११ श्रावण २०८३, सोमबार
,
Latest
क्रसरविरुद्ध सर्वोच्चमा मुद्दा जित्ने बाराकी शिक्षिकालाई प्रहरी र क्रसर व्यवसायीको निरन्तर दबाब आदेश भएको दिनको जानकारी विद्युतीय प्रणालीमा हेर्न सकिने अनसनरत डा केसीद्वारा औषधि लिन अस्वीकार बंगलादेशका विश्वचर्चित अलराउन्डर शकिब पोखरा एभेन्जर्समा अनुबन्धित दाङमा ग्यास अभाव भएको विषयमा सञ्चारकर्मीद्वारा प्रशासनको ध्यानाकर्षण नागढुङ्गा सुरुङमार्ग प्रभावित क्षेत्रको खानेपानी व्यवस्थापनमा ११ निर्णय निर्देशक नवीन सुब्बा र साहित्यकार भवानी अधिकारीलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’ १६ खर्बको राजश्व लक्ष्य भेट्टाउन ‘मिसन मोड’ मा काम गर्न अर्थमन्त्रीको निर्देशन अव्यवस्थित तार व्यवस्थापनका लागि मन्त्रीद्वयद्वारा स्थलगत अनुगमनः भने–‘ प्रतिकूल मौसमका कारण काम रोकिन भएन’ (तस्बिरसहित) ऊर्जा क्षेत्रको विकासका लागि विद्युत ऐन समयानुकुल बनाउन आवश्यकः पूर्वमन्त्री ज्ञवाली
तपाईं के खोज्दै हुनुहुन्छ ?

राष्ट्रपति, प्रधानमन्त्री र गृहमन्त्री हेलिकप्टर चढ्न प्रतिस्पर्धा गर्छन्, एमाले स्वयंसेवामा खट्छ – अध्यक्ष ओली



अ+ अ-

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले भूकम्प प्रभावितको राहत र उद्धारमा सरकार निकम्मा साबित भएको बताउनुभएको छ ।

झुलाघाट–चिवाभञ्ज्याङ समृद्धिका लागि संकल्प यात्राको क्रममा मंगलबार रुकुम पश्चिम र जाजरकोटको सिमाना रिम्ना पुग्नुभएका ओलीले भूकम्प प्रभावित क्षेत्रमा खटिनुभएका एमालेका स्वयंसेवकहरूलाई सम्बोधन गर्दै राष्ट्रपति, प्रधानमन्त्रीदेखि गृह मन्त्री र अन्य मन्त्री हेलिकप्टर चढ्न व्यस्त भए पनि पीडितको उद्धार, राहत र पुनर्स्थापनाको काम हुन नसकेको बताउनुभयो ।

‘हेलिकप्टर उडाउन कम्पिटिसन हुन्छ, हेलिकप्टर बसाउने ठाउँ पाउँदैन, अस्पतालमा नेताहरूको लर्को लागेर बिरामीको उपचार हुन पाउँदैन, यता नेहरुको चाकडीमा ब्रिफिङ गर्न डाक्टरहरू जानु पर्छ, प्रमुख जिल्ला अधिकार, प्रहरीहरू नेताको सुरक्षामा खटिँदा ठिक हुन्छ, त्यसमा जान भ्याउँदैनन्, सक्दैनन्’, ओलीले भन्नुभयो ।

पीडितको लागि आएको सहयोग थन्किएर बस्दा पनि सरकारले पीडितसम्म पुर्‍याउन नसकेको ओलीले बताउनुभयो । बैँकमा आएर रकम बस्दा पनि पीडितको हितमा सरकारले खर्चिन नसकेको उहाँको भनाइ छ । ‘बैँकमा राख्नको लागि रकम दिएको हो ?’ ओलीले प्रश्न गर्नुभयो ।

एमालेका स्वयंसेवकले अस्थायी आवास बनाएर पीडितलाई हस्तान्तरण गर्दा पनि सरकारले के हेरेर बसेको भन्दै उहाँले प्रश्न गर्नुभयो । एमालेका स्वयंसेवकले बिना पैसा ८ सय १३ अस्थायी घर बनाएर दिँदा पनि सरकार हेरेर बसिरहेको उहाँले बताउनुभयो ।

सही चिन्तन नभएसम्म केही काम गर्न नसकिने ओलीले बताउनुभयो । ‘एमालेमा जुन कार्यक्षमता छ, त्यो अरूसँग छैन, अरूले त्यो कार्यक्षमता प्रदर्शन गर्न सक्दैनन्, नेकपा एमालेसँग जुन जनभावना छ, त्यो जनभावना अरूसँग छैन’, उहाँले भन्नुभयो ।

मानवीय सेवाको भावले सेवा गरेको भन्दै एमालेका स्वयंसेवकलाई ओलीले धन्यवाद दिनुभयो । यस्तो सेवा भाव अहिले दुर्लभ भएको उहाँले बताउनुभयो ।

ओलीले काहीँ समस्या पर्‍यो भने नेकपा एमाले पुग्ने बताउनुभयो । नेकपा एमाले सान सौगात र औपचारिकता देखाउन पुग्ने नभई अर्थपूर्ण ढङ्गले पुग्ने र जनताको सेवा गर्न प्रभावित क्षेत्रमा पुग्ने उहाँले प्रष्ट पार्नुभयो ।