रमणको स्मरण गर्दै महासचिवले ग्लोबल वार्मिङका कारण हिमालमा हिउँ पग्लिदै गएकाले आगामी दिनमा थपिन सक्ने चुनौती तथा असरबारेमा चिन्तित रहेको र जारी कोप–२८ मा समेत जोडदार रुपमा नेपालले उठाएको स्मरण गराउनुभयो ।

आजै उपप्रधानमन्त्री खड्कासँग घानाका रक्षामन्त्री मोमिनिक नितिउअलले शिष्टाचार भेट गर्नुभयो । रक्षामन्त्री नितिउअलले नेपालबाट सम्मेलनमा भएको उच्च सहभागिताको प्रशंसा गर्दै नेपालले अन्तर्राष्ट्रिय शान्ति स्थापनामा खेलेको भूमिकाको सराहना गर्नुभयो । उहाँले कतिपय शान्ति मिशनमा घाना र नेपाली शान्ति सैनिकहरुले मिलेर काम गरेको उल्लेख गर्दै घाना नेपालसँग द्विपक्षीय सम्बन्ध विस्तार गर्र्न र बहुपक्षीय मञ्चहरुमा सहकार्य गर्न सधैं तत्पर रहेको बताउनुभयो ।

त्यस अवसरमा उपप्रधानमन्त्री खड्काले घाना सरकारलाई शान्ति स्थापनासम्बन्धी संयुक्त राष्ट्रसंघीय मन्त्रीस्तरीय सम्मेलन आयोजना गरेकोमा धन्यवाद दिँदै नेपाली प्रतिनिधिमण्डललाई उपलब्ध गराइएको आतिथ्यताका लागि कृतज्ञता व्यक्त गर्नुभयो । उहाँले त्यस अवसरमा घाना र नेपालबीच द्विपक्षीय सम्बन्ध बिस्तार गर्न पर्यटन, कृषिलगायतका क्षेत्रमा सहकार्य गर्न सकिने सम्भावना रहेको जानकारी गराउनुभयो ।

उपप्रधानमन्त्री खड्कासँग भारतका रक्षा राज्यमन्त्री अजय भट्टले पनि शिष्टाचार भेट गर्नुभयो । त्यस अवसरमा नेपाल र भारतबीच रहीआएको बहुआयामिक सम्बन्ध, नेपाली सेना र भारतीय सेनाबीचको सहयोग र सहकार्यका बारेमा छलफल भएको थियो ।

सोमबार साँझ उपप्रधानमन्त्री खड्काको स्वागतमा घानास्थित गैरआवासीय नेपाली संघले एक कार्यक्रम आयोजना गरेको थियो । गैरआवासीय नेपाली संघ घानाका अध्यक्ष विकास सुवेदीले घानामा करिब एक सय ५० जना नेपालीहरु विभिन्न पेशा र व्यवसायमा आवद्ध रहेको उल्लेख गर्नुहुँदै घानासँग नेपालको श्रम सम्झौता नभएका कारण रोजगारीका लागि घानामा आउन कठिनाई भइरहेको र घानामा आर्जन गरेको रकम नेपाल पठाउन समेत समस्या भएको बताउनुभएको थियो ।

उपप्रधानमन्त्री खड्काले नेपालीहरुलाई घानामा रहँदा एकताबद्ध भई आपसी सहयोग आदानप्रदान गर्न र नेपालको कला, संस्कृति प्रबर्द्धन गरी घानाका नागरिकलाई नेपाल भ्रमण गर्नका लागि उत्प्रेरित गर्न एवं आफूले सिकेको ज्ञान र आर्जन गरेको रकम नेपालमा पठाउनका लागि गैरआवासीय नेपाली संघले सहजीकरण गर्नुुपर्ने बिचार व्यक्त गर्नुभयो ।