३ आश्विन २०८३, शनिबार Saturday, September 19, 2026
३ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar जडीबुटीमा खुल्यो ‘सोफा स्टोर काठमाडौं’को नयाँ आउटलेट, ५० प्रतिशतसम्म छुट News Polar बालबालिकाको क्षमता विकास र सामाजिक सेवामा केन्द्रित हुन अप्टिमिष्टको जोड News Polar कोरला नाकाबाट  भित्रिन थाले भेडाच्याङ्ग्रा News Polar जेसिके फाइट नाइटः चिनियाँ फाइटरविरुद्ध युकी आङदेम्बेको सहज जित News Polar कांग्रेसको १५औँ महाधिवेशनः ४३ जिल्लाका ३३९६ वडामा वडा अधिवेशन सम्पन्न News Polar ध्यानका लागि आकर्षक गन्तव्य बन्दै शिवपुरीको ध्रुवस्थली News Polar रियादस्थित विमानस्थल परिसरमा आगलागीको सङ्केतपछि उडान अबरूद्ध News Polar युक्रेनलाई २.७ अर्ब डलरको हवाई प्रतिरक्षा उपकरण बिक्रीका लागि अमेरिकाको स्वीकृति News Polar यूएनको ८१औँ महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल आइतबार अमेरिका जाँदै News Polar छुट्टाछुटै दुर्घटनामा दुई जनाको मृत्यु, एक घाइते News Polar जलवायु संकट न्यूनीकरणमा शक्तिशाली राष्ट्रले जिम्मेवारी लिनुपर्छ: पूर्वराष्ट्रपति भण्डारी News Polar यसपालीको पलेँटीमा गुञ्जदै छन् नीर शाहका गीत News Polar एसियाली खेलकुदले ओलम्पिकमा योगदान बढाउनुपर्छः कोभेन्ट्री News Polar भोटेकोशी बाढीः काभ्रेका ३७ जना सम्पर्कविहीन, तीनको कुशको शव बनाएर अन्त्येष्टि News Polar पाटनमा दश महाविद्या परिक्रमा पूजा सम्पन्न- फोटो फिचर News Polar अर्थमन्त्री डा वाग्लेद्वारा भारतीय उद्योगी, व्यवसायीलाई नेपालमा लगानी गर्न आह्वान News Polar एसियाली खेलकुदको भब्य उद्घाटन News Polar रास्वपा संविधानको स्टेकहोल्डर हो – रास्वपा सांसद न्यौपाने News Polar एशियन गेम्समा पदक जित्ने लक्ष्य छः दीपेन्द्र सिंह ऐरी News Polar संविधान नागरिकका सपना, आशा र अधिकारको साझा प्रतिज्ञा होः राष्ट्रपति पौडेल

जब लण्डनको बाक्लो धुवाँले एक दिनमै हजारौंको ज्यान लियो

जब लण्डनको बाक्लो धुवाँले एक दिनमै हजारौंको ज्यान लियो
अ+ अ-

एजेन्सी । आजभोलि आकाश कुहिरोले ढाकेको हुन्छ, जसका कारण मानिसहरूलाई सास फेर्न समेत कठिन भइरहेको छ ।

करिब ७० वर्षअघि लण्डनमा एक किसिमको धुवाँ गहिरिएको थियो, जसलाई मानिसहरूले सुरुमा हल्का रूपमा लिए तर यो उनीहरूको गल्ती थियो । त्यो धुवाँले यस्तो खतरनाक रूप लियो कि दिनमा अचानक अँध्यारो भयो, हजारौंको ज्यान गयो, अस्पतालमा ठाउँ थिएन, चारैतिर निकै डरलाग्दो दृश्य थियो ।

सन् १९५२ मा बेलायतको राजधानी लण्डनमा डिसेम्बरको शुरुवाती दिनमा डरलाग्दो अन्धकार थियो । ७० वर्षअघि लण्डनको आकाश पूरै कालो भयो । त्यहाँको हावा यति कालो र निस्सासिने भयो कि सूर्यको किरण पनि पृथ्वीमा पुगेन । यति मात्र होइन, यो हावाले एकै दिनमा हजारौंको ज्यान लियो ।

आज पनि यो डरलाग्दो दृश्य सम्झँदा इंग्ल्याण्डसहित सारा विश्व डराउँछ । यसलाई ‘ग्रेट स्मोग अफ लण्डन’ भनेर चिनिन्छ । यो कालोपन जसले लन्डनका सडकहरूमा चार दिनमै ४ हजार मानिस मार्यो । यो धुवाँमा कुल १२ हजार मानिसले ज्यान गुमाए ।

यो परिमाणको वायु प्रदूषण इतिहासमा पहिले कहिल्यै देखिएको थिएन । डिसेम्बरको शुरुमा धुवाँको अँध्यारोसँगै चिसो पनि उत्कर्षमा थियो । हावा नहुँदा प्रदुषण फैलने मौका मिल्यो । वास्तवमा, यो धुवाँको मुख्य कारण कोइला थियो, जसका कारण पूरै शहरमा कालो बादल छाएको थियो ।

यो धुवाँ ०५ डिसेम्बर देखि ०९ डिसेम्बर १९५२ सम्म रह्यो, जुन मौसम बदलिएपछि मात्र हट्यो । यो धुवाँ सडकमा मात्र नभई घरघर र बन्द ठाउँमा समेत प्रवेश गरेको थियो । लण्डनले यसअघि यस्तो धुवाँ देखेको थियो तर यो धेरै भयानक थियो । यो धुवाँलाई मटर सूप (मटरको सुप जस्तो घना)पनि भनिन्छ ।

यस अवधिमा मानिसहरूको स्नायु प्रणालीमा प्रतिकूल असर परेको थियो । आँखा जल्ने समस्या सुरु भयो । धुवाँका कारण ६ हजारभन्दा बढी मानिसको मृत्यु भएको र एक लाखभन्दा बढी मानिस रोगको सिकार भएको प्रतिवेदनले देखाएको छ ।

यो घटनापछि यसको स्वास्थ्यमा पर्ने असर, वातावरणसम्बन्धी अनुसन्धान, वातावरणीय कानुन र वायु शुद्धताप्रति सचेतनाका विषयमा विश्वभर चर्चा सुरु भएको थियो । पछि, सन् १९५६ मा बेलायतमा पहिलो पटक क्लिन एयर ऐन लागू भयो ।